मुख्य समाचार
एक युवक आफ्नै घरभित्र मृत अवस्थामा फेला
एक युवक आफ्नै घरभित्र मृत अवस्थामा फेला

। मकवानपुरको बकैया गाउँपालिका–१२ धारापानीमा एक युवक आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार स्थानीय मानबहादुर खत्रीका ३५ वर्षीय छोरा राजकुमार खत्री १९ भदौ दिउँसो सवा १ बजे घरको सुत्ने कोठाभित्र मृत अवस्थामा फेला परेका हुन् ।

खत्रीको टाउको र शरिरका अन्य भागमा चोटपटक देखिएको प्रहरी नायव उपरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिए ।

घटना शंकास्पद देखिएपछि परिवारका सदस्य र छिमेकीसहितलाई पक्राउ गरेर अनुसन्धान भइरहेको डीएसपी काफ्लेले बताए । घटनाको जानकारी पाएपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा र बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट कुकुरसहितको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।



प्रहरीले मृतककी पत्नी ३५ वर्षीया सलिना घले, आमा ६० वर्षीया गोमा खत्री, भाइ ३३ वर्षीय दिनेश खत्री तथा ४५ वर्षीय अमर खत्री र ४५ वर्षीय राजेन्द्र घलेलाई नियन्त्रणमा लिएको छ ।

घटनामा उनीहरूको प्रत्यक्ष, अप्रत्यक्ष संलग्नता देखिएपछि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको डीएसपी काफ्लेले बताए । उनका अनुसार शवको पोस्टमार्टमपछि आज सोमबार मृतककी दिदी सजिना खत्रीले शव बुझेर लगेकी छन् । मृतक खत्रीको तीन सन्तान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले बाढी र हिमपहिरोजस्तो महाविपत्तिमा राजनीतिक दोषारोपण र अनावश्यक टिकाटिप्पणीबाट माथि उठेर काम गर्न सबै पक्षलाई आग्रह गरेका छन्। गल्छी गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपद्को समयमा सबै नेपाली राजनीतिभन्दा माथि उठेर एकताबद्ध हुनुपर्ने बताएका हुन्। सभामुख अर्यालले अहिले हतारमा गरिने पुनर्स्थापना र पुनर्निर्माण पूर्ण रूपमा अस्थायी मात्र हुने बताए । ...
। नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभुमि वडा नं ७ का ३३८ र ८ का ३९२ गरि जम्मा ७३० स्वबासि परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा आयोगबाट नापनक्सा ...
। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्यमा प्राविधिक कठिनाइ थपिएपछि नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायसँग अत्याधुनिक उपकरण र विशेष सामग्रीहरू माग गरेको छ। परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार, प्रभावित क्षेत्रमा उद्धार अभियानलाई तीव्रता दिन र जोखिम न्यूनीकरण गर्न उच्च प्राविधिक उपकरणहरूको सूची नै बनाएर सहयोगको अपिल गरिएको हो। जलविद्युत् आयोजनाका सुरुङभित्र फसेकाहरूको ...
। पूर्वउपसभामुख एवं प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले बेलायतको संसद् (हाउस अफ कमन) की उपसभामुख क्यारोलिन नोक्ससँग भेट गरेकी छिन् । बेलायत भ्रमणका क्रममा पूर्वउपसभामुख रानाले लण्डनस्थित हाउस अफ कमनमा उपसभामुख नोक्ससँग भेट गरी नेपालमा आएको विनाशकारी बाढी र यसले पारेको प्रभाव, नेपालले पाउनुपर्ने न्याय र क्षतिपूर्तिको विषय उठाएकी हुन् । पूर्वउपसभामुख रानाले नेपाल र बेलायतबीच ऐतिहासिक सम्बन्ध ...
। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले धादिङको गल्छी गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। सोमबार प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र सांसद बोधनारायण श्रेष्ठलगायतको उपस्थितिमा आयोजित एक कार्यक्रममा गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले बाढीबाट भएको क्षति, गाउँपालिकाले गरिरहेको राहत वितरण र पुनर्निर्माणको अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरेका छन्। अध्यक्ष खतिवडाले प्रस्तुत गरेको तथ्यांकअनुसार बाढीले गाउँपालिकाभित्रका भौतिक पूर्वाधार, कृषि ...