मुख्य समाचार
रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख
रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख

। सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य जारी गर्दै उनले वर्षौंदेखि जरा गाडेर बसेर भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत असक्षमता नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रओ र अवसरविहीनताले सिर्जना गरेको निराशाविरुद्ध जेनजीहरू सडकमा उत्रिनुपरेको अवस्था स्मरण गरेका हुन्।

‘एक थोपा पनि रगत नबगाई पार्टी स्थापना गरेका हामीलाई, परिवर्तनको आवाज बोल्दा युवा पुस्ताको रगत बगेको देख्नु सबैभन्दा पीडादायी क्षण हो। भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्। परिवर्तनका लागि अब यो देशमा कुनै पनि आमाको काख नरित्तियोस् भन्ने कामना गर्दै नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाजको माग गर्दै आवाज उठाउँदा जीवन गुमाउन पुगेका सम्पूर्ण अमर सहिदहरूप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, कर्तव्य पालनका क्रममा ज्यान गुमाउने अमर प्रहरीहरूप्रति पनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु,’ उनले भनेका छन्।

उनले आन्दोलनमा घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना पनि गरेका छन्। उनले राजनीतिमा चासो राख्नदैन भनिएको पुस्ता सडकमा उत्रिएर परम्परागत राजनीतिक शैलीलाई अस्वीकृत गरेको भनेका छन्।

युवाहरूले सडकबाट सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा आज रास्वपालाई उभ्याएको पनि उल्लेख गरेका छन्। त्यस्तै जेनजीको आँधीले कोरेको मार्गबाट एक इन्च पनि वितलिन नहुने बताएका छन्।
‘हिजो सडकबाट नवयुवाहरूले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ । र यो पनि सम्झाएको छ, हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ,’ उनले भनेका छन्, ‘म सम्पूर्ण युवा, नागरिक समाज र आम जनसमुदायमा विनम्र अपिल गर्दछु, यहाँहरूको रचनात्मक खबरदारी र हाम्रा कार्यसम्पादनको निर्मम समीक्षा निरन्तर चलिरहोस्। तर, आम मनोविज्ञानमा निराशाको भाष्य भने स्थापित हुन नदिऔँ। नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्ने यस ऐतिहासिक यात्रामा हामी सबै एकताबद्ध हुनैपर्छ। जागरणको त्यो आँधीले कोरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट हामी एक इन्च पनि विचलित हुने छैनौँ भन्ने दृढ सङ्कल्प व्यक्त गर्दछु।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसले १५औं महाधिवेशनका लागि हल उपलब्ध गराउन राष्ट्रिय सभा गृहलाई पत्र लेखेको छ। पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले राष्ट्रिय सभा गृहलाई पत्र लेखेर हल उपलब्ध गराउन भनेका हुन्। ‘नेपाली कांग्रेसले आफ्नो १५औं महाधिवेशन आगामी असोज १६-१९ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हुँदा उक्त महाधिवेशनको तयारी व्यवस्थापन तथा कार्यक्रम सञ्चालनार्थ असोज १५ गतेदेखि २० ...
। विस्फोटक पदार्थ पटकासहित एक जना पक्राउ परेका छन्। काठमाडौंको भुरुङखेलस्थित एक घरमा भण्डारण गरी लुकाइछिपाइ विक्रिवितरण गरेको अवस्थामा काभ्रेका सुजन कपालीलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले सोमबार साँझ ५ बजे उनको डेरामा खानतलासी गरेको थियो। उनको कोठाबाट ५२ प्रकारका पटका बरामद गरेको छ। यी हुन् उनको कोठाबाट बरामद भएका पटकाहरू गोल्डेन स्ट्रबेरी पटका १२ वटा सुपर हिरो पटका ...
। भोटेकोशी बाढीमा परी बेपत्ता भएकाहरूमध्ये १ हजार ३ सय ५७ जनाको शव फेला परेको छ । रसुवालाई केन्द्रबिन्दु बनाएर आएको भोटेकोशी बाढी र त्यसपछिको खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरण गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको हो । २०८३ भदौ २३ गते अपरान्ह १:०० बजेसम्मको अद्यावधिक तथ्याङ्कअनुसार बाढीका कारण मृत्यु ...
। कुटपिट अङ्‍गभङ्‍ग मुद्दामा दुई वर्ष कैद तोकिएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ का ३३ वर्षीय सरोज तामाङ भनिने सुरोज तामाङ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । केदार महर्जनलाई कुटपिट गरी अङ्‍गभङ्‍ग बनाएको कसुरमा उनलाई काठमाडौं जिल्ला अदालतले ७ वैशाख २०८१ मा २ वर्ष कैदको ...
। भिजिट भिसामा दुबई हुँदै श्रीलंका जान लागेका तीन जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका-२ घर भएका १९ वर्षीय सन्जिव भुषाल, रौतहटको कटहरिया नगरपालिका-३ का १९ वर्षीय शेख तबरेज र स्याङ्जाको भीरकोट नगरपालिका–४ का २७ वर्षीय समित रेग्मी छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ...