। अविरल वर्षासँगै ठाउँठाउँमा पहिरो खस्दा कर्णाली प्रदेशका तीन राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेका छन् ।
मुगु, कालीकोट, सल्यान र सुर्खेत जिल्लाका विभिन्न स्थानमा पहिरो खसेका कारण ती राजमार्गहरू अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मुगु-गमगढी, कर्णाली राजमार्ग र राप्ती राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध बनेका हुन् ।
मुगुको छायाँनाथ रारा नगरपालिका-४ ताल्चारमा १६ भदौमा खसेको पहिरोका कारण मुगु-गमगढी सडक अवरुद्ध छ ।
यसैगरी कालीकोटको शुभकालिका गाउँपालिका-१ गगने खोला र सुर्खेतको बहराताल गाउँपालिका-७ औलिसेमा पहिरो खस्दा कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध छ ।
पहिरोका कारण उक्त सडकखण्डमा तत्काल आवागमन सञ्चालन गर्न कठिनाइ भएको भन्दै प्रहरीले यात्रु तथा सवारी चालकलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
कर्णाली राजमार्ग हुँदै सुर्खेतबाट कालीकोट, जुम्ला तथा मुगुतर्फ जाने सवारीसाधन र यात्रुले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन प्रहरीले अनुरोध गरेको छ। वर्षायाममा सबै भन्दा बढि कर्णाली राजमार्गमा समस्य आएको छ ।