। नेपालको राष्ट्रिय शोक दिवसका अवसरमा नेपालस्थित चिनियाँ राजदूतावासले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ। बाढी पहिरोमा परी ज्यान गुमाएका पीडितहरूको शोकमा चिनियाँ राष्ट्रिय झण्डा आधा झुकाइएको छ।
चिनियाँ दूतावासले चीन र नेपाल सधैँ आशा र दृढताका साथ एकअर्काको साथमा उभिने र कठिनाइहरूलाई पार गर्दै मिलेर आफ्ना घर तथा समुदायहरूको पुनर्निर्माण गर्ने बताएको छ ।
भदौ १० मा आएको भोटेकोशी बाढीका कारण नेपाल र चीनतर्फ ठूलो मानवीय र भौतिक क्षति भएको छ । नेपाल र चीन जोड्ने केरूङ नाका पनि पूर्णरुपमा क्षति भएको छ ।