मुख्य समाचार
ट्रम्पले क्यानाडाली विमान निर्माता बोम्बार्डियरलाई अमेरिकामा विमान बिक्री जारी राख्न त्यहीँ उत्पादन गर्नुपर्ने सर्त अघि सार्दै बिक्री रोक्ने चेतावनी
ट्रम्पले क्यानाडाली विमान निर्माता बोम्बार्डियरलाई अमेरिकामा विमान बिक्री जारी राख्न त्यहीँ उत्पादन गर्नुपर्ने सर्त अघि सार्दै बिक्री रोक्ने चेतावनी

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली विमान निर्माता बोम्बार्डियरलाई अमेरिकामा विमान बिक्री जारी राख्न त्यहीँ उत्पादन गर्नुपर्ने सर्त अघि सार्दै बिक्री रोक्ने चेतावनी दिएका छन्। अमेरिका–क्यानाडाबीच व्यापारिक तनाव बढिरहेका बेला उहाँले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

ट्रम्पले अमेरिकामा बोम्बार्डियरका विमान बिक्री रोक्ने बताउँदै अमेरिकी बजार चाहने कम्पनीले अमेरिकामै उत्पादन गर्नुपर्ने उल्लेख गरे। बोम्बार्डियरले भने अमेरिकाभरि दशौँ हजार रोजगारी सिर्जना गरेको र ४७ राज्यमा करिब दुई हजार आठ सय अमेरिकी कम्पनी आफ्नो आपूर्ति शृङ्खलामा आबद्ध रहेको जनाएको छ ।

कम्पनीले आफ्ना विमानमा अमेरिकी कम्पनीले उत्पादन गरेका इन्जिन, एभियोनिक्सलगायत प्रमुख सामग्री प्रयोग हुने तथा इन्डियानाको फोर्ट वेनमा यस वर्षको अन्त्यमा नयाँ सुविधा सञ्चालन गर्ने योजना रहेको जनाएको छ।

ट्रम्पले यसअघि पनि बोम्बार्डियरमाथि अमेरिकी प्रमाणीकरण रद्द गर्ने तथा क्यानाडाली विमानमा ५० प्रतिशत शुल्क लगाउने चेतावनी दिएका थिए। हाल बोम्बार्डियरका विमान अमेरिकी नियमनअनुसार प्रमाणित छन् र कम्पनी अमेरिकी शुल्कबाट मुक्त छ ।



अमेरिका र क्यानाडाबीच व्यापार वार्ता असफल भएपछि तनाव थपिएको हो । ट्रम्प प्रशासनले गत महिना करिब २० अर्ब अमेरिकी डलरका क्यानाडाली वस्तुमा ५० प्रतिशत शुल्क लगाएपछि क्यानाडाले मङ्गलबारदेखि अमेरिकी स्टिल, आल्मुनियम तथा दुग्धजन्य वस्तुलगायतमा १५, २५ र ५० प्रतिशतसम्म प्रतिशोधात्मक शुल्क लगाउने घोषणा गरेको छ ।

दुवै देशबीच औपचारिक व्यापार वार्ता पुनः सुरु भएको छैन । बोम्बार्डियरमाथिको नयाँ चेतावनी कार्यान्वयन भए त्यसको प्रक्रिया भने अझै स्पष्ट छैन

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिनल्याण्ड सरकारले वातावरणीय चिन्ता व्यक्त गर्दै गुगलका दुई प्रस्तावित डेटा सेन्टरको निर्माण कार्य रोक्न निर्देशन दिएको छ । डेटा सेन्टर निर्माणको क्रममा ३०० हेक्टरभन्दा बढी जंगल फँडानी गरिएको भन्दै फिनल्यान्डका अधिकारीहरूले काम रोक्न निर्देशन दिएका हुन् । गुगलले डेटा सेन्टरका लागि फिनल्यान्डमा १३ अर्ब युरो लगानी गर्ने घोषणा गरेको थियो । गुगलका अनुसार यो युरोपमा कम्पनीले ...
यमनको सरकारले हुथी विद्रोहीविरुद्ध सञ्चालन गरिएको स्थलगत सैन्य अभियानले प्रगति हासिल गरिरहेको दाबी गरेको छ । सुरक्षा तयारी बढाउने विषयमा अधिकारीहरूबीच छलफल भइरहेका बेला सरकारले यस्तो जानकारी दिएको हो । सरकारी समाचार संस्था साबाका अनुसार प्रधानमन्त्री शाय अल–जिन्दानीले मंगलबार एडेनमा मन्त्रीहरूसँग भेट गरी सैन्य अभियानबारे छलफल गरेका थिए । उनले सुरक्षा तयारी बढाउन, महत्वपूर्ण संरचनाको सुरक्षा ...
। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले रोयटर्ससँगको अन्तर्वार्तामा अमेरिकासँगको युद्ध अन्त्य गर्न इरानी अधिकारीहरूले आफ्नो युरेनियम प्रवर्धन क्षमता उल्लेख्य रूपमा घटाउनुपर्ने बताएका छन्। भान्सले भने, ‘यदि तपाईं आणविक हतियार चाहनुहुन्न भने, ६० प्रतिशत प्रवर्धित इन्धन किन चाहिन्छ? र यदि तपाईं आणविक हतियार नबनाउने प्रतिबद्धता देखाउन चाहनुहुन्छ भने, उच्च प्रवर्धित इन्धन नबनाउनुहोस्। युद्ध अन्त्य गर्दा यो एक धेरै ...
। उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण गर्दा पाँच खानी मजदुरसहित १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । मारू जिल्लाको बिन्दिन गाउँबाहिर रहेको खानीमा सोमबार मोटरसाइकलमा आएका दर्जनौँ गिरोहका सदस्यले गोली चलाउँदा पाँच खानी मजदुरको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । त्यसपछि गाउँमा प्रवेश गरेका बन्दुकधारी र सुरक्षाकर्मीबीच भएको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साइबेरियाको एक प्रयोगशालामा सम्भावित ‘न्युमोनिक प्लेग’ को सङ्क्रमण देखिएपछि अमेरिकाले रुसलाई आवश्यक सहयोग गर्ने बताएका छन्। यद्यपि यस विषयमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भने प्रत्यक्ष कुराकानी नगरेको स्पष्ट पारेका छन् । सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘हामीले भर्खरै यसबारे जानकारी पाएका छौँ। हामी उनीहरूलाई सहयोग गर्नेछौं-हामीले सक्ने जति सहयोग ...