मुख्य समाचार
एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग पराजित
एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग पराजित

। एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएको छ । हङकङले नेपाललाई १५ रनले हराएको हो ।

हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रनमा अलआउट भयो । नेपालका लागि इशान पान्डेले सर्वाधिक ९० रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन ।

आसिफ शेखले ४४, दिपेन्द्रसिंह ऐरीले २५, करण केसीले २१ तथा गुल्शन झाले २० रन बनाए ।

हङकङका लागि एइजाज खानले ४ विकेट लिए भने यासिम मुर्तजाले २ विकेट लिँदा किन्चित शाह, नसरुल्ला राना र अतिक इक्बालले १-१ विकेट लिए ।

त्यसअघि बाबर हायातले शानदार अविजित शतक बनाएपछि हङकङले नेपालविरुद्ध २६१ रनको योगफल खडा गरेको थियो ।

हङकङले ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनाएको हो । एक समय १३३-७ को अवस्थामा रहेको हङकङका लागि बाबर हायातले शतक बनाएर एहसान खानसँग १२८ रनको अविजित साझेदारी बनाए ।

बाबरले १२७ बलमा ७ चौका र ७ छक्का मद्दतले ११७ रन बनाएर नटआउट रहे भने एहसान ३४ रनमा नटआउट रहे । त्यसअघि शाहिद वासिफले ४५ रन बनाए ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा ४४ रन दिएर ४ विकेट लिए । शेर मल्लले १० ओभरमा २७ रन दिएर ३ विकेट लिए ।

नेपाललाई हराएको हङकङ नेपालसँगै सेमिफाइनलमा पुगेको छ । हङकङको जितले आयोजक मलेसिया भने बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानसँग खेल्ने भएको छ । समूह ‘ए’ को विजेता नेपालले समूह ‘बी’ को उपविजेता ओमानसँग सेमिफाइनल खेल्ने भएको हो । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएपनि समूहको विजेताकै रूपमा रहेको हो । यस्तै समूह उपविजेता बनेको हङकङले सेमिफाइनलमा समूह ‘बी’ को विजेता यूएईसँग खेल्नेछ । यस प्रतियोगिताको उपाधि जित्ने ...
। युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको नयाँ सिजन आजबाट सुरु हुँदैछ । २०२६/२७ सिजनमा पनि ३६ टोलीले लिग चरणमा प्रतिस्पर्धा गर्दैछन् । प्रत्येक टोलीले आठ फरक प्रतिद्वन्द्वीविरुद्ध चार घरेलु र चार अवे गरी आठ खेल खेल्नेछन् । यसपटक रियल मड्रिड, पेरिस सेन्ट जर्मेन (पीएसजी), म्यान्चेस्टर सिटी, बार्सिलोना र बायर्न म्युनिखजस्ता टोलीलाई मुख्य उपाधि ...
: नेपाल भलिबल लिग (एनभीएल) को चौथो दिनको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले मधेश वारियर्सलाई पराजित गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको खेलमा अन्नपूर्णले मधेशलाई ३–१ को सेटमा पराजित गरेको हो। अन्नपूर्णले मधेश वारियर्सलाई २५–१६, ३१–२९, २५–२२ र २५–२१ को सेटमा पराजित गर्यो। अन्नपूर्णका उरनबायर ‘म्यान अफ द म्याच’ घोषित भए । उनी ...
: नेपाल भलिबल लिग (एनभिएल)को चौथो दिनको दोस्रो खेलमा कर्णाली शिवराजले सगरमाथा स्म्यासर्सलाई पराजित गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा साँझ ७ बजे सुरु भएको खेल ५ सेटसम्म लम्बिएको हो। जसमा कर्णाली शिवराजले सगरमाथा स्म्यासर्सलाई ३–२ सेटले पराजित गर्यो। कर्णाली शिवराजले पहिलो तेस्रो र पाँचौं सेट जित्दै खेल जितेको हो। कर्णालीले २५-१६,२३-२५,२५- २३, १९- २५ ...
। लामिन यमालको दुई गोल मद्तमा बार्सिलोनाले स्पानिस ला लिगामा भ्यालेन्सियालाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ । भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा यमाले छैटौं मिनेटमै गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । यस्तै ८४औं मिनेटमा उनले व्यक्तिगत दोस्रो तथा टिमको लागि पाँचौ गोल गरे । यमालले आठौं मिनेटमा गोल गरेपनि भिएआरले मान्यता दिएन । यस्तै फर्मनि ...