मुख्य समाचार
शंकर पोखरेलले वर्तमान सरकार जेन्जी आन्दोलनको भावना अनुसार नभई, हाइज्याक गर्नेहरूको योजनामा चलेको दाबी
शंकर पोखरेलले वर्तमान सरकार जेन्जी आन्दोलनको भावना अनुसार नभई, हाइज्याक गर्नेहरूको योजनामा चलेको दाबी

: नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार जेन्जी आन्दोलनको भावना अनुसार नभई, हाइज्याक गर्नेहरूको योजनामा चलेको दाबी गरेका छन्। जेनजी आन्दोलन पुगेको १ वर्ष पुगेको अवसरमा उनले शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गर्ने र गराउने योजनाकार तथा षड्यन्त्रकारीहरूको पहिचान गरी कारबाहीको दायरामा ल्याउनु नै 'जेन्जी आन्दोलन'को वास्तविक भावनाको सम्मान रहेको बताएका हुन्।

‘नवयुवाहरूको शान्तिपूर्ण प्रदर्शनलाई सुरुदेखिनै नियोजित रूपमा भड्काएर हिंसात्मक बनाउने सुनियोजित षड्यन्त्र भएको थियो भन्ने कुरा अब घामजस्तै छर्लङ्ग भइसकेको छ। उनले भने,‘शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गर्ने र गराउने योजनाकार तथा षड्यन्त्रकारीहरूको पहिचान गरी उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनु नै 'जेन्जी आन्दोलन'को वास्तविक भावनाको सम्मान गर्नु हो।’

संवेदनशील अवस्थामा नव युवाहरूको वास्तविक भावनाको कदर गर्नु,मुलुकमा सुशासनको प्रत्याभूति दिनु र विधिको शासन स्थापित गर्नु आजको प्रमुख आवश्यकता रहेको उनको ठहर छ।

तत्कालीन सरकारले सामाजिक सञ्जाल बन्द होइन नियमन गर्न खोजेको भन्ने विषय स्पष्ट गर्न नसक्दा सामाजिक संजालमा अभ्यस्त बनेको नयाँ पुस्ता सडकमा आउन पुगेको उनको भनाई छ।

महासचिव पोखरेलले नेकपा (एमाले) नवयुवाहरुको भावनाको सम्मान गर्न र जायज मागहरूलाई नवयुवाहरुसँग मिलेर सम्बोधन गर्न प्रतिबद्ध रहेको बताए। ‘नेकपा (एमाले) नवयुवाहरुको भावनाको सम्मान गर्न र जायज मागहरूलाई नवयुवाहरुसंग मिलेर सम्बोधन गर्न प्रतिबद्ध छ। उनले सामाजिक सञ्जालमार्फत भने,‘नेकपा (एमाले) हिजो पनि नवयुवाहरुको पक्षमा थियो, आज पनि छ र भोलि पनि रहने छ । हिजो नव युवाहरूको भावना र मागको सम्बोधनमा केही कमजोरी रहन गएको भए त्यसमा सुधार गर्दै अघि बढ्न नेकपा(एमाले) प्रतिबद्ध छ ।’

तत्कालीन सरकारले सामाजिक सञ्जाल बन्द होइन नियमन गर्न खोजेको भन्ने विषय स्पष्ट गर्न नसक्दा सामाजिक संजालमा अभ्यस्त बनेको नयाँ पुस्ता सडकमा आउन पुगेको उनको भनाई छ। महासचिव पोखरेलले भने,‘जेन्जी आन्दोलनका क्रममा नव युवाहरूले अगाडि सारेका भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने, सेवा प्रवाहलाई सुलभ बनाउनुपर्ने र सामाजिक सञ्जालको निर्वाध प्रयोग गर्न पाउनुपर्ने मागहरू अत्यन्त जायज थिए। यी मागहरू हामी सबैको साझा सरोकारका विषय हुन् । नेपाल सरकारले त्यतिवेला सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थिएन, बल्कि यसलाई नियमन गर्न सहज बनाउनेगरी नेपालमा दर्ता हुनुपर्ने नीति अगाडि बढाएको थियो। तर सरकारले उक्त कुरालाई स्पष्ट गर्न नसक्दा सामाजिक संजालमा अभ्यस्त बनेको नयाँ पुस्ता सडकमा आउन पुग्यो ।’

आन्दोलन जीवन गुमाउने सबै नवयुवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरू र आफ्ना सन्तान गुमाउनेहरुप्रति समवेदना प्रकट गरेका छन्। उनले भने,‘आज भाद्र २३ गते—गत वर्ष 'जेन्जी आन्दोलन'का क्रममा भएको घुसपैठ र संसद भवनभित्र प्रवेश गर्ने क्रममा भएको झडपमा दर्जनौँ युवाहरूले ज्यान गुमाएका र सयौँ घाइते भएका थिए। उक्त दुःखद घटनाको एक वर्ष पूरा भएको छ। उक्त घटनामा जीवन गुमाउने सबै नवयुवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उक्त आन्दोलनमा परी घाइतेहरू र आफ्ना सन्तान गुमाउनेहरुप्रति समवेदना प्रकट गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जेन—जी आन्दोलनका क्रममा निजी क्षेत्रमा ३३ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको क्षति भएको थियो। आन्दोलनमा ध्वस्त भएका उद्योग, व्यापारिक प्रतिष्ठान र अन्य निजी संरचनाको पुनर्निर्माण सुरु भए पनि बिमा दाबीको रकम समयमा नपाउँदा व्यवसायीहरू आर्थिक संकटमा परेका छन्। कतिपय व्यवसायीले बैंकबाट कर्जा लिएर र आफ्नै स्रोत परिचालन गरेर उद्योग तथा व्यवसाय पुनः सञ्चालनमा ल्याएका छन्। ...
। भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै तथा बेपत्ता व्यक्तिहरूको शीघ्र उद्धार र सकुशलताको कामना गर्दै नेपाल पर्यटन बोर्डमा सोमबार साँझ दीप प्रज्ज्वलन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’को उपस्थितिमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, विपद् ...
: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजी बजार विकास र सुधारका कानुनी उपाय पेस गर्न निर्देशन दिएका छन्। अर्थ मन्त्रालयमा सोमबार नेपाल राष्ट्र बैंक र सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) का उच्च अधिकारीसँग पुँजी बजारका विषयमा छलफल गरेका हुन्। उक्त बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्ट, ...
। भोटेकोशीको बाढीले त्रिशूली नदीमाथिका पुलहरूमा क्षति पुर्‍याएपछि नुवाकोटमा वैकल्पिक सडक सञ्जाल विस्तारको खोजी भएको छ । तारकेश्वर गाउँपालिका–४ दर्शनटार र बेलकोटगढी नगरपालिका–७ रातमाटे जोड्ने स्थानमा बेलिब्रिज निर्माणका लागि स्थानीयले माग गरेका छन् । दर्शनटारमा रहेको १४३ मिटर लामो पक्की पुल बाढीले बगाए पनि दुवैतर्फका पिल्लर भने अझै देखिने अवस्थामा छन् । स्थानीयका अनुसार नदीको सतहबाट ...
: संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा १५ सदस्यीय प्रतिनिधिमण्डल न्युयोर्क जाने भएको छ । टोलीमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, परराष्ट्र सचिव अमृतबहादुर राईसहित मन्त्रालय, प्रधानमन्त्री सचिवालय र सुरक्षा निकायका अधिकारीहरू सहभागी हुनेछन् । परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली विभिन्न साइडलाइन बैठकमा भाग लिन सेप्टेम्बर २० मा न्युयोर्क प्रस्थान गर्नेछ । प्रधानमन्त्री ...