: संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा १५ सदस्यीय प्रतिनिधिमण्डल न्युयोर्क जाने भएको छ ।
टोलीमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, परराष्ट्र सचिव अमृतबहादुर राईसहित मन्त्रालय, प्रधानमन्त्री सचिवालय र सुरक्षा निकायका अधिकारीहरू सहभागी हुनेछन् ।
परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली विभिन्न साइडलाइन बैठकमा भाग लिन सेप्टेम्बर २० मा न्युयोर्क प्रस्थान गर्नेछ । प्रधानमन्त्री शाह भने सेप्टेम्बर २३ मा प्रस्थान गरी सेप्टेम्बर २४ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । अपराह्न ३ देखि राति ९ बजेको समयमा हुने सम्बोधनको क्रममा प्रधानमन्त्रीको पालो १७ औं नम्बरमा रहेको छ ।
सुरुमा परराष्ट्रमन्त्रीले मात्र प्रतिनिधित्व गर्ने तय भएपनि भोटेकोशी बाढीको क्षतिपछि एजेन्डालाई विश्वमञ्चमा उठाउन प्रधानमन्त्री जाने निर्णय भएको हो । सेप्टेम्बर २५ मा प्रधानमन्त्री स्वदेश फर्कने कार्यतालिका छ ।