। कान्ति राजमार्गअन्तर्गत टाकुर्चे खण्डमा पहिरोका कारण सडक क्षतिग्रस्त भएपछि मर्मत तथा पहिरो पन्छाउने कार्यलाई तीव्रता दिइएको छ ।
यसअघि सडकको ट्रयाक खसेपछि सवारी आवागमन सहज बनाउन निर्माण गरिएको अस्थायी संरचना (र्याम्प) मा पुन: पहिरो सरेपछि सडक निकै साँघुरो बनेको छ ।
सडक थप भासिने र खस्ने जोखिम बढेसँगै पहिरो पन्छाएर बाटो पुनर्निर्माण गर्ने कार्य भइरहेको छ ।
अवरुद्ध तथा असहज बनेको उक्त खण्डमा सडक विस्तार गरी यातायात सेवालाई पूर्ण रूपमा सुचारु गराउन हाल प्राविधिक जनशक्ति र मेसिनरी प्रयोग गरी काम भइरहेको छ ।
सडकलाई सुरक्षित र फराकिलो बनाएर जतिसक्दो चाँडो सवारी साधन सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।