: भोटेकोशी नदी हुँदै आएको भदौ १० गतेको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भक्तपुर नगरपालिकाले ७५ लाख ७१ हजार सहयोग गरेको छ। कार्यपालिका बैठकबाट निर्णय गरी सो सहयोग उपलब्ध गराइएको हो।
जनप्रतिनिधि, कर्मचारी, नगरपालिका र नगरपालिकाद्वारा विभिन्न शैक्षिक सस्था र नगर अस्पतालसमेतको तर्फबाट एकमुष्ट ७५ लाख ७१ हजार ६ सय ७९ रुपैयाँ ५२ पैसा आर्थिक सहयोग प्रदान गरिएको नगरप्रमुख सुनिल प्रजापतिले जनाएका छन्।
राहत कोषमा भक्तपुर नगरपालिकाको तर्फबाट ३० लाख, नगरपालिकाका स्थायी र करार कर्मचारीतर्फबाट १७ लाख ७९ हजार ९ सय ८७, सफाइ र ज्यालादारी मजदुरका तर्फबाट १ लाख ६८ हजार ५ सय ३१, जनप्रतिनिधिको तर्फबाट १ लाख र प्रधानमन्त्री रोजगार युवा उद्यम कार्यक्रमतर्फबाट १७ हजार ५ सय ७२ आर्थिक सहयोग गरिएको नगरपालिकाका सूचना अधिकारी दामोदर सुवालले जानकारी दिए।
त्यस्तै, भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माविले ६ लाख ६२ हजार १ सय ६६, ख्वप कलेजले १ लाख ९५ हजार ५ सय ५६, ख्वप इन्जिनियरिङ कलेजले ४ लाख १३ हजार ५००, ख्वप कलेज अफ इन्जिनियरिङले ३ लाख ४४ हजार ९०१, ख्वप बहुप्राविधिक अध्ययन संस्थानले ८३ हजार र ख्वप कलेज अफ लले ४४ हजार ६६ र ख्वप अस्पतालले ७ लाख ६२ हजार ४ सय रुपैयाँ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेको नगरपालिकाका सूचना अधिकारी सुवालले बताए।