। नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानसँग खेल्ने भएको छ ।
समूह ‘ए’ को विजेता नेपालले समूह ‘बी’ को उपविजेता ओमानसँग सेमिफाइनल खेल्ने भएको हो ।
मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएपनि समूहको विजेताकै रूपमा रहेको हो ।
यस्तै समूह उपविजेता बनेको हङकङले सेमिफाइनलमा समूह ‘बी’ को विजेता यूएईसँग खेल्नेछ ।
यस प्रतियोगिताको उपाधि जित्ने टोली एसीसी एसिया कपमा छनोट हुनेछ ।