मुख्य समाचार
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजी बजार विकास र सुधारका कानुनी उपाय पेस गर्न निर्देशन
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजी बजार विकास र सुधारका कानुनी उपाय पेस गर्न निर्देशन

: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजी बजार विकास र सुधारका कानुनी उपाय पेस गर्न निर्देशन दिएका छन्। अर्थ मन्त्रालयमा सोमबार नेपाल राष्ट्र बैंक र सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) का उच्च अधिकारीसँग पुँजी बजारका विषयमा छलफल गरेका हुन्।

उक्त बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्ट, केन्द्रीय बैंकका डेपुटी गभर्नर किरण पण्डित र सेबोनका उपकार्यकारी निर्देशक नारायण शर्मा पौडेल सहभागी भएका थिए।

सेयर बजार सुधारका लागि सेबोन अध्यक्ष डा. भट्टले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष १० बुँदे सुझाव पेस गरेका छन्। अर्थमन्त्रीले अर्थतन्त्रलाई गतिशील बनाउने अर्थतन्त्र पुनरुउत्थानको प्याकेज ल्याउने तयारीमा भएकाले सेयर मार्केट सुधारको योजना ल्याउने तयारीमा जुटेका छन्। अब सेबोन अध्यक्षले पेस गरेका बुँदा अध्ययन गरेर मन्त्री डा. वाग्लेले प्याकेज ल्याउने भएका छन्।

सेयर बजार दोहोरो अंकले बढ्यो

साताको पहिलो सेयर कारोबार दिन सोमबार सेयर बजार सकारात्मक भएर बन्द भएको छ। नेप्से परिसूचक १८.०७ अंकले बढेर २५६०.८४ विन्दुमा पुगेको हो। यस दिन ३ सय ५२ वटा स्क्रिप्सको खरिदबिक्री भए। सोमबार ९२ लाख ९८ हजार ९४ कित्ता सेयर ३ अर्ब ८३ करोड १५ लाख ८४ हजार रुपैयाँमा किनबेच भयो।

कारोबारमा आएका २ सय ७५ मध्ये १ सय ९५ वटा स्टक्सको मूल्य बढ्यो भने ७९ वटाको घट्यो। हिमालयन लघुवित्त वित्तीय संस्था, मान्डु हाइड्रोपावर, प्रोग्रेसिभ फाइनान्स र सुपर मादी हाइड्रोपावर गरी चार वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

सोमबार एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। पियोर इनर्जीको सेयर १५ प्रतिशतले बढेको थियो। यसैगरी, इनर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको सेयरमा भने नकारात्मक सर्किट लागेको थियो।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्षस्थानमा रह्यो। उक्त कम्पनीले २५ करोड २१ लाख ६६ हजार रुपैयाँबराबरको सेयर कारोबार गर्‍यो। गरिमा विकास बैंककोे १७ करोड ८८ लाख ११ हजार, सोलु हाइड्रोपावरको १६ करोड २७ लाख ७ हजार, एसवाई प्यानल नेपालको १३ करोड ४४ लाख ३५ हजार र सुपर मादी हाइड्रोपावरको १० करोड १९ लाख ७३ हजार रुपैयाँबराबरको सेयर कारोबार भयो।

यसदिन सेयर बजारमा सूचीकृत १३ उपसमूहमा २ उपसमूहको घट्यो भने बाँकी ११ वटाको बढ्यो। घट्नेमा फाइनान्स र ट्रेडिङ समूह रहेका छन्। नन्लाइफ इन्स्योरेन्स समूहको उपसूचक दुई प्रतिशतले बढ्यो। त्यसैगरी बैंकिङ समूहको १.१५ प्रतिशत र म्यानुफ्राचरिङ एन्ड प्रोसेसिङ समूहको उपसूचक १.२४ प्रतिशत बढेका थिए। यस दिन सेन्सेटिभ इन्डेक्स ४.४६ अंक, फ्लोट इन्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.५२ अंकले बढे।

बेनी हाइड्रोपावरको आईपीओ भदौ २५ सम्म
बेनी हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि भदौ २२ मा निष्कासन गरेको आईपीओ भदौ २५ सम्म भर्न सकिनेछ। कम्पनीले ८ करोड ६३ लाख २० हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको हो। आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्कासन बन्द छिटोमा भदौ २५ गते हुनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ।

बाढीपीडितको राहतमा नेप्सेको १ करोड ११ लाख
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नागरिकको राहत तथा उद्धारका लागि नेप्सेले १ करोड ११ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ।

नेप्सेले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो।

माया खोलाको हकप्रद निष्कासनका लागि स्वीकृति
माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि स्वीकृति पाएको छ। कम्पनीले विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको हो। कम्पनीले चुक्ता पुँजी एक अर्ब रुपैयाँको १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो। अब कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरका एक करोड कित्ता हकप्रद सेयर जारी गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवा बाढीबाट क्षतिग्रस्त बनेको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा उद्धार तथा खोजी कार्य अझै चुनौतीपूर्ण बनेको छ । बाढीले आयोजनास्थलमा थुपारेको लेदो, हिलो र दलदलका कारण उद्धार उपकरण लैजान तथा भग्नावशेष हटाउन समस्या भएको नेपाली सेनाले जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सोमबार आयोजित कार्यक्रममा नेपाली सेनाका सहायक ...
: ताँजाकोट गाउँपालिका–३ चाखुरेमा रहेको गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता युवराज ढकालको संयोजकत्वमा गठित छानविन समितिले यही भदौ ७ गते राति करिब १ बजेको समयमा गाउँपालिकाको कार्यालयमा आगलागी भएको घटनामा संलग्न भएको पुष्टि भएपछि उनिहरुलाई पक्राउ गरिएको प्रवक्ता ढकालले बताए। उनका ...
। भोटेकोशी बाढीपछि आक्रान्त नेपालले बेलायत सरकारसंग थप सहयोग आग्रह गरेको छ । बेलायती संसदमा सोमबार आयोजित नेपाल मामिला हेर्ने बेलायती संसदको सर्वदलीय समूहसँग झण्डै डेढ घण्टा लामो बैठकमा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले सो आग्रह गरेका हुन् । बैठकमा इन्डो प्यासिफिक हेर्ने मन्त्री ब्यारोनेस वीन्टरटन, इन्डो प्यासिफिक मामिलाकी निवर्तमान मन्त्री तथा फेल्थम एण्ड हेस्टनकी ...
: भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब एक अर्ब रुपैयाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले सङ्घीय सरकारका विभिन्न निकाय, प्रदेश सरकार र स्थानीय सरकार तथा निजी विद्यालय सञ्चालकका छाता संगठन, सरकारी र गैरसरकारी संघ संस्थासँगको सहकार्यमा बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम ...
। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले रास्वपा सरकारमा आएपछि सुशासन हराएको आरोप लगाएका छन् । भैरहवामा सोमबार जसपा नेपालको कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले रास्वपा सरकारमा आएयता भ्रष्टाचार र कमिशनतन्त्रको शैली मात्र फेरिएको टिप्पणी गरेका छन् । ‘निर्वाचनमा विकास र सुशासन नयाँ नारा होइन् । तर, नयाँ शैलीमा नारा ...