मुख्य समाचार
बाढीबाट प्रभावित क्षेत्रमा राहत लिएर आउने तथा उद्धारमा खटिने सवारीसाधनका लागि इन्धन राहत कोषले डिजेल र पेट्रोल उपलब्ध
बाढीबाट प्रभावित क्षेत्रमा राहत लिएर आउने तथा उद्धारमा खटिने सवारीसाधनका लागि इन्धन राहत कोषले डिजेल र पेट्रोल उपलब्ध

: भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा राहत लिएर आउने तथा उद्धारमा खटिने सवारीसाधनका लागि इन्धन राहत कोषले डिजेल र पेट्रोल उपलब्ध गराएको छ। राहत तथा उद्धारका काम भइरहेका बेला प्रभावित क्षेत्रमा राहत लिएर आउने तथा उद्धारमा खटिने सवारी साधनलाई इन्धन राहत कोष इन्धन दिएर सहयोग गरेको हो।

संस्थाले नुवाकोटमा आज त्रिशूली अस्पताल, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्वयंसेवकहरूलाई गरी करिब ६६० लिटर डिजेल र २४० लिटर पेट्रोल वितरण गरिएको कर्म योग फाउन्डेसनका भोलिन्टेयर रोशन भण्डारीले जानकारी दिए। फ्युल रिफिल फण्डलाई कर्मयोग फाउण्डेसनले सहजीकरण गरिरहेको छ।

भण्डारीका अनुसार आज वितरण गरिएको इन्धनमध्ये त्रिशूली अस्पताललाई ३०५ लिटर, सशस्त्र प्रहरीलाई २९० लिटर, नेपाल प्रहरीलाई ६५ लिटर र स्वयंसेवकलाई २०० लिटर डिजेल उपलब्ध गराइएको छ।

बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि आउने सवारीसाधन र फिल्डमा खटिने स्वयंसेवकलाई एक सातासम्म इन्धन सहयोग गर्ने अभियान सञ्चालन भइरहेको छ। भोलि रसुवा जाने राहत तथा उद्धारका सवारीसाधनका लागि समेत इन्धन वितरण गरिने जनाइएको छ।

बाढीपीडितसम्म राहत पुर्‍याउन इन्धन अभाव नहोस् भन्ने उद्देश्यले गरिएको यो सहयोगले उद्धार तथा राहत अभियानलाई थप सहज बनाउने अपेक्षा गरिएको छ। फ्यूल रिलीफ फन्डको यो पहल राहतसँगै राहत पुर्‍याउने साधनलाई पनि सहयोग पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली सेनाले रसुवा भोटकोशीमा आएको बाढीलगायत प्राकृतिक विपद्बाट प्रभावित विभिन्न क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको जनाएको छ। सेनाले प्रभावित क्षेत्रमा पुल निर्माणदेखि हवाई तथा जमिनी उद्धार, टनेलभित्र खोजी, घाइतेको उपचार र राहत सामग्री ढुवानीसम्मका कार्यलाई निरन्तरता दिएको जनाएको छ। नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले ...
: मधेशबासी समुदायलक्षित अभिव्यक्ति लेखेर सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा १ जना पक्राउ परेका छन्। प्रहरी टोलीले शनिबार खोटाङ बाक्सिला नगरपालिका- १५ घर भई काठमाडौं महानगरपालिका -३१ शङ्खमुल बस्ने ३५ वर्षीय विशाल गुरुङलाई शङ्खमुलबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए। उनका अनुसार सार्वजनिक शान्ति खलल पार्न नहुने सम्बन्धी कसुरमा प्रहरी वृत्त ...
: भगवान श्रीराधाकृष्णप्रतिको आस्थाले चढाइएको भेटी अब विपद्मा परेका नागरिकको जीवनमा सहयोग बन्ने भएको छ।विराटनगरमा शनिबार राति सम्पन्न ५९ औं श्रीराधाकृष्ण रथयात्राका क्रममा श्रद्धालु भक्तजनबाट संकलन भएको २ लाख ८२ हजार ४१८ रुपैयाँ भोटेकोशी बाढीपीडितको राहतमा प्रयोग गरिने भएको हो। रथयात्रा सकिएपछि संकलित भेटी रकम आइतबार बिहान गणना गरिएको थियो। श्रीराधाकृष्ण रथयात्रा मूल समारोह समितिका संयोजक ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बाढी प्रभावितहरुको खोजी, उद्धार तथा राहत कार्यमा सरकारको तर्फबाट कमिकमजोरीहरु भएको बताएका छन्। आइतबार पार्टी कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले विपद्को समयमा सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको उल्लेख गरेका हुन्। ‘कमिकमजोरीहरु भएका छन्। त्यो बताउने काम हाम्रो हो, तर कसैलाई लान्छित गर्नेगरी होइन्। हामी समाधान निकाल्न चाहन्छौं,’थापाले ...
: बारामा प्रहरीले १३९ किलो लागुऔषध गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार भदौ २० गते राति करिब साढे १० बजेतिर पचरौता नगरपालिका–७ स्थित बैनीली चोकबाट करिब ३०० मिटर पूर्व धान खेतमा गस्तीमा खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो। प्रहरीका अनुसार धान खेतको आलीबाट ९ जना मानिसहरू झोलाजस्तो वस्तु बोकेर आउँदै गरेको अवस्थामा ...