मुख्य समाचार
संसदीय समितिले रसुवा बाढी पश्चात उद्धार, राहत वितरण तथा पुन: स्थापनामा चासो व्यक्त
संसदीय समितिले रसुवा बाढी पश्चात उद्धार, राहत वितरण तथा पुन: स्थापनामा चासो व्यक्त

। संसदीय समितिले रसुवा बाढी पश्चात उद्धार, राहत वितरण तथा पुन: स्थापनामा चासो व्यक्त गरेको छ ।

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले यस सम्बँधमा औपचारिक रूपमा छलफल गर्दैछ ।

रसुवा बाढी पश्चात नेपाल सरकारबाट हालसम्म भएगरेका उद्धार, राहत वितरण तथा पुन: स्थापनाका सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग छलफल गर्दैछ ।

विपद्‍बाट समग्र अर्थतन्त्रमा पारेको प्रभावका सम्बन्धमा अर्थ मन्त्रालयसँग र विपद् पछिको क्षति र प्रभावको मूल्यांकनका सम्बन्धमा राष्ट्रिय योजना आयोगसँग छलफल गर्न समितिले बैठक राखेको छ ।

पर्सि बिहान साढे ९ बजे बस्ते गरी समितिको बैठक तय भएको छ ।

भदौ १० गते बुधबार भोटेकोशी त्रिशूली नदीमा निावशकारी बाढी आएको थियो ।

उक्त बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्र प्रभावित छ ।

बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ३५५ जनाको शव फेला परेको छ । ४ हजार ९९६ जना सम्पर्कविहीन छन् । ६ हजार ६७२ जना घाइते भएका छन् । हालसम्म बाढी प्रभावित क्षेत्रबाट करिब १३ हजार ३९६ जनाको उद्धार गरिएको छ ।

यो अवस्थामा सरकारले गर्दै गरेको कामकारबाही र उद्धार, राहत वितरण तथा पुन: स्थापनामा संसदीय समितिको चासो देखाएर छलफल गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित भएका नागरिकलाई नुवाकोटको विदुर नगरपालिकाले तत्काल घरभाडाबापत प्रतिपरिवार १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । आइतबार बसेको विदुर नगर कार्यपालिकाको १३४औँ बैठकले बाढीका कारण बस्नयोग्य घर नभएका नगरवासीलाई घर भाडामा लिएर बस्नका लागि सो रकम उपलब्ध गराउने निर्णय गरेको हो । साथै, प्रभावित परिवारलाई आवश्यक पर्ने ...
। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरूले सिर्सिया खोलामा गरिरहेको प्रदूषणप्रति आपत्ति जनाउँदै सुधारका लागि एक साताको समयसीमा दिएकी छिन् । सोमबार मन्त्रालयमा उद्योगीहरूसँगको छलफलका क्रममा उनले वातावरण संरक्षण सम्बन्धी कानुनी मापदण्ड उल्लंघन गर्ने उद्योगहरूलाई कारबाहीको चेतावनी दिएकी हुन् । सिमरा र वीरगञ्ज क्षेत्रका दर्जनौं उद्योगहरूले प्रशोधन नगरी ढल र औद्योगिक फोहोर सिधै ...
। भारतको उत्तराखण्डस्थित सिल्क्यरा सुरुङमा फसेका ४१ मजदुरको सफल उद्धारको नेतृत्व गरेर विश्वभर चर्चा कमाएका अन्तर्राष्ट्रिय सुरुङ उद्धारविज्ञ प्राध्यापक आर्नोल्ड डिक्सले नेपालको बाढीग्रस्त सुरुङहरूमा जारी उद्धार अभियान आफ्नो जीवनकै सबैभन्दा कठिन परीक्षा भएको बताएका छन्। नेपालमा जारी उद्धार अभियानको स्थलगत नेतृत्व र प्राविधिक परामर्श दिइरहेका अस्ट्रेलियाली भूगर्भविद् तथा इन्जिनियर डिक्सले सोमबार बिहान साढे ३ बजे सामाजिक ...
। सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बीचको गठबन्धनमा बनेको प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री खगराज भट्ट र नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सोमबार संयुक्त रूपमा सरकारको ४० बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री भट्टको सरकारी निवासमा आयोजित कार्यक्रममा दुवै दलबाट ...
। १० भदौको रसुवा-नुवाकोट बाढीले मुलुकको अर्थतन्त्रको सबैभन्दा सक्रिय नदी करिडोरमा ठूलो प्रहार गर्‍यो । रसुवा बाढीको शीघ्र प्रारम्भिक क्षति तथा आवश्यकता आकलन (आरडीएनए) गर्न गठित टोलीले निकालेको प्रारम्भिक प्रतिवेदन अनुसार यस बाढीले १३ जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ । जसको क्षमता ७ सय ८३ मेगावाट बराबर हो । यसबाहेक एक सोलार प्लान्ट र दुई प्रसारण लाइनमा ...