मुख्य समाचार
खाडी क्षेत्रले सुरक्षा मामिलामा आत्मनिर्भर बन्नुपर्छः कतार
खाडी क्षेत्रले सुरक्षा मामिलामा आत्मनिर्भर बन्नुपर्छः कतार

। खाडी राष्ट्रहरूले आफ्नो सुरक्षाका लागि संयुक्त राज्य अमेरिका वा अन्य अन्तरराष्ट्रिय गठबन्धनमा मात्र निर्भर रहन नसक्ने र सुरक्षा क्षेत्रमा अझ बढी आत्मनिर्भर बन्नुपर्ने कतारको विदेश मन्त्रालयका प्रवक्ताले सोमबार बताएका छन्।

संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीमा आयोजित ‘हिली फोरम’ मा बोल्दै प्रवक्ता माजिद अल–अन्सारीले खाडी क्षेत्रमा अन्तरराष्ट्रिय सेनाको उपस्थिति र अमेरिकासँगको रणनीतिक गठबन्धन महत्वपूर्ण भए पनि त्यसले मात्र क्षेत्रको सुरक्षा सुनिश्चित गर्न नसक्ने बताए।

“हामीलाई हाम्रा साझेदार र सहयोगीहरूको आवश्यकता छ । तर आफ्नो सुरक्षाका लागि हामी उनीहरूमा मात्र निर्भर रहन सक्दैनौँ”, उनले भने। उनका अनुसार सुरक्षा क्षेत्रमा आत्मनिर्भरता नै अघि बढ्ने मुख्य बाटो हो ।

कतार अमेरिका–इरान द्वन्द्वमा प्रमुख मध्यस्थकर्ताका रूपमा सक्रिय रहँदै आएको छ । यस क्रममा उसले आफ्ना ऊर्जा पूर्वाधारलाई लक्षित गरी इरानबाट भएका आक्रमणसमेत सामना गरेको छ ।



सानो तर धनी ग्यास उत्पादक राष्ट्र कतारले मध्यपूर्वमा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य आधारमध्ये एकलाई आश्रय दिँदै आएको छ । द्वन्द्वका क्रममा इरानले अमेरिकी आक्रमणको जवाफमा अमेरिकी सैन्य आधार तथा क्षेत्रका ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आक्रमण गरेको छ ।

६ महिनादेखिको द्वन्द्वपछि अमेरिका र इरान गतिरोधमा पुगेका छन् । इरानले रणनीतिक महत्वको हर्मुज जलसन्धिमा जहाज आवतजावतमा अवरोध पुर्‍याइरहेको छ भने अमेरिकाले इरानी बन्दरगाहमाथि नाकाबन्दीको दबाब बढाइरहेको छ ।

गत महिना मध्यस्थता प्रयासस्वरूप कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी तेहरान पुगेका थिए। त्यसअघि हर्मुज जलसन्धिसँग सीमा जोडिएका इरान र ओमानले अस्थायी समुद्री मार्ग (सिपिङ करिडोर) सञ्चालन तथा जलसन्धिमा रहेका बारुदी सुरुङ हटाउने विषयमा छलफल गरिरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि भरतपुर-काठमाडौं हवाई यात्रुको चाप बढेको छ । यात्रुको चाप बढेसँगै भरतपुरबाट उडान दोब्बरभन्दा बढी गरिएको हो । भरतपुरबाट काठमाडौं लागि बुद्ध एयरको मात्रै जहाज सञ्चालन हुँदै आएका छन् । बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा भरतपुरबाट काठमाडौंका लागि दैनिक पाँच उडान हुँदै आएकोमा ...
। राष्ट्रिय मानव अधिकार आयोगले विपद् प्रभावितहरुको आधारभूत मानव अधिकार संरक्षण गर्न आग्रह गरेको छ । भदौ १० गतेको बाढीबाट प्रभावितहरूको मानव अधिकार अवस्थाको बारेमा आयोगका सदस्य लीली थापाको नेतृत्वमा गएको उच्चस्तरीय अनुगमन टोलीले रसुवा र नुवाकोट जिल्लाको स्थलगत अनुगमन गरेको छ । अनुगमनपछि आयोगले यस्तो आग्रह गरेको हो । अनुगमनका क्रममा बाढीबाट भौतिक संरचनामा ठूलो क्षति पुगेको, ...
। मकवानपुरको बकैया गाउँपालिका–१२ धारापानीमा एक युवक आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार स्थानीय मानबहादुर खत्रीका ३५ वर्षीय छोरा राजकुमार खत्री १९ भदौ दिउँसो सवा १ बजे घरको सुत्ने कोठाभित्र मृत अवस्थामा फेला परेका हुन् । खत्रीको टाउको र शरिरका अन्य भागमा चोटपटक देखिएको प्रहरी नायव उपरीक्षक (डीएसपी) माधव काफ्लेले ...
। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित भएका नागरिकलाई नुवाकोटको विदुर नगरपालिकाले तत्काल घरभाडाबापत प्रतिपरिवार १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । आइतबार बसेको विदुर नगर कार्यपालिकाको १३४औँ बैठकले बाढीका कारण बस्नयोग्य घर नभएका नगरवासीलाई घर भाडामा लिएर बस्नका लागि सो रकम उपलब्ध गराउने निर्णय गरेको हो । साथै, प्रभावित परिवारलाई आवश्यक पर्ने ...
। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरूले सिर्सिया खोलामा गरिरहेको प्रदूषणप्रति आपत्ति जनाउँदै सुधारका लागि एक साताको समयसीमा दिएकी छिन् । सोमबार मन्त्रालयमा उद्योगीहरूसँगको छलफलका क्रममा उनले वातावरण संरक्षण सम्बन्धी कानुनी मापदण्ड उल्लंघन गर्ने उद्योगहरूलाई कारबाहीको चेतावनी दिएकी हुन् । सिमरा र वीरगञ्ज क्षेत्रका दर्जनौं उद्योगहरूले प्रशोधन नगरी ढल र औद्योगिक फोहोर सिधै ...