मुख्य समाचार
विपद् प्रभावितहरुको आधारभूत मानव अधिकार संरक्षण गर्न आग्रह
विपद् प्रभावितहरुको आधारभूत मानव अधिकार संरक्षण गर्न आग्रह

। राष्ट्रिय मानव अधिकार आयोगले विपद् प्रभावितहरुको आधारभूत मानव अधिकार संरक्षण गर्न आग्रह गरेको छ ।

भदौ १० गतेको बाढीबाट प्रभावितहरूको मानव अधिकार अवस्थाको बारेमा आयोगका सदस्य लीली थापाको नेतृत्वमा गएको उच्चस्तरीय अनुगमन टोलीले रसुवा र नुवाकोट जिल्लाको स्थलगत अनुगमन गरेको छ ।

अनुगमनपछि आयोगले यस्तो आग्रह गरेको हो ।

अनुगमनका क्रममा बाढीबाट भौतिक संरचनामा ठूलो क्षति पुगेको, प्रभावित क्षेत्रमा खानेपानी, विजुली, स्वास्थ्य सेवाको अभाव देखिएको, उद्धार कार्यमा विज्ञहरुको अभाव रहेको आयोगले जनाएको छ ।



सुरक्षाकर्मीको संख्या न्यून रहेको, उद्धार सामग्रीहरुको कमी रहेको, सर्वसाधारणको आवतजावतमा समस्या देखिएको लगायतका समस्याहरु आयोगले गरेको अनुगमनका क्रममा पाइएको जनाइएको छ ।

यसआधारमा सरकारले तीन वटा विषयमा सरकारको ध्यानाकर्षण गरेको छ–

(क) बाढीले रसुवा र नुवाकोट जिल्लामा आधारभूत आवश्यकताका भौतिक संरचनामा क्षति पुर्याएको हुँदा खानेपानी, विजुली, स्वास्थ्य सेवा जस्ता आधारभूत सेवाहरु नियमित रुपमा संचालन गरी प्रभावितहरुको मानव अधिकारको संरक्षण गर्न विज्ञता सहितको प्राविधिक टोलीको व्यवस्था र परिचालन गर्न, गराउन ।

(ख) उद्धार कार्यलाई अझ प्रभावकारी बनाउन सुरक्षाकर्मीको सङ्ख्या वृद्धि गरी उद्धार कार्यलाई निरन्तरता दिन र उद्धार टोलीका लागि उद्धार सामग्रीहरुको पर्याप्त व्यवस्था गर्न, गराउन ।

(ग) यातायात तथा आवातजावत बन्द हुँदा नागरिकको दैनिक जनजीवनमा प्रभाव परेको हुँदा वैकल्पिक यातायातको व्यवस्था गर्न, गराउन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच टेलिफोन वार्ता भएको छ। रास्वपाले दिएको जानकारीअनुसार, टेलिफोन वार्ताका क्रममा अमेरिकी विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी ऐक्यबद्धता जनाएका छन्। जवाफमा सभापति लामिछानेले विपद्‌पछिको खोजी, उद्धार तथा राहत कार्यका लागि नेपाल सरकारले ...
। नेपालको राष्ट्रिय शोक दिवसका अवसरमा नेपालस्थित चिनियाँ राजदूतावासले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ। बाढी पहिरोमा परी ज्यान गुमाएका पीडितहरूको शोकमा चिनियाँ राष्ट्रिय झण्डा आधा झुकाइएको छ। चिनियाँ दूतावासले चीन र नेपाल सधैँ आशा र दृढताका साथ एकअर्काको साथमा उभिने र कठिनाइहरूलाई पार गर्दै मिलेर आफ्ना घर तथा समुदायहरूको पुनर्निर्माण गर्ने बताएको छ ...
। प्रधानमन्त्री राहत कोषमा गोर्खा नेपाली कम्युनिटी डार्बी बेलायतलेले १५ लाख सहयोग रकम जम्मा गरेको छ । गोर्खा नेपाली कम्युनिटि डार्बिको आव्हानमा डार्बि र आसपासका क्षेत्रमा रहेका नेपाली समुदायको सहभागितामा सहयोग रकम जुटाइएको हो । नेपालमा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले संकलित रकम १५ लाख २३ हजार ८३९ रुपैयाँ नेपाल ...
। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले जोखिमयुक्त बस्ती सार्ने मोडेलबारे तीन चरणमा छलफल हुने बताएका छन् । ‘बस्ती स्थानान्तरण बाढीले क्ष्ाित पुर्‍याएको ठाउँमा गर्नैपर्छ । कुन मोडेलबाट गर्ने भन्ने विषयमा हामी लेभलमा छलफल गर्छौं,’ खरेलले अनलाइनखबरसँग भने, ‘तीन तहको सरकारको बीचमा, राजनीतिक दलहरुका बीचमा र प्रभावित समुदाय र विज्ञसहित छलफल गर्छौं । ...
। बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमा सेवा लिन सहज हुने भएको छ । स्वास्थ्य बीमा बोर्डले तीन जिल्लामा तीन महिनाका लागि स्वास्थ्य बीमामा लाग्दै आएको सहभुक्तानी (को–पेमेन्ट) र क्यापिङ हटाउने निर्णय गरेको छ । बोर्डको भदौ २२ गते बसेको निर्णयअनुसार गत भदौ १० गते रसुवा जिल्लाको ल्हेन्दे खोलामा आएको अप्रत्याशित बाढीबाट प्रभावित ...