मुख्य समाचार
बाढीको विपदमा परेका व्यक्तिको पीडामा साथ दिन काठमाडौं उपत्यका एकै ठाउँमा छ भन्ने सन्देश दिन आज काठमाडौँमा नागरिक ऐक्यवद्धता र्‍याली आयोजना
बाढीको विपदमा परेका व्यक्तिको पीडामा साथ दिन काठमाडौं उपत्यका एकै ठाउँमा छ भन्ने सन्देश दिन आज काठमाडौँमा नागरिक ऐक्यवद्धता र्‍याली आयोजना

: रसुवा भोटेकोशी बाढीको विपदमा परेका व्यक्तिको पीडामा साथ दिन काठमाडौं उपत्यका एकै ठाउँमा छ भन्ने सन्देश दिन आज काठमाडौँमा नागरिक ऐक्यवद्धता र्‍याली आयोजना गरिएको छ। बाढीमा परेर मृत्यु वरण गरेका व्यक्तिहरुलाई सामुहिक सम्झना, श्रद्धाञ्जली र समवेदना प्रकट गर्दै दुःखमा परेकाहरुको सान्त्वानाका लागि र्‍याली आयोजना गरिएको हो।

स्थानीयको योजनामा सुरु भएको र्‍यालीमा ठुलो संख्यामा मानिसहरु सहभागी भएका थिए। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुले र्‍यालीमा पुगेर ऐक्यवद्धता जनाएका थिए।

ऐक्यवद्धता जनाउन र्‍यालीमा जनजाती अधिकारकर्मी मल्ल के.सुन्दर, पूर्व मन्त्री राजेन्द्र श्रेष्ठ, भीमसेनदास प्रधान, मुक्ति प्रधान, डा. पुष्पराज राजकर्णिकार, नेवाः देय् दबूकी अध्यक्ष रश्मिला प्रजापती, नेपाल भाषा मंकाः खलःका अध्यक्ष रमेश पिया, न्हूँद समारोह समितिका अध्यक्ष प्रेमहिरा तुलाधर, न्हूँद संरक्षण समाजका संयोजक प्रा. डा. नरेशमान बज्राचार्यलगायत विभिन्न जातीय खलः पुचःका अध्यक्षहरु र्‍यालीमा पुगेका थिए।

त्यस क्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले भूगोल जता भएपनि नेपालीहरुको पीडामा सबैलाई पीडा हुने बताइन्। ‘काठमाडौँ महानगरपालिकाले संस्थागत रुपमा खोज, राहत तथा उद्धारका काम गरिरहेको छ। एम्बुलेन्स, शववाहनको परिचालन, वेपत्ताहरुको खोजी, उपचारका लागि अस्पतालहरुमा सहजीकरणको काम गरिरहेको छ।’ उनले भनिन्, ‘सबै मिलेर विपत्तिबाट उठ्नुपर्छ । नागरिक र्‍यालीले यही सन्देश दिएको छ ।’

बसन्तपुरबाट सुरु भएको र्‍याली हनुमानढोका, मखन, वंगः, केलटोल, असन, कुनाटोल हुँदै शान्तिबाटिकामा पुगेर श्रद्धाञ्जली तथा ऐक्यबद्धता सभामा परिणत भएको थियो। बाढीबाट ज्यान गुमाएकाहरुको स्मृतिमा मौनधारण गर्दै सभा सुरु गरिएको थियो। मृतकहरुको प्रतीकका रूपमा राखिएको दीपमा फूल धुप तथा खादा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको थियो। त्यस क्रममा धार्मिक परम्परा अनुसार मृतकहरुको आत्माको चिरशान्तिको कामना गर्दै पाठ र प्रार्थना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गृह मन्त्रालयले ऋण असुलीका नाममा ऋणीलाई दुःख दिने र यातना दिने, जिन्सी सामान उठाएर लैजाने, धरपकड गर्नेजस्ता कार्य गर्ने जोकोहीलाई कारबाही गर्न निर्देशन दिएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानसँग भएको सम्झौताको बुँदा नम्बर ८ लाई कार्यान्वयन गर्न एक सूचना जारी गर्दै गृह मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो । सचिवस्तरीय निर्णय गर्दै गृह ...
: भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीले धादिङमा ६ वटा पक्की पुल र १७ वटा झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। पुलमा भएको क्षतिले जिल्लाका विभिन्न स्थानीय तहबीचको सडक तथा पैदल आवागमन प्रभावित भएको छ। बाढीले पृथ्वीराजमार्गबाट धादिङबेँसी सदरमुकाम जोड्ने फुर्केखोला-परेवाटारको पक्की पुलसमेत बगाएपछि सदरमुकाम र राजमार्गबीचको नियमित सडक सम्पर्क प्रभावित बनेको छ। फुर्केखोला ...
। अविरल वर्षासँगै ठाउँठाउँमा पहिरो खस्दा कर्णाली प्रदेशका तीन राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेका छन् । मुगु, कालीकोट, सल्यान र सुर्खेत जिल्लाका विभिन्न स्थानमा पहिरो खसेका कारण ती राजमार्गहरू अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मुगु-गमगढी, कर्णाली राजमार्ग र राप्ती राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध बनेका हुन् । मुगुको छायाँनाथ रारा नगरपालिका-४ ताल्चारमा १६ ...
: भोटेकोशी नदी हुँदै आएको भदौ १० गतेको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भक्तपुर नगरपालिकाले ७५ लाख ७१ हजार सहयोग गरेको छ। कार्यपालिका बैठकबाट निर्णय गरी सो सहयोग उपलब्ध गराइएको हो। जनप्रतिनिधि, कर्मचारी, नगरपालिका र नगरपालिकाद्वारा विभिन्न शैक्षिक सस्था र नगर अस्पतालसमेतको तर्फबाट एकमुष्ट ७५ लाख ७१ हजार ६ सय ...
। मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरस्थित भित्री सडक खण्डबाट प्रहरीले १६२ केजी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार बिहान पौने ३ बजेको समयमा भाबरबाट खरङ्गा तर्फ आउँदै गरेको बा.प्र.०१-०२५ च ०८७७ नं. को कारबाट उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ । ग२च ६१५ नम्बरको जिपले स्कर्टिङ गर्दै ल्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको ...