मुख्य समाचार
सभामुख डीपी अर्यालले बाढी र हिमपहिरोजस्तो महाविपत्तिमा राजनीतिक दोषारोपण र अनावश्यक टिकाटिप्पणीबाट माथि उठेर काम गर्न सबै पक्षलाई आग्रह
सभामुख डीपी अर्यालले बाढी र हिमपहिरोजस्तो महाविपत्तिमा राजनीतिक दोषारोपण र अनावश्यक टिकाटिप्पणीबाट माथि उठेर काम गर्न सबै पक्षलाई आग्रह

। प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले बाढी र हिमपहिरोजस्तो महाविपत्तिमा राजनीतिक दोषारोपण र अनावश्यक टिकाटिप्पणीबाट माथि उठेर काम गर्न सबै पक्षलाई आग्रह गरेका छन्।

गल्छी गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपद्को समयमा सबै नेपाली राजनीतिभन्दा माथि उठेर एकताबद्ध हुनुपर्ने बताएका हुन्।
सभामुख अर्यालले अहिले हतारमा गरिने पुनर्स्थापना र पुनर्निर्माण पूर्ण रूपमा अस्थायी मात्र हुने बताए । ‘जोखिमयुक्त ठाउँमा राख्न नसकिने हुँदा संघीय सरकारले स्पष्ट कानुन र विधि नबनाएसम्म स्थायी संरचना निर्माण गर्नु हुँदैन,’ उनले भने, ‘चाडपर्वलाई लक्षित गर्दै दशैँ र तिहारभन्दा अगाडि नै पीडितहरूलाई फास्ट ट्रयाकमा पुनर्स्थापना गर्ने सरकारको प्राथमिकता छ।’

सभामुख अर्यालले राहत वितरणमा कुनै घरमा १० बोरा चामल पुग्ने तर अर्को घरमा १० किलो पनि नपुग्ने विभेदकारी अवस्था नआओस् भन्नका लागि स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा एकद्वार प्रणाली लागू गर्न खोजिएको प्रस्ट पारे । ‘स्वदेशी तथा विदेशी दातृ निकाय र नागरिकहरूबाट प्राप्त राहत सामग्रीहरूलाई समयमै र व्यवस्थित रूपमा वितरण गरिनुपर्छ,’ उनले भने ।

सभामुख अर्यालले विपत्तिमा परेर पीडामा रहेका नागरिकलाई हतारहतार फारम भर्न वा निश्चित समयभित्रै क्षतिको विवरण बुझाउन दबाब दिएर अत्याउने काम गर्नु नहुनेमा जोड दिए । ‘उद्धार र राहतका काम गर्दा मिडियामा प्रचारप्रसार गर्ने र सामाजिक सञ्जालमा लाइक पाउनका लागि मात्रै फोटो/भिडियो राख्ने प्रवृत्तिबाट जोगिनुपर्छ,’ उनले भने, ‘भ्रामक सूचनाहरूलाई रोक्न पालिका र वडाहरूले रेडियो तथा सामाजिक सञ्जालमार्फत २४ सै घण्टा आधिकारिक सूचना सम्प्रेषण गर्नुपर्छ।’

सभामुख अर्यालले जलवायु परिवर्तन र ग्लोबल वार्मिङमा सबैभन्दा कम भूमिका खेल्ने देश भएर पनि नेपालले सबैभन्दा बढी विपत्तिको मार भोग्नुपरेकोमा दुःख व्यक्त गरे । ‘यस घटनालाई पाठका रूपमा लिँदै आगामी दिनमा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको यथार्थ अवस्थाबारे स्पष्ट रूपमा कुरा उठाइनेछ र संवाद गरिनेछ,’ उनले भने ।

विपद्लगत्तै बिहान ८:५० बजेदेखि नै सरकार उद्धारमा लागिरहेको र भौतिक रूपमा सबै ठाउँमा एकैपटक पुग्न नसके पनि सरकारले अभिभावकको भूमिका निभाइरहेको सभामुखले स्पष्ट पारेका छन्।

साथै, उद्धारमा अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नागरिक समाज र स्वयंसेवकहरूको योगदानको उनले उच्च प्रशंसा गरेका छन्।

५० वर्षपछिको अवस्थालाई समेत आकलन गरेर नदी किनारका बस्ती र पूर्वाधारसम्बन्धी नीति निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज ६ गते न्यूयोर्क जाने भएका छन् । उनी असोज ९ गते स्वेदश फर्किने तय भएको छ । उनी त्यहाँ सम्बोधन गर्न छोटो अवधिका लागि मात्र जान लागेका हुन् । उनले भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरकोबारेमा राष्ट्रसंघको ध्यानाकर्षण गराउने छन् ...
। राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट सिर्जना भएको विपत्तिको सामना गरिरहेको अवस्थामा सबैलाई एकताबद्ध भएर उभिन आह्वान गरेका छन् । सोमबार बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सम्पूर्ण राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न संघसंस्था, निजी क्षेत्र, व्यवसायी समुदाय तथा आम नागरिकलाई एकताबद्ध भएर उभिन आह्वान गरेका ...
। राष्ट्रपति रामचन्द्र पौडेलले कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक तथा अस्थिर र जोखिमपूर्ण परिस्थितिलाई रसुवा बाढीमा हराइरहेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य रोक्ने कारण बनाउन नहुने बताएका छन् । सोमबार बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि राष्ट्रका नाममा सम्बोधन गर्दै उनले विपत्तिका कारण विभिन्न क्षेत्रमा व्यक्ति हराइरहेको अवस्थामा चुनौतीपूर्ण परिस्थितिका बाबजुद खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिनुपर्नेमा ...
। बाढीपीडितलाई अपमानित गराउने किसिमका भिडियोहरू सामाजिक सञ्जालमा राखेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–७ घर भइ काठमाडौं चन्द्रागिरी नगरपालिका–१२ बस्दै आएका २४ वर्षीय वीरेन्द्र मडै छन् । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले पक्राउ गरेको हो । उनले भोटेकोशी बाढी पीडित तथा विभिन्न जात जाती लक्षित होच्याउने, अपमानित गर्ने र विपत्तिमा ...
। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल लगायतका मुलुकहरूको जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् । राष्ट्रपति पौडेलले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै विश्वव्यापी तापमानका कारण जोखिम उत्पन्न भइरहेको उल्लेख गरेका छन् । ‘यस विपत्तिले न केवल हाम्रो हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था मात्र दर्शाउँदैन अपितु यसले निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम र त्यसबाट उत्पन्न हुन ...