मुख्य समाचार
वृद्धवृद्धालाई बन्धक बनाएर डकैती गरेको आरोपमा रामेछापबाट पक्राउ
वृद्धवृद्धालाई बन्धक बनाएर डकैती गरेको आरोपमा रामेछापबाट पक्राउ

। वृद्धवृद्धालाई बन्धक बनाएर डकैती गरेको आरोपमा पाँच जना रामेछापबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेक गाउँपालिका–२ का २५ वर्षीय सुमन जर्घा मगर, रामेछापको खाँडादेवी गाउँपालिका–२ का ३२ वर्षीय दीर्घराज मोक्तान, सोही ठाउँका ३३ वर्षीय पशुपति श्रेष्ठ, झापाको दमक नगरपालिका–७ का ४४ वर्षीय पिताम्बर तहतराज र धनकुटाको बेलाहारा गाउँपालका–५ का ३८ वर्षीय दीपक भनिने गुणराज विश्वकर्मा छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो । पक्राउ परेका सुमन काठमाडौंको एक निजी विद्यालयमा चालकको रुपमा काम गर्छन् । उनको साथबाट २५ हजार नगद र मोबाइल, बा ७३ प ८७१२ को मोटरसाइकल बरामद भएको छ । दीर्घराज बसका सहचालक हुन् । उनको साथबाट ५२ हजार २ सय र डकैती गर्ने बेला लगाएको ज्याकेट र हाफ कट्टु समेत बरामद भएको छ ।

पशुपति भने मोटरसाइकल इनड्राइभ गर्ने व्यक्ति हुन् । उनीबाट पनि मोटरसाइकल र नगद ६ हजार ४६० रुपैयाँ बराम भएको छ । उनको लक्ष्मी सनराइज बैंकको खातामा १ लाख ३१ हजार रहेको पाइएके छ । पुराना सिक्का, सुनजस्तो औठी, बुद्धचित्तका २२ दान बरामद भएका छन् ।



पिताम्बर सुनचाँदी व्यवसाय गर्ने व्यक्ति हुन् । अर्का गुणराजबाट सुनका २ थान रिङ बरामद भएको छ । यो समूहले १८ भदौको राति १२ बजेतिर खाँडादेवी–२ मझुवा नेवारटोलस्थित ८५ वर्षीय बखतमान लामा र उनकी श्रीमती ८६ वर्षीया कान्छी माया तामाङलाई उनीहरुकै घरमा बन्धक बनाएर लुटपाट गरेको प्रहरीले बताएको छ ।

वृद्धवृद्धालाई प्लाष्टिकको टेपले मुखमा बाँधेर आँखामा पट्टी लगाएर ज्यान मार्ने धम्की दिँदै गरगरहना तथा नगद लुटेर लगेको रामेछापका इन्स्पेक्टर कमल राउतले बताए ।

पशुपतिले यसअघि रामेछापकै महादेव मन्दिरको दान पेटिका फुटाई चोरी गरेको पाइएको छ । १ असार २०८३ को राति सुन्दरी श्रेष्ठको करिब ३० किलोको खसी, ७ भदौमा रामबहादुर श्रेष्ठको १५ किलोको बोला समेत चोरीमा उनी संलग्न देखिएको इन्स्पेक्टर राउतले बताए ।

दीर्घराजले १४ पुस २०७८ मा रामेछापमै प्रहरीलाई अभद्र व्यवहार गरेको कसुरमा मुद्दा चलेको पाइएको छ ।पशुपतिको समूहले काठमाडौंको सिन सिक्री लुटटेको पाइएको छ । प्रहरी वृत्त कालिमाटीले मुद्दा समेत चलाएको पाइएको छ ।

अर्का गुणराजविरुद्ध प्रहरी वृत्त बौद्धबाट जुवा कसुरमा मुद्दा चलेको भेटिएको छ । यही समूहले १८ भदौ २०८३ को बिहान ६ बजेतिर रामेछापकै सुनापति गाउँपालिका–२ दिमीपोखरीमा ७५ वर्षीय इमान सिं तामाङको घरबाट ७८ हजार चोरी गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भदौ १० को रसुवा बाढीमा विभिन्न जलविद्युत् आयोजनाको सुरुङभित्र १२१ जनामात्रै फसेको अनुमान नेपाली सेनाले गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका सहायक रथी सुवासजंग थापाले यस्तो बताएका हुन्। ‘१२१ जनामात्रै टनेलभित्र पसेको तथ्य देखिन्छ,’ उनले भने, ‘जबसम्म सबै टनेल ब्रेकथ्रु हुँदैन त्यसबेलासम्म हामी खोजी तथा उद्धारको काम ...
। समाज कल्याण परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहयोगका क्रममा पीडितको आत्मसम्मान, मर्यादा र गोपनीयताको सम्मान गर्न सामाजिक संघसंस्था तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । राहत तथा मानवीय सामग्री वितरण गर्दा आचारसंहिता पूर्ण रूपमा पालना गर्न र पीडितको पीडा थपिने गरी उनीहरूको अनुमतिबिना फोटो तथा भिडियो नखिच्न परिषद्ले अनुरोध गरेको ...
। भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ता भन्सार कर्मचारीको सम्मानमा अर्थ मन्त्रालयले स्मृति सभा आयोजना गरेको छ । आज सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, अर्थ सचिव डा. घनश्याम उपाध्याय सहित उच्च अधिकारीको उपस्थितिमा स्मृति कार्यक्रम आयोजना गरिएको हो । मन्त्रालय परिवारको आयोजनामा भन्सार विभाग प्राङ्गणमा स्मृति सभा आयोजना भएको हो । भन्सार विभागका अनुसार कुल १५ कर्मचारी ...
। महाकाली नदीमा बगेर कञ्चनपुरकी एक किशोरी बेपत्ता भएकी छन् । दोधारा–चाँदनी नगरपालिका–१० खडखडेनजिकै १५ वर्षीया श्रृष्टि सुनार महाकाली नदीमा बेपत्ता भएकी हुन् । जिल्ला प्रहरी कार्यालयले नदी किनारमा टिकटक भिडियो बनाउने क्रममा सुनार बेपत्ता भएको जनाएको छ । प्रहरीले इलाका प्रहरी कार्यालय दोधारा–चाँदीन र प्रहरी चौकी बाबाथानबाट खटिएको प्रहरी टोलीले बेपत्ता किशोरीको खोजी गरिरहकेको पनि जनाएको छ ...
। मोटरसाइकल दुर्घटना हुँदा ललितपुरमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट घर भएका २४ वर्षीय आशिष सुनार छन् । उनले चलाएको महालक्ष्मी नगरपालिका–१ बाहुनधारा चोकस्थित सडकमा बा ९३ प १८०१ नम्बरको मोटरसाइकल सोमबार बिहान अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनाबाट गम्भीर घाइते उनको किस्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।