मुख्य समाचार
इरानमा बसले इन्धन ट्यांकरलाई ठक्कर दिँदा विस्फोट
इरानमा बसले इन्धन ट्यांकरलाई ठक्कर दिँदा विस्फोट

। इरानको सनन्दज–हमदान हाइवेमा एउटा इन्धन ट्यांकरमा आगलागी भएको छ । उक्त दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।

समाचार एजेन्सी आईआरएनएका अनुसार यो घटना शनिबार साँझ करिब ५:३० बजे सनन्दज सहरको प्रवेशद्वार नजिकै भएको हो । २० हजार लिटर ग्यासोलीन बोकेको इन्धन ट्यांकरले पछाडिबाट एउटा मिनी बसलाई ठक्कर दिएको थियो । ठक्करलगत्तै भएको विस्फोटमा दुवै सवारी साधनका चालकको मृत्यु भएको छ ।

घटनापछि कुर्दिस्तानका गभर्नरले सम्पूर्ण प्रान्तमा दुई दिनको सार्वजनिक शोकको घोषणा गरेका छन् । कुर्दिस्तानका मुख्य न्यायाधीश मोहम्मद जब्बारीका अनुसार घटनाको कारणबारे अनुसन्धान गर्न मुद्दा दर्ता गरिएको छ ।

उनले प्रारम्भिक अनुसन्धानले इन्धन ट्यांकरको ब्रेकमा प्राविधिक खराबी भएको देखाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानी संसद्का सभामुख मोहम्मद बगर गालिबाफले इरानी सेनाको शक्तिशाली जवाफबाट अमेरिका र उसका सहयोगीहरू हताश अवस्थामा पुगेको दाबी गरेका छन् । आइतबार संसद्लाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘इरानी सैन्य बलले अमेरिकी ठेगानाहरूमा शक्तिशाली आक्रमण गरेपछि अमेरिका र उसका सहयोगी देशहरू हताश अवस्थामा पुगेका छन्,’ गालिबाफले भनेका छन् । उनले विरोधी पक्षले नाराका ...
। इरानको विदेश मन्त्रालयले सोमबार दक्षिण कोरियालाई होर्मुज जलसन्धिमा अमेरिकी अभियानमा सैन्य तैनाथी वा सहभागिता नजनाउन चेतावनी दिएको छ । इरानले यस्तो कदमले ‘गम्भीर परिणाम’ निम्त्याउन सक्ने जनाएको छ । दक्षिण कोरियाले शुक्रबार रणनीतिक महत्वको होर्मुज जलसन्धिमा अमेरिकी सुरक्षा प्रयासमा योगदान गर्ने विषयमा विचार गरिरहेको जनाएको थियो । फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिकासँग युद्ध सुरु ...
। लेबनानको सरकारी सञ्चारमाध्यमका अनुसार दक्षिणी लेबनानको एउटा गाउँमा रातभर भएको इजरायली हवाई आक्रमणमा दुई शिशुसहित ११ जनाको मृत्यु भएको छ । यसअघि भएका छुट्टाछुट्टै आक्रमणमा थप सात जनाको मृत्यु भएको जनाइएको छ । इजरायलले बिहीबार हिजबुल्लाहको नियन्त्रणमा रहेको रणनीतिक महत्वको ‘अली अल–ताहेर’ पहाडी क्षेत्र कब्जामा लिएको दाबी गरेपछि दक्षिणी नबातिह क्षेत्रमा आक्रमण तीव्र पारेको हो ...
: इजिप्टको एक अदालतले बहुचर्चित टेलिभिजन प्रस्तोता सारा खलिफासहित ११ जनालाई लागुऔषध तस्करी तथा उत्पादनको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ। सरकारी समाचार संस्था अल-अहरामका अनुसार उनीहरू लागुऔषध उत्पादनका लागि आवश्यक कच्चा पदार्थ अवैध रूपमा आयात गरी बिक्री-वितरण गर्ने अन्तर्राष्ट्रिय आपराधिक गिरोहमा संलग्न रहेको ठहर भएको हो। विशेष कारबाहीका क्रममा प्रहरीले ७५० किलोग्रामभन्दा बढी लागुऔषध, कच्चा पदार्थ ...
: अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार दिउँसो एक कार्गो विमान धावनमार्ग (रनवे) बाट बाहिर निस्किएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्। स्थानीय समय अनुसार आइतबार दिउँसो करिब २ बजे अमेजन एयरको बोइङ ७६७-३०० कार्गो विमान अवतरण (ल्यान्डिङ) गर्ने क्रममा अनियन्त्रित भई रनवेबाट बाहिर गएको थियो। करिब २०९ ...