मुख्य समाचार
बाढीपीडितको सहयोगार्थ लन्डनको ‘द बिग हाफ म्याराथन’
बाढीपीडितको सहयोगार्थ लन्डनको ‘द बिग हाफ म्याराथन’

। नेपालमा भोटेकोशी बाढीपीडितको सहयोगार्थ ३०० बढी नेपाली धावक लन्डनको प्रमुख हाफ म्याराथन ‘द बिग हाफ म्याराथन २०२६’ मा सहभागी भएका छन् ।

यस वर्ष दौड्ने नेपाल रन यूके आवद्ध हरेक नेपालीले म्याराथनलाई नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडित तथा उनीहरूका परिवारप्रति समर्पित गरे ।

हाफ म्याराथनलाई नेपाली धावकहरुले आफ्नो मातृभूमिप्रतिको ऐक्यबद्धता, सहानुभूति र सहयोगको एक सशक्त माध्यमका रुपमा परिणत गरेका थिए । आजको म्याराथन केवल १३.१ माइल दौडिने विषय मात्र थिएन्, यो नेपालका लागि दौडिने दिन थियो ।

धेरै धावकहरूले गर्वका साथ आफ्नो दौडने भेस्टको पछाडि सहयोग संकलनसम्बन्धी ‘क्यूआर कोड’ टाँसेका थिए, जसले दौडको सुरुवातदेखि अन्त्यसम्म ऐक्यबद्धता, सहानुभूति र सहयोगको सन्देश प्रवाह गर्‍यो । त्यो क्यूआर कोडले अन्य धावक, दर्शक, साथीभाई तथा सर्वसाधारणलाई सहयोग संकलन अभियानमा योगदान पुर्‍याउन सहज भएको थियो ।

‘इलिङ हाफ म्याराथन’ को समन्वय र सहयोगमा फण्ड रेजिङ पेज तयार पार्न सघाउने ‘रेस नेशन’ टोलीप्रति धावकहरुले विशेष आभार व्यक्त गरेका छन् ।



साथै, दौडका क्रममा यस अभियानलाई सबैमाझ चिनाउन मद्दत पुर्‍याउने ‘रेस टाइमिङ सोलुसन्स’ लाई पनि धन्यवाद दिएका छन् जसले दौडका लागि आवश्यक ‘बिब्स’ उपलब्ध गराएको थियो ।

हाफ म्याराथन पूरा गर्न प्रत्येक धावकहरूले आ-आफ्नै रणनीति र व्यक्तिगत लक्ष्य राखेका थिए । कसैले आफ्नो व्यक्तिगत उत्कृष्ट समय कायम गर्ने लक्ष्य राखेका थिए भने कसैले केवल अन्तिम रेखा पार गर्नेमा ध्यान केन्द्रित गरेका थिए ।

त्यस्तै, कोही भने दौडको अनुभव लिन दौडिएका थिए । यद्यपि, ती सबै व्यक्तिगत लक्ष्यभन्दा माथि एउटा साझा र मुख्य उद्देश्य- बाढी पीडितलाई सघाउन जुटेका थिए । यो केवल सुरुवात मात्र भएको धावकहरुको भनाइ थियो ।

कोष संकलन अभियान ‘हाफ म्याराथन’ सकिएपनि अन्त्य नहुने नेपाल रन यूकेका संस्थापक सन्तोष राईले बताए ।

नेपाली धावकहरूले तोकिएको आर्थिक संकलनको लक्ष्य पूरा नभएसम्म आगामी दौड कार्यक्रमहरू (साप्ताहिक पार्क रन) आदिमा ‘फन्डरेजिङ बिब्स’ लगाइरहने राईले बताए ।

सहयोग गर्न चाहने तर अहिलेसम्म अवसर नपाएकाहरूलाई धावकहरूको ‘बिब’ वा कोष संकलनसम्बन्धी सामग्रीमा रहेको ‘क्यूआर कोड’ स्क्यान गरी सहयोग रकम प्रदान गर्न राईको अनुरोध छ ।

रकम जतिसुकै भए पनि हरेक योगदानले बाढीबाट प्रभावितहरूलाई सहयोग पुर्‍याउन सक्ने विश्वास छ । ‘हाफ म्याराथन पूरा गर्नु आफैंमा एउटा ठूलो उपलब्धि हो, तर कुनै पवित्र उद्देश्यका लागि दौडिनु अझ अर्थपूर्ण हुने रहेछ’, राईले भने, ‘हामी एकताबद्ध छौं। हामी एक-अर्कालाई साथ दिन्छौं । हामी फेरि उठ्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपाली श्रमिकका समस्या केवल रोजगारी, तलब र कार्यस्थलसम्म सीमित छैनन्। मृत्यु, शव स्वदेश फिर्ती, दुर्घटनापछिको क्षतिपूर्ति, रक्तधन, जेल, कानुनी प्रक्रिया, बहिर्गमन अनुमति, श्रम स्वीकृति तथा कागजातसम्बन्धी झन्झटसम्मका विषयले नेपाली श्रमिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्दै आएका छन्।यिनै विषयलाई केन्द्रमा राखेर नेपाली राजदूतावास रियादले पहिलोपटक आफ्ना सेवा, गतिविधि र श्रमिकसँग सम्बन्धित ...
। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित नेपाली महावाणिज्यदूतावासले नयाँ राहदानीका लागि आवेदन दिएका सेवाग्राहीलाई हुलाकमार्फत राहदानी डेलिभरीको सुविधा उपलब्ध गराउने भएको छ । महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै राहदानी लिनका लागि मात्र दूतावास आउन समय नमिल्ने तथा यात्रा गर्दा खर्च बढी हुने भएकाले सेवाग्राहीको अनुरोधअनुसार यस्तो व्यवस्था गरिएको जनाएको हो । अब राहदानी आवेदनका क्रममा बायोमेट्रिक ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासमा नेपालको संविधान दिवस झण्डोत्तोलन समारोहसहित मनाइएको छ। बिहीबार ओ’म्यालीस्थित दूतावास परिसरमा आयोजित कार्यक्रममा कार्यवाहक राजदूत तारा गौतमले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेकी हुन्। समारोहलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत गौतमले संविधानले आत्मसात् गरेका लोकतन्त्र, गणतन्त्र, समावेशिता, समानता, सामाजिक न्याय र राष्ट्रिय एकताजस्ता मूल्यमान्यताको स्मरण गरिन्। सोही क्रममा उनले नेपालमा हालैको विनाशकारी बाढीमा ज्यान ...
। पश्चिमी सिड्नीको अर्बनमा कारले ठक्कर दिँदा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरिएको समाचार संस्था द अस्ट्रेलिया टुडेले जनाएको छ । उनले आरोप स्वीकार वा अस्वीकार दुवै प्रतिक्रिया बिना हालसम्म अदालतमा कुनै जवाफ दिएका छैनन् । घटनाको २४ घण्टाभन्दा कम ...
। संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली समुदायका लागि पहिलोपटक ‘बिजनेस नेटवर्किङ’ कार्यक्रम आयोजना गरिएको छ । फेडेरेसन अफ इन्टरनेसनल नेपालीज युथ इन्टरप्रेनर्स फोरम (एफआईएनवाईई) यूएई च्याप्टरले डीएनआईजी र एनपीएएफको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । नेपाली समुदायमा व्यवसाय गरिरहेका तथा व्यवसाय गर्न चाहने उद्यमीलाई एकै ठाउँमा भेला गराएर व्यवसाय विस्तार, सहकार्य र नेटवर्किङको अवसर सिर्जना ...