मुख्य समाचार
डोमिनिकन रिपब्लिककी २४ वर्षीया मोडल जोहेरी मोलाले 'मिस वर्ल्ड २०२६' (विश्व सुन्दरी) को उपाधि जितेकी छन्
डोमिनिकन रिपब्लिककी २४ वर्षीया मोडल जोहेरी मोलाले 'मिस वर्ल्ड २०२६' (विश्व सुन्दरी) को उपाधि जितेकी छन्

: डोमिनिकन रिपब्लिककी २४ वर्षीया मोडल जोहेरी मोलाले 'मिस वर्ल्ड २०२६' (विश्व सुन्दरी) को उपाधि जितेकी छन्। भियतनामको न्हा ट्राङ सहरमा शनिबार साँझ आयोजित ७३औँ मिस वर्ल्ड प्रतियोगितामा उनले यो उपाधि आफ्नो नाममा पारेकी हुन्।

यो जितसँगै डोमिनिकन रिपब्लिकले दोस्रो पटक मिस वर्ल्डको ताज हात पारेको छ। यसअघि सन् १९८२ मा मारियासेला अल्भारेजले देशका लागि पहिलो पटक यो ताज जितेकी थिइन्।

विश्वभरका १११ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै जोहेरी विजेता बनेकी हुन्। उनलाई गत वर्षकी विजेता ओपल सुचाताले ७३औँ मिस वल्र्ड विजेताकाे ताज पहिर्‍याइदिएकी हुन् । प्रतियोगितामा स्पेनकी एलिजाबेथ रेनेस अलाबर्न प्रथम उपविजेता (फर्स्ट रनर-अप) बनिन् भने मलेसियाकी तानुसिया चेट्टी दोस्रो उपविजेता (सेकेन्ड रनर-अप) हुनुका साथै 'ब्युटी विथ अ पर्पोज' विधाकी विजेता घोषित भइन्।

प्रतियोगिताको अन्तिम ६ मा इरिट्रिया, मलेसिया, भियतनाम, डोमिनिकन रिपब्लिक, स्पेन र दक्षिण अफ्रिकाका सुन्दरीहरू पुग्न सफल भएका थिए।

को हुन जोहेरी मोला ?

सांस्कृतिक तथा सामाजिक कार्यमा सक्रिय २४ वर्षीया जोहेरी मोला सान्तो दोमिङ्गोकी बासिन्दा हुन्। उनी पेसाले शिक्षिका, पत्रकार तथा सामाजिक अभियानकर्ता हुन्। उनले युनिभर्सिडाड इबेरोअमेरिकानाबाट व्यावसायिक व्यवस्थापन र प्रशासनमा स्नातक गरेकी छन्। उनी विद्यालयहरूमा साहित्य र सामाजिक अध्ययन अध्यापन गराउँछिन्।

मोलाले आफ्नै समुदायका बालबालिका र युवाहरूलाई अंग्रेजी भाषा शिक्षामा पहुँच बढाउने उद्देश्यले 'भोइसेज अफ टुमारो' नामक सामाजिक संस्था स्थापना गरेकी छन्। मार्च २०२६ मा उनले युनिभिजनका लागि प्रत्यक्ष रिपोर्टरका रूपमा काम गरेकी थिइन्। मे २०२६ मा युनिसेफको टेलिथन कार्यक्रममा सहभागी भई बालबालिकाको सहयोगका लागि सञ्चालित अभियानमा महत्वपूर्ण योगदान दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...
: सगरमाथा आरोहणका क्रममा गरिने साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को हङकङको हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा विशेष प्रदर्शन गरिएको छ। खचाखच दर्शकको उपस्थितिमा सम्पन्न विशेष प्रदर्शनमा हङकङमा बसोबास गर्ने नेपाली तथा भारतीय समुदायसँगै चिनियाँ, बेलायती, फिलिपिनो, अमेरिकी, इन्डोनेसियालीलगायत विभिन्न देशका दर्शकहरूको सहभागिता थियो। सगरमाथालाई ...
। हलिउड अभिनेत्री तथा ‘द हाउसमेड’ फेम सिड्नी स्वीनी विज्ञापनलाई लिएर पुनः विवादमा तानिएकी छन् । स्पोट्र्स ट्रेडिङ एप ‘नोविग’का लागि गरिएको उनको नयाँ विज्ञापनलाई सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले ‘अश्लील’ र महिलालाई ‘यौनिक रूपमा प्रस्तुत गरिएको’ भन्दै आलोचना गरेका छन् । हालै ‘युफोरिया सिजन ३’मा देखिएकी २९ वर्षीया स्वीनीले विज्ञापनका तस्बिर र भिडियोमा विभिन्न खेल सामग्री ...