मुख्य समाचार
बाढीपहिरोमा परी बेपत्ता भएका आफ्ना नागरिकको खोजीका लागि दक्षिण कोरियाले ‘कोरिया विपद् राहत टोली’परिचालन
बाढीपहिरोमा परी बेपत्ता भएका आफ्ना नागरिकको खोजीका लागि दक्षिण कोरियाले ‘कोरिया विपद् राहत टोली’परिचालन

: बारामा प्रहरीले १३९ किलो लागुऔषध गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार भदौ २० गते राति करिब साढे १० बजेतिर पचरौता नगरपालिका–७ स्थित बैनीली चोकबाट करिब ३०० मिटर पूर्व धान खेतमा गस्तीमा खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार धान खेतको आलीबाट ९ जना मानिसहरू झोलाजस्तो वस्तु बोकेर आउँदै गरेको अवस्थामा गस्ती टोलीले रोक्न खोज्दा उनीहरूले बोकेका पोका खेतमै फालेर फरार भएका थिए।

प्रहरीले ती पोका जाँच गर्दा गाँजा फेला परेको हो। ९ वटा पोकामा रहेको गाँजा तौल गर्दा कुल तौल १५५ किलो र बोरा हटाएर तौल गर्दा १३९ किलो रहेको प्रहरीले जनाएको छ।

फरार व्यक्तिहरूको खोजी भइरहेको तथा बरामद गाँजाका सम्बन्धमा थप अनुसन्धान र आवश्यक कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पथलैया–वीरगन्ज सडकखण्ड अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ छातापिपरामा सोमबार बिहान पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–३० प्रोसतिपुरका २२ वर्षीय जैमुदिन अंसारी रहेका छन् । पथलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको ना५च २२७७ नम्बरको कुखुरा बोक्ने पिकअप गाडी अनियन्त्रित भई दुर्घटना भएको हो । तीव्र गतिमा रहेको उक्त गाडी सडकको बीचमा रहेको ...
: सशस्त्र प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-९ स्थित लखीवारी निवासी १९ वर्षीय जनक माझी रहेका छन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट मेचीपारिबाट खटिएको टोलीले आइतबार दिउँसो ४ :१० बजे भद्रपुर नगरपालिका–३ स्थित झोलुङ्गे पुल क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री माझीलाई शंका लागि ...
: नेपाली सेनाले रसुवा भोटकोशीमा आएको बाढीलगायत प्राकृतिक विपद्बाट प्रभावित विभिन्न क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको जनाएको छ। सेनाले प्रभावित क्षेत्रमा पुल निर्माणदेखि हवाई तथा जमिनी उद्धार, टनेलभित्र खोजी, घाइतेको उपचार र राहत सामग्री ढुवानीसम्मका कार्यलाई निरन्तरता दिएको जनाएको छ। नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले ...
: मधेशबासी समुदायलक्षित अभिव्यक्ति लेखेर सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा १ जना पक्राउ परेका छन्। प्रहरी टोलीले शनिबार खोटाङ बाक्सिला नगरपालिका- १५ घर भई काठमाडौं महानगरपालिका -३१ शङ्खमुल बस्ने ३५ वर्षीय विशाल गुरुङलाई शङ्खमुलबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए। उनका अनुसार सार्वजनिक शान्ति खलल पार्न नहुने सम्बन्धी कसुरमा प्रहरी वृत्त ...
: भगवान श्रीराधाकृष्णप्रतिको आस्थाले चढाइएको भेटी अब विपद्मा परेका नागरिकको जीवनमा सहयोग बन्ने भएको छ।विराटनगरमा शनिबार राति सम्पन्न ५९ औं श्रीराधाकृष्ण रथयात्राका क्रममा श्रद्धालु भक्तजनबाट संकलन भएको २ लाख ८२ हजार ४१८ रुपैयाँ भोटेकोशी बाढीपीडितको राहतमा प्रयोग गरिने भएको हो। रथयात्रा सकिएपछि संकलित भेटी रकम आइतबार बिहान गणना गरिएको थियो। श्रीराधाकृष्ण रथयात्रा मूल समारोह समितिका संयोजक ...