मुख्य समाचार
सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने अभिव्यक्ति, भिडियो सामाग्री प्रशारण गर्ने एक युवक पक्राउ
सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने अभिव्यक्ति, भिडियो सामाग्री प्रशारण गर्ने एक युवक पक्राउ

। सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने अभिव्यक्ति, भिडियो सामाग्री प्रशारण गर्ने एक युवक आइतबार पक्राउ परे ।

काठमाडौं चन्द्रागिरी नगरपालिका–१२ बलम्बु बस्ने बैतडी सुर्नया गाउँपालिका–७ घर भएका २४ वर्षीय वीरेन्द्र मडै पक्राउलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले आइतबार पक्राउ गर्‍यो ।

वीरेन्द्रले भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षति सम्बन्धमा विभिन्न जात जातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा उक्त विपत्तिमा खुशी व्यक्त गर्ने भिडियो सामाग्री बनाइ सामाजिक सञ्जाल फेसबुकको रिलमा प्रशारण गरेका थिए ।

वीरेन्द्र त प्रतिनिधि पात्र मात्रै हुन् । पछिल्लो समयमा सामाजिक सञ्जाल मार्फत गलत सूचना, अफवाह, भ्रामक समाचार लगायतका सामग्री प्रशारण गर्ने, संवेदनशील घडीमा पीडामा रहेका मानिसहरूले व्यक्त गरेका विचारहरूमाथि अनावश्यक टिप्पणी गरी होच्याई थप पीडा दिन खोज्ने जस्ता घटनाहरूको निगरानी गरी त्यसलाई नियन्त्रण तथा संलग्नलाई कानुनी दायरामा ल्याउने काम भइरहेको प्रहरीले बताएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्छन्, ‘बाढीको कारण भएको मानवीय क्षति तथा भौतिक क्षतिको यस दुस्खद घडिमा विभिन्न व्यक्ति, समुह तथा अराजक मानसिकता बोकेका व्यक्तिहरूले हृदय विदारक, विभत्स तस्विरहरू तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गरी जनमानसमा पीडा माथि थप पीडा हुने गरी त्रास फैलाउन एवम् सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने गतिविधि नियन्त्रण गर्न प्रहरी थप सचेत भई निरन्तर रूपमा कार्य गरिरहेको छ ।’

पछिल्लो तथ्याङ्क अनुसार सामाजिक सञ्जाल फेसबुकमा १ सय ६८ वटा, टिकटकमा ४ वटा र इन्स्टाग्राममा १ वटा गरी कुल १ सय ७३ वटा गलत सूचना र अफवाह सहितका समाचार सामाग्रीहरू प्रशारण भएको देखिन्छ ।

जसमध्ये साइबर सक्रियतामा फेसबुकबाट ७९ वटा र टिकटकबाट ४ गरी जम्मा ८३ वटा त्यस्ता सामाग्रीहरू सामाजिक सञ्जालबाट हटाइएको छ ।

यस प्रकारका घटनाहरूको सामाजिक सञ्जालमा मोनिटरिङ गरी उक्त सामाग्री तत्कालै हटाउन र त्यस्ता गतिविधिलाई रोक्न साइबर ब्यूरोका प्रहरी नायव उपरीक्षक गजेन्द्र आचार्यको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरी यस सम्बन्धमा प्रभावकारी रूपमा कार्य समेत भइरहेको छ ।

समितिले सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने कार्यमा संलग्न उपर अनुसन्धान एवम् पहिचान समेत गरी सम्बन्धित प्रहरी कार्यालय वा सरोकारवाला निकायसँग समन्वय, सहकार्य गरी कानुनी कारबाही गर्नेछ ।

समितिको काम कारबाहीका सम्बन्धमा प्रहरी नायव उपरीक्षक गजेन्द्र आचार्य भन्छन्, ‘सामाजिक सञ्जाल मार्फत गलत सूचना, अफवाह, भ्रामक समाचार लगायतका सामग्री प्रशारण गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन समिति अझ बढि क्रियाशील भई कार्य गरिरहेको छ । सामाजिक सञ्जाल मार्फत अनजानमा पोष्ट गरेका वा सेयर गरेका समाचारहरूको गाम्भिर्यता हेरी सचेत गराई हटाउन लगाइएको छ ।’

विपद्को नाममा हुनसक्ने अपराध र गलत सूचना नियन्त्रण गर्न, विपद्को मौका छोपी राहत संकलनको नाममा हुन सक्ने ठगीलाई पनि नियन्त्रण गर्न समेत नेपाल प्रहरी सक्रिय छ । सामाजिक सञ्जालमार्फत प्रवाह भएको गलत सूचना, अफवाह, भ्रामक समाचार लगायतका सामग्री प्रतिको निगरानीलाई अझ तीव्र बनाउँदै सामाजिक सहिष्णुतामा आघात पुर्‍याउनेलाई कानुनी दायरामा ल्याइने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भदौ १० को रसुवा बाढीमा विभिन्न जलविद्युत् आयोजनाको सुरुङभित्र १२१ जनामात्रै फसेको अनुमान नेपाली सेनाले गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका सहायक रथी सुवासजंग थापाले यस्तो बताएका हुन्। ‘१२१ जनामात्रै टनेलभित्र पसेको तथ्य देखिन्छ,’ उनले भने, ‘जबसम्म सबै टनेल ब्रेकथ्रु हुँदैन त्यसबेलासम्म हामी खोजी तथा उद्धारको काम ...
। समाज कल्याण परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहयोगका क्रममा पीडितको आत्मसम्मान, मर्यादा र गोपनीयताको सम्मान गर्न सामाजिक संघसंस्था तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । राहत तथा मानवीय सामग्री वितरण गर्दा आचारसंहिता पूर्ण रूपमा पालना गर्न र पीडितको पीडा थपिने गरी उनीहरूको अनुमतिबिना फोटो तथा भिडियो नखिच्न परिषद्ले अनुरोध गरेको ...
। भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ता भन्सार कर्मचारीको सम्मानमा अर्थ मन्त्रालयले स्मृति सभा आयोजना गरेको छ । आज सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, अर्थ सचिव डा. घनश्याम उपाध्याय सहित उच्च अधिकारीको उपस्थितिमा स्मृति कार्यक्रम आयोजना गरिएको हो । मन्त्रालय परिवारको आयोजनामा भन्सार विभाग प्राङ्गणमा स्मृति सभा आयोजना भएको हो । भन्सार विभागका अनुसार कुल १५ कर्मचारी ...
। महाकाली नदीमा बगेर कञ्चनपुरकी एक किशोरी बेपत्ता भएकी छन् । दोधारा–चाँदनी नगरपालिका–१० खडखडेनजिकै १५ वर्षीया श्रृष्टि सुनार महाकाली नदीमा बेपत्ता भएकी हुन् । जिल्ला प्रहरी कार्यालयले नदी किनारमा टिकटक भिडियो बनाउने क्रममा सुनार बेपत्ता भएको जनाएको छ । प्रहरीले इलाका प्रहरी कार्यालय दोधारा–चाँदीन र प्रहरी चौकी बाबाथानबाट खटिएको प्रहरी टोलीले बेपत्ता किशोरीको खोजी गरिरहकेको पनि जनाएको छ ...
। मोटरसाइकल दुर्घटना हुँदा ललितपुरमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट घर भएका २४ वर्षीय आशिष सुनार छन् । उनले चलाएको महालक्ष्मी नगरपालिका–१ बाहुनधारा चोकस्थित सडकमा बा ९३ प १८०१ नम्बरको मोटरसाइकल सोमबार बिहान अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनाबाट गम्भीर घाइते उनको किस्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।