मुख्य समाचार
नेपाली कांग्रेसले आसन्न १५ औं महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन
नेपाली कांग्रेसले आसन्न १५ औं महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

। नेपाली कांग्रेसले आसन्न १५ औं महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन गरेको छ। केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय निर्वाचन समिति बैठकले तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन गरेको हो।

परिमार्जित कार्यतालिकाअनुसार अब गाउँ-नगर अधिवेशनहरू ३ र ४ असोजमा हुने भएका छन् । बैठकले दुई दिनमध्ये कुनै एक दिन स्थानीय अनुकूलतामा अधिवेशन गर्न भनेको छ।

यसअघि बसेको बैठकले वडा अधिवेशन २४ भदौमा गर्ने भन्दै कार्यतालिका परिमार्जन गरेको थियो। नयाँ परिमार्जित कार्यतालिका अनुसार ७ असोजमा गाउँ–नगर र १० असोजमा प्रदेशसभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुने भएको छ।

निर्वाचन समितिले केन्द्रीय महाधिवेशनको मिति भने परिमार्जन गरेको छैन । यसअघिको निर्णयअनुसार १६–१९ असोजमै केन्द्रीय महाधिवेशन हुने निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्त प्रेमबहादुर खड्काले जानकारी दिए।



निर्वाचन समितिले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको हकमा तोकिएको निर्वाचन अधिकृत र पार्टीको स्थगानीय तहसँगको समन्वययमा अधिवेशन सम्पन्न गर्न भनेको छ ।
यस्तै नेपाली जनसम्पर्क समितिको बाँकी रहेका देशहरूको अधिवेशन १० असोजभित्र सम्पन्न गरिसक्न भनिएको छ ।

बैठकको निर्णय सार्वजनिक गर्न जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला अधिवेशन र प्रदेशको समय तालिका दोस्रो चरणमा प्रकाशित गरिने छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भोटेकोशी–त्रिशूली बाढीमा परेर सम्पर्कविहीन भएकाहरूको खोजीका लागि ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा तीन वटा ठूला एस्काभेटर र एउटा ब्याकोल लोडर उपकरण पुर्‍याइएको छ । भदौ १० गते आएको बाढीमा आयोजनामा कार्यरत १९१ जना सम्पर्कविहीन भएकोमा निर्माण कम्पनी फेवा कन्स्ट्रक्सनका १३ जना सम्पर्कमा आएपछि १७८ जना अझै सम्पर्कविहीन छन् । उनीहरूको खोजीका लागि ...
। गृहमन्त्री सुधन गुरुङले नागरिकलाई दु:ख नहोस् भन्नका लागि आफू नेतृत्वको सरकारले निरन्तर काम गरिरहेको जिकिर गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित जेनजी शहीदहरूको सम्झनामा आयोजित स्मृति सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । यसअघि धेरै नेताहरूले चिल्ला भाषण गरेको र आफूहरू त्यही संस्कार परिवर्तन गर्नका लागि सरकारमा आएको बताए । ‘कत्रा कत्रा नेताहरूले जमानादेखि भाषण ...
। गृहमन्त्री सुधन गुरुङले पुराना दलका नेताहरूले जेनजी आन्दोलनलाई अपमान गरेको आरोप लगाएका छन्। जेनजी शहीद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुराना दलका नेतालाई सुध्रिन चेतावनी दिएका हुन्। ‘अझै पनि पुराना दलका केही साथीहरूले हाम्रो आन्दोलनलाई अझै पनि विभिन्न तरिकाले व्याख्या गरेको देख्दाखेरि अचम्मै लाग्छ। उहाँहरू सबै जनालाई भन्न चाहन्छु, त्यो दिन इतिहास हो ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जेनजी आन्दोलका शहीद तथा घाइतेहरुको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । जेनजी शहीद दिवसका अवसरमा जेनजी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले वर्तमान सरकारप्रति भरोसा राख्न आग्रह गरेकी हुन् । जेनजी आन्दोलनका माग सम्बोधन दैनिक छलफल भइरहेको बताइन् । भदौ २३ गते नागरिकमाथि गोली चलेको ...
। गत वर्ष भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा नागरिक अगुवा तथा अधिकारकर्मीहरूले घटनासम्बन्धी छानबिन प्रतिवेदनहरू तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। २४ जना नागरिक अगुवाहरूले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही, प्रतिवेदन सार्वजनिक र १० बुँदे सम्झौता कार्यान्वयनको माग गरेका हुन्। सुशासनको स्थापना, भ्रष्टाचारको अन्त्य र सामाजिक ...