मुख्य समाचार
च्याम्पियन्स लिगको नयाँ सिजन आजबाट सुरु हुँदै
च्याम्पियन्स लिगको नयाँ सिजन आजबाट सुरु हुँदै

। युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको नयाँ सिजन आजबाट सुरु हुँदैछ । २०२६/२७ सिजनमा पनि ३६ टोलीले लिग चरणमा प्रतिस्पर्धा गर्दैछन् । प्रत्येक टोलीले आठ फरक प्रतिद्वन्द्वीविरुद्ध चार घरेलु र चार अवे गरी आठ खेल खेल्नेछन् ।

यसपटक रियल मड्रिड, पेरिस सेन्ट जर्मेन (पीएसजी), म्यान्चेस्टर सिटी, बार्सिलोना र बायर्न म्युनिखजस्ता टोलीलाई मुख्य उपाधि दाबेदारको रूपमा हेरिएको छ । गत दुई संस्करणको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) लगातार तेस्रोपटक च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्यमा छ ।

तर नयाँ सिजनको सुरुवात भने पीएसजीका लागि सहज देखिएको छैन । घरेलु प्रतियोगितामा अपेक्षाअनुसार सुरुवात गर्न नसके पनि टोलीमा नयाँ ऊर्जा थपिएको दाबी प्रशिक्षक लुइस एनरिकेले गरेका छन् ।

उपाधिको बलियो दाबेदार स्पेनको ला लिगा च्याम्पियन बार्सिलोनासँग लामिन यामालजस्ता युवा स्टार छन् । फिफा विश्वकप २०२६ को सर्वाेत्कृष्ट खेलाडी रोड्रीलाई भित्राएपछि बार्सिलोनाको आत्मबल झनै उच्च छ । टोलीले लिग चरणको पहिलो खेलमा फेनोर्डको सामना गर्नेछ ।

यूईएफए च्याम्पियन्स लिगको इतिहासकै सबैभन्दा सफल क्लब रियल मड्रिड पनि उपाधि दौडमा स्वाभाविक रूपमा अगाडि छ । जोसे मोउरिन्होको नेतृत्वमा रहेको रियलले पहिलो खेलमै इन्टर मिलानको सामना गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । मोउरिन्होका लागि इन्टरविरुद्धको खेल विशेष हुनेछ । किनकि उनले सन् २०१० मा इन्टरलाई च्याम्पियन्स लिग उपाधि जिताएका थिए ।

आर्सनल पनि यसपटक बलियो दाबेदारका रूपमा प्रस्तुत भएको छ । च्याम्पियन्स लिगको उपाधि अहिलेसम्म जित्न नसकेको आर्सनलले यसपटक आफ्नो इतिहास बदल्ने लक्ष्य राखेको छ । टोलीले पहिलो खेलमै नेपोलीसँग प्रतिस्पर्धा गर्दैछ । उपाधि दाबेदारको लिष्टमा म्यानचेस्टर सिटी र बायर्न म्युनिख हुनेछन् । सिटीले पहिलो खेलमा पोर्टाेसँग खेल्दा बायर्नले बोडो ग्लिम्टको सामना गर्नेछ ।

लिग चरणको पहिलो म्याच डेबाटै ठूला खेलले प्रतियोगिताको माहोल तताउनेछ । रियल मड्रिड र इन्टर मिलानबीचको भिडन्त सबैभन्दा आकर्षक खेलमध्ये एक हुनेछ । त्यस्तै बार्सिलोना, म्यान्चेस्टर सिटी, लिभरपुल, आर्सनल, पीएसजी र बायर्नका खेलमा पनि विश्वभरका समर्थकको नजर हुनेछ ।

नयाँ ढाँचाअनुसार लिग चरणमा शीर्ष आठमा रहने टोली सोझै अन्तिम १६ मा पुग्नेछन् । नवौंदेखि २४औं स्थानसम्म रहने टोलीले नकआउट प्लेअफ खेल्नुपर्नेछ भने २५औं देखि ३६औं स्थानसम्मका टोली प्रतियोगिताबाट बाहिरिनेछन् । यसले गर्दा पनि लिग चरणका प्रत्येक खेलको महत्व बढेको छ । शीर्ष आठमा पुग्ने टोलीले अतिरिक्त नकआउट प्लेअफ खेल्नुपर्ने छैन । जसले उपाधिको यात्रामा ठूलो फाइदा पुर्‍याउन सक्छ ।

लिग चरण २७ जनवरी २०२७ मा सकिनेछ । त्यसपछि शीर्ष टोलीहरू नकआउट चरण हुँदै उपाधिको अन्तिम यात्रामा अघि बढ्नेछन् । यसपटकको च्याम्पियन्स लिगमा पीएसजीको लगातार तेस्रो उपाधिको लक्ष्य, बार्सिलोनाको युवा शक्तिको प्रदर्शन, रियल मड्रिडको युरोपेली विरासत, आर्सनलको पहिलो उपाधिको खोजी तथा म्यानचेस्टर सिटी र बायर्नको चुनौती मुख्य आकर्षण हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानसँग खेल्ने भएको छ । समूह ‘ए’ को विजेता नेपालले समूह ‘बी’ को उपविजेता ओमानसँग सेमिफाइनल खेल्ने भएको हो । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएपनि समूहको विजेताकै रूपमा रहेको हो । यस्तै समूह उपविजेता बनेको हङकङले सेमिफाइनलमा समूह ‘बी’ को विजेता यूएईसँग खेल्नेछ । यस प्रतियोगिताको उपाधि जित्ने ...
: नेपाल भलिबल लिग (एनभीएल) को चौथो दिनको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले मधेश वारियर्सलाई पराजित गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको खेलमा अन्नपूर्णले मधेशलाई ३–१ को सेटमा पराजित गरेको हो। अन्नपूर्णले मधेश वारियर्सलाई २५–१६, ३१–२९, २५–२२ र २५–२१ को सेटमा पराजित गर्यो। अन्नपूर्णका उरनबायर ‘म्यान अफ द म्याच’ घोषित भए । उनी ...
: नेपाल भलिबल लिग (एनभिएल)को चौथो दिनको दोस्रो खेलमा कर्णाली शिवराजले सगरमाथा स्म्यासर्सलाई पराजित गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा साँझ ७ बजे सुरु भएको खेल ५ सेटसम्म लम्बिएको हो। जसमा कर्णाली शिवराजले सगरमाथा स्म्यासर्सलाई ३–२ सेटले पराजित गर्यो। कर्णाली शिवराजले पहिलो तेस्रो र पाँचौं सेट जित्दै खेल जितेको हो। कर्णालीले २५-१६,२३-२५,२५- २३, १९- २५ ...
। लामिन यमालको दुई गोल मद्तमा बार्सिलोनाले स्पानिस ला लिगामा भ्यालेन्सियालाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ । भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा यमाले छैटौं मिनेटमै गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । यस्तै ८४औं मिनेटमा उनले व्यक्तिगत दोस्रो तथा टिमको लागि पाँचौ गोल गरे । यमालले आठौं मिनेटमा गोल गरेपनि भिएआरले मान्यता दिएन । यस्तै फर्मनि ...
: नेपाल भलिबल लिग (एनबिएल)को पहिलो संस्करणको तेस्रो दिनको दोस्रो खेलमा कर्णाली शिवराजले खप्तड फालकन्सलाई पराजित गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा साँझ ७ बजे सुरु भएको खेलमा कर्णालीले खप्तडलाई ३–०को सोझो सेटमा पराजित गरेको हो। कर्णाली शिवराजले खप्तड फालकन्सलाई २५–१९,२५–१९ र २५–१९ ले पराजित गरेको हो। प्रतियोगिताको पहिलो खेलमा कर्णालीले अन्नपूर्ण स्पाइकर किङ्सलाई ...