मुख्य समाचार
भिजिट भिसामा दुबई हुँदै श्रीलंका जान लागेका तीन जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पक्राउ
भिजिट भिसामा दुबई हुँदै श्रीलंका जान लागेका तीन जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पक्राउ

। भिजिट भिसामा दुबई हुँदै श्रीलंका जान लागेका तीन जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका-२ घर भएका १९ वर्षीय सन्जिव भुषाल, रौतहटको कटहरिया नगरपालिका-३ का १९ वर्षीय शेख तबरेज र स्याङ्जाको भीरकोट नगरपालिका–४ का २७ वर्षीय समित रेग्मी छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरु एअर अरेबियाको जहाजमार्फत दुबई हुँदै श्रीलंका जान लागेका थिए ।

प्रारम्भिक अनुसन्धनका क्रममा उनीहरु भिजिट भिसामा श्रीलंका भनेर वैदेशिक रोजगारीमा कतार जान लागेको पाइएको छ ।

उनीहरुको साथबाट बरामद भएको श्रम स्वीकृत नक्कली रहेको देखिएकाले लिखत सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसले १५औं महाधिवेशनका लागि हल उपलब्ध गराउन राष्ट्रिय सभा गृहलाई पत्र लेखेको छ। पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले राष्ट्रिय सभा गृहलाई पत्र लेखेर हल उपलब्ध गराउन भनेका हुन्। ‘नेपाली कांग्रेसले आफ्नो १५औं महाधिवेशन आगामी असोज १६-१९ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हुँदा उक्त महाधिवेशनको तयारी व्यवस्थापन तथा कार्यक्रम सञ्चालनार्थ असोज १५ गतेदेखि २० ...
। विस्फोटक पदार्थ पटकासहित एक जना पक्राउ परेका छन्। काठमाडौंको भुरुङखेलस्थित एक घरमा भण्डारण गरी लुकाइछिपाइ विक्रिवितरण गरेको अवस्थामा काभ्रेका सुजन कपालीलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले सोमबार साँझ ५ बजे उनको डेरामा खानतलासी गरेको थियो। उनको कोठाबाट ५२ प्रकारका पटका बरामद गरेको छ। यी हुन् उनको कोठाबाट बरामद भएका पटकाहरू गोल्डेन स्ट्रबेरी पटका १२ वटा सुपर हिरो पटका ...
। भोटेकोशी बाढीमा परी बेपत्ता भएकाहरूमध्ये १ हजार ३ सय ५७ जनाको शव फेला परेको छ । रसुवालाई केन्द्रबिन्दु बनाएर आएको भोटेकोशी बाढी र त्यसपछिको खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरण गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको हो । २०८३ भदौ २३ गते अपरान्ह १:०० बजेसम्मको अद्यावधिक तथ्याङ्कअनुसार बाढीका कारण मृत्यु ...
। कुटपिट अङ्‍गभङ्‍ग मुद्दामा दुई वर्ष कैद तोकिएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ का ३३ वर्षीय सरोज तामाङ भनिने सुरोज तामाङ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । केदार महर्जनलाई कुटपिट गरी अङ्‍गभङ्‍ग बनाएको कसुरमा उनलाई काठमाडौं जिल्ला अदालतले ७ वैशाख २०८१ मा २ वर्ष कैदको ...
। जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ । यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी समाजले स्मृति दिवस कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सहभागी हुन सरकारका विभिन्न मन्त्रीहरूसहित सांसदहरूको समेत सहभागीता रहेको छ । कार्यक्रममा सहभागी हुन पुगेका जेनजी शहीदका परिवारहरूले शहीदहरूको सम्झनामा दीप प्रज्वलन र माल्यार्पण गरेका छन् । सो ...