मुख्य समाचार
बाढीपहिरोका विषयमा अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले अस्ट्रेलियाली संसद्‌मा सम्बोधन
बाढीपहिरोका विषयमा अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले अस्ट्रेलियाली संसद्‌मा सम्बोधन

। नेपाल र चीनको तिब्बतमा गएको विनाशकारी बाढीपहिरोका विषयमा अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले अस्ट्रेलियाली संसद्‌मा सम्बोधन गरेकी छन्।

बाढीबाट भएको क्षति अकल्पनीय रहेको भन्दै उनले बेपत्ता अस्ट्रेलियाली नागरिकको खोजी र विपद् प्रतिकार्यका लागि करिब ५० जना अधिकारीहरूलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको जानकारी दिएकी छन्।

संसद्‌मा बोल्दै विदेशमन्त्री वोङले भनिन्, ‘नेपाल र चीनको तिब्बतमा हामीले देखेको विनाश अकल्पनीय छ। बाढीले सहर, गाउँ, घर, सडक र पुलहरू बगाएको डरलाग्दो शक्ति हामीले देखेका छौँ। यो क्षतिको मापन हाम्रो अनुमानभन्दा बाहिर छ।’

अस्ट्रेलिया सरकारले सम्पर्कविहीन भएका आफ्ना नागरिकहरूको अवस्था पत्ता लगाउन काठमाडौँ, बेइजिङ, नयाँदिल्ली र क्यानबेरास्थित अधिकारीहरूलाई चौबीसै घण्टा खटाएको उनले बताइन्।

बेपत्ता नागरिकका परिवारलाई यस अकल्पनीय र कठिन समयमा निरन्तर सम्पर्क र जानकारी दिन परराष्ट्र तथा व्यापार मन्त्रालय र अस्ट्रेलियाली संघीय प्रहरीका विशेष केस अफिसरहरू तोकिएको विदेशमन्त्री वोङले जानकारी दिइन्।

काठमाडौँमा परिवार सहायता केन्द्र

सम्बोधनका क्रममा विदेशमन्त्री वोङले प्रभावित परिवारको सहयोगका लागि सर्भिसेस अस्ट्रेलियाका दुई जना सामाजिक कार्यकर्ता आइतबार राति काठमाडौँ आइपुगेको जानकारी गराइन्। बेपत्ता तथा प्रभावितका परिवारलाई आवश्यक सहयोग गर्न अस्ट्रेलियाली दूतावासले काठमाडौँमा एक विशेष परिवार सहायता केन्द्र स्थापना गरिरहेको पनि उनले संसद्‌लाई जानकारी गराइन्।

यस विपद्ले अस्ट्रेलियामा रहेका समुदायलाई गहिरो चोट पुर्‍याएको भन्दै विदेशमन्त्री वोङले त्यहाँ रहेका नेपाली, तिब्बती र हिन्दु समुदायप्रति संसद्का तर्फबाट ऐक्यबद्धता प्रकट गरिन्।

‘अस्ट्रेलियाको नेपाली समुदाय प्रभावित क्षेत्रमा रहेका आफ्ना परिवार, साथीभाइ र गाउँका लागि शोकमा छ। अस्ट्रेलियाको तिब्बती समुदायले पनि ठूलो पीडा भोगिरहेको छ,’ उनले भनिन्, ‘यस क्षेत्रका तीर्थयात्रा मार्ग र पवित्र स्थलहरूसँग जोडिएका अस्ट्रेलियाली हिन्दुहरूमा पनि यस विपद्ले गहिरो दुःख ल्याएको छ।’

अस्ट्रेलियाली सिनेटले ज्यान गुमाउने सम्पूर्णप्रति शोक व्यक्त गर्दै खबरको पर्खाइमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

सम्बोधनको अन्त्यमा विदेशमन्त्री वोङले यस अत्यन्तै कठिन परिस्थितिमा नेपाल, तिब्बत र अस्ट्रेलियाका तर्फबाट खटिएका सम्पूर्ण उद्धारकर्मीहरूलाई अस्ट्रेलिया सरकारका तर्फबाट धन्यवाद ज्ञापन गरेकी छन्।

आजै, अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले अस्ट्रेलियाको संसदमा सम्बोधन गर्दै नेपाल र चीनको तिब्बत सीमा क्षेत्रमा गएको विनाशकारी बाढीका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को यस घडीमा नेपाल एक्लै नरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका ठूला मेडिकल ल्याब कम्पनीहरूमध्ये एक क्वेस्ट डायग्नोस्टिक्समा साइबर आक्रमण भएको छ। यसमा बिरामीहरूको स्वास्थ्यसम्बन्धी र व्यक्तिगत जानकारीमा गैरकानुनी पहुँच पुर्‍याइएको छ। कम्पनीले बिहीबार यसबारे जानकारी दिएको हो। साइबर सुरक्षा अनुसन्धान कम्पनी कम्प्यारिटेकका अनुसार, सेप्टेम्बर २०२६ सम्म विश्वभरको स्वास्थ्य क्षेत्रमा ७१६ वटा आक्रमण दर्ता भएका छन्। तीमध्ये ४१० वटा आक्रमण अमेरिकामा मात्रै भएका हुन्। क्वेस्ट डायग्नोस्टिक्सको ...
। इजरायलमा आगामी अक्टोबर २७ मा हुने निर्वाचनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सत्ता रहने वा नरहने भन्ने टुंगो लगाउनेछ । तर, सरकार परिवर्तन हुँदैमा प्यालेस्टिनीहरूको अवस्थामा ठूलो सुधार आउने सम्भावना भने कम देखिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । यसको मुख्य कारण इजरायलका अधिकांश विपक्षी दल पनि प्यालेस्टाइनलाई छुट्टै स्वतन्त्र राष्ट्र बनाउने पक्षमा स्पष्ट रूपमा उभिएका छैनन् ...
। साउदी अरबको रक्षाका लागि बेलायत सरकारले रोयल एयर फोर्सका टाइफून लडाकु विमानहरू तैनाथ गर्ने निर्णय गरेको छ । हुथी विद्रोहीहरूले मिसाइल र ड्रोन आक्रमणहरू बढाएपछि यो कदम चालिएको हो । यो रक्षात्मक अभियानको मुख्य उद्देश्य ईरान समर्थित हुथी समूहका हवाई आक्रमणहरूबाट साउदी अरबका शहरहरू र पूर्वाधारहरूको सुरक्षा गर्नु हो । प्रधानमन्त्री एन्डी बर्नहमले यो सैन्य ...
: जर्मनीका चान्सलर फ्रेडरिक मर्जले देशमा रुसी गुप्तचर सेवाको जासुसी गतिविधि तीव्र रहेको बताएका छन् । रुसका लागि जासुसी गरेको आशङ्कामा एक युक्रेनी नागरिक पक्राउ परेपछि उनले यस्तो चेतावनी दिएका हुन् । जर्मन अधिकारीहरूका अनुसार वादिम वाई नामले चिनाइएका ती व्यक्तिमाथि जर्मनीको सैन्य क्षेत्रसँग सम्बन्धित गोप्य सूचना सङ्कलन गरेको आरोप छ । उनले सन् २०२५ को ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बीबीसीविरुद्ध दायर मानहानिसम्बन्धी मुद्दामा आगामी डिसेम्बर ११ भित्र शपथ लिएर बयान दिन अदालतले आदेश दिएको छ । अमेरिकाको एक अदालतले ट्रम्पलाई बीबीसीको वृत्तचित्रमा आफ्नो भाषण सम्पादन गरिएको विषयमा दायर मुद्दाको अनुसन्धान प्रक्रियाअन्तर्गत बयान दिन आदेश दिएको हो । सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद् भवन क्यापिटलमा भएको दङ्गाअघि ट्रम्पले दिएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम