मुख्य समाचार
सडक भाँसिएर अवरुद्ध बनेपछि भरतपुर-काठमाडौं हवाई यात्रुको चाप
सडक भाँसिएर अवरुद्ध बनेपछि भरतपुर-काठमाडौं हवाई यात्रुको चाप

। पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि भरतपुर-काठमाडौं हवाई यात्रुको चाप बढेको छ । यात्रुको चाप बढेसँगै भरतपुरबाट उडान दोब्बरभन्दा बढी गरिएको हो ।

भरतपुरबाट काठमाडौं लागि बुद्ध एयरको मात्रै जहाज सञ्चालन हुँदै आएका छन् । बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा भरतपुरबाट काठमाडौंका लागि दैनिक पाँच उडान हुँदै आएकोमा सडक असहज बनेसँगै सङ्ख्या बढाएर ११ वटासम्म पुर्‍याइएको छ । दैनिक उडान आवश्यकताअनुसार ९ देखि ११ सम्म पुर्‍याइएको उनले जानकारी दिए ।

यहाँबाट काठमाडौं आवतजावत गर्ने ‘एटिआर ७२’ जहाज हो । यसले काठमाडौंबाट आउँदा ६५ देखि ७० र यहाँबाट काठमाडौं जाँदा ५० जना यात्रु ओसार्ने गर्दछ । क्षमता ७२ जनाको भए पनि धावन मार्ग छोटो भएका कारण क्षमता अनुसारको यात्रु ओसार्न सक्दैन ।

कृष्णभिरमा सडक अवरुद्ध भएपछि चितवनबाट मकवानपुर हुँदै काठमाडौं जाने वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ । वर्षायामका कारण यात्रुले हवाई यात्रालाई प्राथमिकता दिने गरेको उनले बताए ।

एयरलायन्सले उडानको संख्या बढाएर यात्रुलाई सहजीकरण गरेको जनाएको छ ।

-रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच टेलिफोन वार्ता भएको छ। रास्वपाले दिएको जानकारीअनुसार, टेलिफोन वार्ताका क्रममा अमेरिकी विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी ऐक्यबद्धता जनाएका छन्। जवाफमा सभापति लामिछानेले विपद्‌पछिको खोजी, उद्धार तथा राहत कार्यका लागि नेपाल सरकारले ...
। नेपालको राष्ट्रिय शोक दिवसका अवसरमा नेपालस्थित चिनियाँ राजदूतावासले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ। बाढी पहिरोमा परी ज्यान गुमाएका पीडितहरूको शोकमा चिनियाँ राष्ट्रिय झण्डा आधा झुकाइएको छ। चिनियाँ दूतावासले चीन र नेपाल सधैँ आशा र दृढताका साथ एकअर्काको साथमा उभिने र कठिनाइहरूलाई पार गर्दै मिलेर आफ्ना घर तथा समुदायहरूको पुनर्निर्माण गर्ने बताएको छ ...
। प्रधानमन्त्री राहत कोषमा गोर्खा नेपाली कम्युनिटी डार्बी बेलायतलेले १५ लाख सहयोग रकम जम्मा गरेको छ । गोर्खा नेपाली कम्युनिटि डार्बिको आव्हानमा डार्बि र आसपासका क्षेत्रमा रहेका नेपाली समुदायको सहभागितामा सहयोग रकम जुटाइएको हो । नेपालमा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले संकलित रकम १५ लाख २३ हजार ८३९ रुपैयाँ नेपाल ...
। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले जोखिमयुक्त बस्ती सार्ने मोडेलबारे तीन चरणमा छलफल हुने बताएका छन् । ‘बस्ती स्थानान्तरण बाढीले क्ष्ाित पुर्‍याएको ठाउँमा गर्नैपर्छ । कुन मोडेलबाट गर्ने भन्ने विषयमा हामी लेभलमा छलफल गर्छौं,’ खरेलले अनलाइनखबरसँग भने, ‘तीन तहको सरकारको बीचमा, राजनीतिक दलहरुका बीचमा र प्रभावित समुदाय र विज्ञसहित छलफल गर्छौं । ...
। बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमा सेवा लिन सहज हुने भएको छ । स्वास्थ्य बीमा बोर्डले तीन जिल्लामा तीन महिनाका लागि स्वास्थ्य बीमामा लाग्दै आएको सहभुक्तानी (को–पेमेन्ट) र क्यापिङ हटाउने निर्णय गरेको छ । बोर्डको भदौ २२ गते बसेको निर्णयअनुसार गत भदौ १० गते रसुवा जिल्लाको ल्हेन्दे खोलामा आएको अप्रत्याशित बाढीबाट प्रभावित ...