मुख्य समाचार
अस्ट्रेलियाली संसद्‌मा नेपालको बाढीबारे प्रधानमन्त्रीको सम्बोधन
अस्ट्रेलियाली संसद्‌मा नेपालको बाढीबारे प्रधानमन्त्रीको सम्बोधन

। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाल र चीनको तिब्बत सीमा क्षेत्रमा गएको विनाशकारी बाढीका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को यस घडीमा नेपाल एक्लै नरहेको बताएका छन्।

अस्ट्रेलियाली संसद्‌लाई सम्बोधन गर्दै उनले बाढीमा परी आफ्ना ३६ जना नागरिक अझै सम्पर्कविहीन रहेको पुष्टी गरेका छन्।

‘चमत्कारको आशमा छौँ’

गत अगस्ट २६ मा हिमपहिरो पछि आएको बाढीले सीमाको दुवैतर्फ ठूलो विनाश निम्त्याए पनि सबैभन्दा बढी मार नेपालले खेप्नुपरेको प्रधानमन्त्री अल्बानीजले बताए।



‘धेरैले आफ्ना प्रियजन, घर, सिङ्गो गाउँ र जीवनयापनका आधारहरू गुमाएका छन्। हरेक बित्दो दिनसँगै बेपत्ता भएकाहरू भेटिने आश चमत्कारजस्तै बन्दै गएको छ,’ अल्बानीजले संसद्‌मा भने, ‘हाम्रा ३६ जना अस्ट्रेलियाली नागरिक अझै बेपत्ता छन्। सम्पूर्ण अस्ट्रेलियाली जनताको ध्यान यतिबेला उनीहरूका परिवार र साथीभाइहरूप्रति केन्द्रित छ।’

नेपालले आज राष्ट्रिय शोक दिवस मनाइरहँदा प्रधानमन्त्री अल्बानीजले सामाजिक सञ्जालमार्फत पनि प्रभावितहरूप्रति सहानुभूति व्यक्त गरेका छन्।

संसद्‌को सम्बोधनमा उनले गत शुक्रबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन वार्ता गरी अस्ट्रेलियाको तर्फबाट गहिरो समवेदना प्रकट गरेको जानकारी दिए।

‘आज नेपालले राष्ट्रिय शोक मनाइरहँदा म हाम्रा नेपाली साथीहरूलाई भन्न चाहन्छु- यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न,’ उनले भने।

समुदायसँग समन्वय र सहयोगको प्रशंसा

अस्ट्रेलिया सरकारले त्यहाँ रहेका नेपाली, तिब्बती र भारतीय समुदायसँग निरन्तर समन्वय गरिरहेको अल्बानीजले जानकारी दिएका छन्। उनले सम्पूर्ण अस्ट्रेलियालीहरूलाई आशा नहार्न र प्रार्थना गर्न आग्रहसमेत गरेका छन्।

विपद् राहतका लागि आपत्कालीन राहत अपिलमा अस्ट्रेलियाली जनताले देखाएको उदारता र सहयोगको प्रशंसा गर्दै उनले भने, ‘यसले हामी जस्तोसुकै ठूलो विपद्‌को पनि एकजुट भएर र साझा मानवीय भावनाका साथ सामना गर्न सक्छौँ भन्ने शक्तिशाली सन्देश दिएको छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका ठूला मेडिकल ल्याब कम्पनीहरूमध्ये एक क्वेस्ट डायग्नोस्टिक्समा साइबर आक्रमण भएको छ। यसमा बिरामीहरूको स्वास्थ्यसम्बन्धी र व्यक्तिगत जानकारीमा गैरकानुनी पहुँच पुर्‍याइएको छ। कम्पनीले बिहीबार यसबारे जानकारी दिएको हो। साइबर सुरक्षा अनुसन्धान कम्पनी कम्प्यारिटेकका अनुसार, सेप्टेम्बर २०२६ सम्म विश्वभरको स्वास्थ्य क्षेत्रमा ७१६ वटा आक्रमण दर्ता भएका छन्। तीमध्ये ४१० वटा आक्रमण अमेरिकामा मात्रै भएका हुन्। क्वेस्ट डायग्नोस्टिक्सको ...
। इजरायलमा आगामी अक्टोबर २७ मा हुने निर्वाचनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सत्ता रहने वा नरहने भन्ने टुंगो लगाउनेछ । तर, सरकार परिवर्तन हुँदैमा प्यालेस्टिनीहरूको अवस्थामा ठूलो सुधार आउने सम्भावना भने कम देखिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । यसको मुख्य कारण इजरायलका अधिकांश विपक्षी दल पनि प्यालेस्टाइनलाई छुट्टै स्वतन्त्र राष्ट्र बनाउने पक्षमा स्पष्ट रूपमा उभिएका छैनन् ...
। साउदी अरबको रक्षाका लागि बेलायत सरकारले रोयल एयर फोर्सका टाइफून लडाकु विमानहरू तैनाथ गर्ने निर्णय गरेको छ । हुथी विद्रोहीहरूले मिसाइल र ड्रोन आक्रमणहरू बढाएपछि यो कदम चालिएको हो । यो रक्षात्मक अभियानको मुख्य उद्देश्य ईरान समर्थित हुथी समूहका हवाई आक्रमणहरूबाट साउदी अरबका शहरहरू र पूर्वाधारहरूको सुरक्षा गर्नु हो । प्रधानमन्त्री एन्डी बर्नहमले यो सैन्य ...
: जर्मनीका चान्सलर फ्रेडरिक मर्जले देशमा रुसी गुप्तचर सेवाको जासुसी गतिविधि तीव्र रहेको बताएका छन् । रुसका लागि जासुसी गरेको आशङ्कामा एक युक्रेनी नागरिक पक्राउ परेपछि उनले यस्तो चेतावनी दिएका हुन् । जर्मन अधिकारीहरूका अनुसार वादिम वाई नामले चिनाइएका ती व्यक्तिमाथि जर्मनीको सैन्य क्षेत्रसँग सम्बन्धित गोप्य सूचना सङ्कलन गरेको आरोप छ । उनले सन् २०२५ को ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बीबीसीविरुद्ध दायर मानहानिसम्बन्धी मुद्दामा आगामी डिसेम्बर ११ भित्र शपथ लिएर बयान दिन अदालतले आदेश दिएको छ । अमेरिकाको एक अदालतले ट्रम्पलाई बीबीसीको वृत्तचित्रमा आफ्नो भाषण सम्पादन गरिएको विषयमा दायर मुद्दाको अनुसन्धान प्रक्रियाअन्तर्गत बयान दिन आदेश दिएको हो । सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद् भवन क्यापिटलमा भएको दङ्गाअघि ट्रम्पले दिएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम