मुख्य समाचार
गृहमन्त्री सुधन गुरुङले पुराना दलका नेताहरूले जेनजी आन्दोलनलाई अपमान गरेको आरोप
गृहमन्त्री सुधन गुरुङले पुराना दलका नेताहरूले जेनजी आन्दोलनलाई अपमान गरेको आरोप

। गृहमन्त्री सुधन गुरुङले पुराना दलका नेताहरूले जेनजी आन्दोलनलाई अपमान गरेको आरोप लगाएका छन्। जेनजी शहीद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुराना दलका नेतालाई सुध्रिन चेतावनी दिएका हुन्।

‘अझै पनि पुराना दलका केही साथीहरूले हाम्रो आन्दोलनलाई अझै पनि विभिन्न तरिकाले व्याख्या गरेको देख्दाखेरि अचम्मै लाग्छ। उहाँहरू सबै जनालाई भन्न चाहन्छु, त्यो दिन इतिहास हो र इतिहास कसैले फेरेर फेरिँदैन। इतिहासलाई फेर्ने कोसिस पनि नगर्नुस्,’ उनले भने, ‘यो आन्दोलनलाई अपमान गर्नुहुन्छ भने तपाईँले ३ करोड नेपाली जनतालाई अपमान गरिराख्नुभएको छ, यो पनि स्मरण रहोस्। त्यही भएर सुध्रिनुस्। अझै पनि समय छ सुध्रिनुस्। त्यही पुरानो सोचले नयाँ नेपाल तपाईँले बनाउन सक्दैन।’

उनले आफूहरूलाई जनताले जिताएर पठाएको पनि बताए। ‘भदौ २३ मा पनि हामी तपाईँको सत्ताको पछाडि थिएनौँ। न त हामीलाई सत्ताको लोभ नै छ, न त शक्तिको घमण्ड नै छ।अहिले पनि छैन,’ उनले थपे, ‘मलाई सुत्न पनि डर लाग्छ। कुनै दिन मेरोबाट कुनै कमजोरी पो भइहाल्ने हो कि, सयमा दिनुपर्नेमा ९९ मात्र पो दिने हो कि भन्नेमा। म आफूले सक्ने हरदम प्रयास गरिरहेको छु। म मात्र नभएर हाम्रो सरकारका सबै मन्त्रीले काम गरिराख्नुभएको छ।’

उनले सुशासनको पक्षमा उभिँदा युवाहरूलाई तत्कालीन सरकारले गोली हानेको पनि आरोप लगाए। अहिलेको सरकारले जेनजीको मागलाई सम्बोधन गर्ने गरी काम गरिरहेको उनको भनाइ थियो।

उनले सुशासन स्थापित गर्न आफूलाई जिम्मेवारी दिएको भन्दै रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहलाई धन्यवाद पनि दिए। उनले सभापति लामिछानेसँग आफूले सल्लाह लिइरहेको पनि उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ । यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी समाजले स्मृति दिवस कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सहभागी हुन सरकारका विभिन्न मन्त्रीहरूसहित सांसदहरूको समेत सहभागीता रहेको छ । कार्यक्रममा सहभागी हुन पुगेका जेनजी शहीदका परिवारहरूले शहीदहरूको सम्झनामा दीप प्रज्वलन र माल्यार्पण गरेका छन् । सो ...
। ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–२६ स्थित ठमेल क्षेत्रका विभिन्न होटल तथा गेष्टहाउसमा गैरकानुनी रूपमा बसोबास र शङकास्पद गतिविधि गरिरहेको पाइएकाले प्रहरीले नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताए। प्रहरीका अनुसार पक्राउ पर्नेमा बङ्गलादेशको गाजीपुर, ...
। सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य जारी गर्दै उनले वर्षौंदेखि जरा गाडेर बसेर भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत असक्षमता नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रओ र अवसरविहीनताले सिर्जना गरेको निराशाविरुद्ध जेनजीहरू सडकमा उत्रिनुपरेको अवस्था स्मरण गरेका हुन्। ‘एक थोपा पनि रगत ...
। गृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेले आफूमाथि गरेको विश्वासलाई निरन्तर जगाइराख्ने बताएका छन् । जेनजी शहीदहरूको स्मृतिमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘पार्टी सभापति रवि लामिछानेले विश्वास गरेर जेनजीको आशालाई मर्न दिन हुँदैन, तिमी त्यो कुर्सीमा बसेर देखाइदेऊ– सुशासन के हुन्छ भनेर । जरी त्यो विश्वासलाई निरन्तर जगाइराख्न चाहन्छु,’ ...
। भोटेकोशी–त्रिशूली बाढीमा परेर सम्पर्कविहीन भएकाहरूको खोजीका लागि ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा तीन वटा ठूला एस्काभेटर र एउटा ब्याकोल लोडर उपकरण पुर्‍याइएको छ । भदौ १० गते आएको बाढीमा आयोजनामा कार्यरत १९१ जना सम्पर्कविहीन भएकोमा निर्माण कम्पनी फेवा कन्स्ट्रक्सनका १३ जना सम्पर्कमा आएपछि १७८ जना अझै सम्पर्कविहीन छन् । उनीहरूको खोजीका लागि ...