मुख्य समाचार
सर्वोत्तम र जगदम्बा सिमेन्टद्वारा उद्धार कोषमा १ करोड ११ लाख प्रदान
सर्वोत्तम र जगदम्बा सिमेन्टद्वारा उद्धार कोषमा १ करोड ११ लाख प्रदान

। सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् ।

दुवै कम्पनीले संयुक्त रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेका हुन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिवस न्यौपाने, सञ्चालक टीकाराम न्यौपाने, पूर्वसञ्चालक विमल कुमार सावर्थिया, पूर्वसञ्चालक तेन्जिन लाक्देन, प्रमुख सञ्चालन अधिकृत नवीन प्रकाश अधिकारी र कम्पनी सचिव कमल कुमार भारतीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत कोषमा सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।



प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उपलब्ध हुने रकमले बाढी प्रभावित परिवारको राहत, उद्धार तथा पुनर्स्थापनामा योगदान पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा समुदाय केन्द्रित विभिन्न सामाजिक कार्यमा समेत योगदान गर्दै आएको जनाएका छन् । आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने कम्पनीहरूले प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भोटेकोशी–त्रिशूली बाढीमा परेर सम्पर्कविहीन भएकाहरूको खोजीका लागि ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा तीन वटा ठूला एस्काभेटर र एउटा ब्याकोल लोडर उपकरण पुर्‍याइएको छ । भदौ १० गते आएको बाढीमा आयोजनामा कार्यरत १९१ जना सम्पर्कविहीन भएकोमा निर्माण कम्पनी फेवा कन्स्ट्रक्सनका १३ जना सम्पर्कमा आएपछि १७८ जना अझै सम्पर्कविहीन छन् । उनीहरूको खोजीका लागि ...
। गृहमन्त्री सुधन गुरुङले नागरिकलाई दु:ख नहोस् भन्नका लागि आफू नेतृत्वको सरकारले निरन्तर काम गरिरहेको जिकिर गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित जेनजी शहीदहरूको सम्झनामा आयोजित स्मृति सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । यसअघि धेरै नेताहरूले चिल्ला भाषण गरेको र आफूहरू त्यही संस्कार परिवर्तन गर्नका लागि सरकारमा आएको बताए । ‘कत्रा कत्रा नेताहरूले जमानादेखि भाषण ...
। गृहमन्त्री सुधन गुरुङले पुराना दलका नेताहरूले जेनजी आन्दोलनलाई अपमान गरेको आरोप लगाएका छन्। जेनजी शहीद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुराना दलका नेतालाई सुध्रिन चेतावनी दिएका हुन्। ‘अझै पनि पुराना दलका केही साथीहरूले हाम्रो आन्दोलनलाई अझै पनि विभिन्न तरिकाले व्याख्या गरेको देख्दाखेरि अचम्मै लाग्छ। उहाँहरू सबै जनालाई भन्न चाहन्छु, त्यो दिन इतिहास हो ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जेनजी आन्दोलका शहीद तथा घाइतेहरुको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । जेनजी शहीद दिवसका अवसरमा जेनजी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले वर्तमान सरकारप्रति भरोसा राख्न आग्रह गरेकी हुन् । जेनजी आन्दोलनका माग सम्बोधन दैनिक छलफल भइरहेको बताइन् । भदौ २३ गते नागरिकमाथि गोली चलेको ...
। गत वर्ष भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा नागरिक अगुवा तथा अधिकारकर्मीहरूले घटनासम्बन्धी छानबिन प्रतिवेदनहरू तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। २४ जना नागरिक अगुवाहरूले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही, प्रतिवेदन सार्वजनिक र १० बुँदे सम्झौता कार्यान्वयनको माग गरेका हुन्। सुशासनको स्थापना, भ्रष्टाचारको अन्त्य र सामाजिक ...