मुख्य समाचार
इरानमा बसले इन्धन ट्यांकरलाई ठक्कर दिँदा विस्फोट
इरानमा बसले इन्धन ट्यांकरलाई ठक्कर दिँदा विस्फोट

। इरानको सनन्दज–हमदान हाइवेमा एउटा इन्धन ट्यांकरमा आगलागी भएको छ । उक्त दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।

समाचार एजेन्सी आईआरएनएका अनुसार यो घटना शनिबार साँझ करिब ५:३० बजे सनन्दज सहरको प्रवेशद्वार नजिकै भएको हो । २० हजार लिटर ग्यासोलीन बोकेको इन्धन ट्यांकरले पछाडिबाट एउटा मिनी बसलाई ठक्कर दिएको थियो । ठक्करलगत्तै भएको विस्फोटमा दुवै सवारी साधनका चालकको मृत्यु भएको छ ।

घटनापछि कुर्दिस्तानका गभर्नरले सम्पूर्ण प्रान्तमा दुई दिनको सार्वजनिक शोकको घोषणा गरेका छन् । कुर्दिस्तानका मुख्य न्यायाधीश मोहम्मद जब्बारीका अनुसार घटनाको कारणबारे अनुसन्धान गर्न मुद्दा दर्ता गरिएको छ ।

उनले प्रारम्भिक अनुसन्धानले इन्धन ट्यांकरको ब्रेकमा प्राविधिक खराबी भएको देखाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका ठूला मेडिकल ल्याब कम्पनीहरूमध्ये एक क्वेस्ट डायग्नोस्टिक्समा साइबर आक्रमण भएको छ। यसमा बिरामीहरूको स्वास्थ्यसम्बन्धी र व्यक्तिगत जानकारीमा गैरकानुनी पहुँच पुर्‍याइएको छ। कम्पनीले बिहीबार यसबारे जानकारी दिएको हो। साइबर सुरक्षा अनुसन्धान कम्पनी कम्प्यारिटेकका अनुसार, सेप्टेम्बर २०२६ सम्म विश्वभरको स्वास्थ्य क्षेत्रमा ७१६ वटा आक्रमण दर्ता भएका छन्। तीमध्ये ४१० वटा आक्रमण अमेरिकामा मात्रै भएका हुन्। क्वेस्ट डायग्नोस्टिक्सको ...
। इजरायलमा आगामी अक्टोबर २७ मा हुने निर्वाचनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सत्ता रहने वा नरहने भन्ने टुंगो लगाउनेछ । तर, सरकार परिवर्तन हुँदैमा प्यालेस्टिनीहरूको अवस्थामा ठूलो सुधार आउने सम्भावना भने कम देखिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । यसको मुख्य कारण इजरायलका अधिकांश विपक्षी दल पनि प्यालेस्टाइनलाई छुट्टै स्वतन्त्र राष्ट्र बनाउने पक्षमा स्पष्ट रूपमा उभिएका छैनन् ...
। साउदी अरबको रक्षाका लागि बेलायत सरकारले रोयल एयर फोर्सका टाइफून लडाकु विमानहरू तैनाथ गर्ने निर्णय गरेको छ । हुथी विद्रोहीहरूले मिसाइल र ड्रोन आक्रमणहरू बढाएपछि यो कदम चालिएको हो । यो रक्षात्मक अभियानको मुख्य उद्देश्य ईरान समर्थित हुथी समूहका हवाई आक्रमणहरूबाट साउदी अरबका शहरहरू र पूर्वाधारहरूको सुरक्षा गर्नु हो । प्रधानमन्त्री एन्डी बर्नहमले यो सैन्य ...
: जर्मनीका चान्सलर फ्रेडरिक मर्जले देशमा रुसी गुप्तचर सेवाको जासुसी गतिविधि तीव्र रहेको बताएका छन् । रुसका लागि जासुसी गरेको आशङ्कामा एक युक्रेनी नागरिक पक्राउ परेपछि उनले यस्तो चेतावनी दिएका हुन् । जर्मन अधिकारीहरूका अनुसार वादिम वाई नामले चिनाइएका ती व्यक्तिमाथि जर्मनीको सैन्य क्षेत्रसँग सम्बन्धित गोप्य सूचना सङ्कलन गरेको आरोप छ । उनले सन् २०२५ को ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बीबीसीविरुद्ध दायर मानहानिसम्बन्धी मुद्दामा आगामी डिसेम्बर ११ भित्र शपथ लिएर बयान दिन अदालतले आदेश दिएको छ । अमेरिकाको एक अदालतले ट्रम्पलाई बीबीसीको वृत्तचित्रमा आफ्नो भाषण सम्पादन गरिएको विषयमा दायर मुद्दाको अनुसन्धान प्रक्रियाअन्तर्गत बयान दिन आदेश दिएको हो । सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद् भवन क्यापिटलमा भएको दङ्गाअघि ट्रम्पले दिएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम