मुख्य समाचार
प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले बेलायतको संसद् (हाउस अफ कमन) की उपसभामुख क्यारोलिन नोक्ससँग भेट
प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले बेलायतको संसद् (हाउस अफ कमन) की उपसभामुख क्यारोलिन नोक्ससँग भेट

। पूर्वउपसभामुख एवं प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले बेलायतको संसद् (हाउस अफ कमन) की उपसभामुख क्यारोलिन नोक्ससँग भेट गरेकी छिन् ।

बेलायत भ्रमणका क्रममा पूर्वउपसभामुख रानाले लण्डनस्थित हाउस अफ कमनमा उपसभामुख नोक्ससँग भेट गरी नेपालमा आएको विनाशकारी बाढी र यसले पारेको प्रभाव, नेपालले पाउनुपर्ने न्याय र क्षतिपूर्तिको विषय उठाएकी हुन् ।

पूर्वउपसभामुख रानाले नेपाल र बेलायतबीच ऐतिहासिक सम्बन्ध रहेको, बेलायतका लागि नेपाली गोर्खा सैनिकले ठूलो योगदान गरेको भन्दै नेपालको विपत्तिमा बेलायतको संसदले सहयोग गर्ने अपेक्षा गरिन् । उनले नेपालको जलवायु न्यायका लागि बोलिदिन पनि उपसभामुख नोक्सलाई अनुरोध गरेकी थिइन् ।

उपसभामुख नोक्सले नेपाल बेलायतको परिवारजस्तै भन्दै यो विपत्तिमा आफूहरु नेपालसँगै साथमा रहेको बताइन् ।

उनले संसदमा नेपाललाई विशेषरूपमा हेर्नुपर्छ भनेर आवाज उठेको र सरकारबाट सहयोग घोषणा भएको पनि जानकारी गराइन् ।

जलवायु परिवर्तनको मुद्दा सबैको देशको साझा दायित्व भन्दै उपसभामुख नोक्सले नेपालको न्यायका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता पनि जनाइन् ।

भेटमा संसदीय अभ्यास आदान प्रदानका विषयमा पनि छलफल भएको थियो । भेटमा बेलायत निवासी समाजसेवी रविन्द्रजंग लामिछाने पनि सहभागी थिए ।

पूर्वउपसभामुख रानाले हाउस अफ कमनमा अन्य सांसदहरुसँग भेट गरी नेपालले भोगेको विपत्ति र जलवायु न्यायबारे छलफल गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट सिर्जना भएको विपत्तिको सामना गरिरहेको अवस्थामा सबैलाई एकताबद्ध भएर उभिन आह्वान गरेका छन् । सोमबार बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सम्पूर्ण राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न संघसंस्था, निजी क्षेत्र, व्यवसायी समुदाय तथा आम नागरिकलाई एकताबद्ध भएर उभिन आह्वान गरेका ...
। राष्ट्रपति रामचन्द्र पौडेलले कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक तथा अस्थिर र जोखिमपूर्ण परिस्थितिलाई रसुवा बाढीमा हराइरहेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य रोक्ने कारण बनाउन नहुने बताएका छन् । सोमबार बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि राष्ट्रका नाममा सम्बोधन गर्दै उनले विपत्तिका कारण विभिन्न क्षेत्रमा व्यक्ति हराइरहेको अवस्थामा चुनौतीपूर्ण परिस्थितिका बाबजुद खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिनुपर्नेमा ...
। बाढीपीडितलाई अपमानित गराउने किसिमका भिडियोहरू सामाजिक सञ्जालमा राखेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–७ घर भइ काठमाडौं चन्द्रागिरी नगरपालिका–१२ बस्दै आएका २४ वर्षीय वीरेन्द्र मडै छन् । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले पक्राउ गरेको हो । उनले भोटेकोशी बाढी पीडित तथा विभिन्न जात जाती लक्षित होच्याउने, अपमानित गर्ने र विपत्तिमा ...
। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल लगायतका मुलुकहरूको जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् । राष्ट्रपति पौडेलले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै विश्वव्यापी तापमानका कारण जोखिम उत्पन्न भइरहेको उल्लेख गरेका छन् । ‘यस विपत्तिले न केवल हाम्रो हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था मात्र दर्शाउँदैन अपितु यसले निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम र त्यसबाट उत्पन्न हुन ...
। सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने अभिव्यक्ति, भिडियो सामाग्री प्रशारण गर्ने एक युवक आइतबार पक्राउ परे । काठमाडौं चन्द्रागिरी नगरपालिका–१२ बलम्बु बस्ने बैतडी सुर्नया गाउँपालिका–७ घर भएका २४ वर्षीय वीरेन्द्र मडै पक्राउलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले आइतबार पक्राउ गर्‍यो । वीरेन्द्रले भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षति सम्बन्धमा विभिन्न जात जातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा ...