मुख्य समाचार
यमनमा रहेको साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले इरान समर्थित हुथी लडाकुहरूको आक्रमणबाट कम्तीमा ७३ जना घाइते भएको दाबी
यमनमा रहेको साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले इरान समर्थित हुथी लडाकुहरूको आक्रमणबाट कम्तीमा ७३ जना घाइते भएको दाबी

। यमनमा रहेको साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले इरान समर्थित हुथी लडाकुहरूको आक्रमणबाट कम्तीमा ७३ जना घाइते भएको दाबी गरेको छ। बीबीसी फारसी सेवाका अनुसार गठबन्धनले यी आक्रमणहरूको निर्णायक जवाफ दिने बताएको छ।

यमनको धेरै जनसंख्या भएको क्षेत्र र उत्तरी भागमा हुथी विद्रोहीहरूको नियन्त्रण छ। उनीहरूले जुलाई महिनामा साउदी अरबविरुद्ध नौसैनिक नाकाबन्दीको घोषणा गरेका थिए। त्यसपछि उनीहरूले साउदी अरबमाथि आक्रमण सुरु गरेका हुन्। उनीहरूले रेड सीमा साउदी अरबका जहाजहरूलाई पनि निशाना बनाएका थिए।

साउदी नेतृत्वको सैन्य गठबन्धनका प्रवक्ताले पछिल्लो समय चर्किएको लडाइँलाई ‘खतरनाक’ भनेका छन्। उनले हुथीहरूले साउदी अरबका नागरिक र आर्थिक क्षेत्रहरूलाई निशाना बनाएको बताएका छन्।

यी नयाँ आक्रमणहरूमा साउदी तेल कम्पनी अरामकोको जिजानमा रहेको प्लान्टलाई निशाना बनाइएको छ। यद्यपि अरामकोले यस विषयमा कुनै टिप्पणी गरेको छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली विमान निर्माता बोम्बार्डियरलाई अमेरिकामा विमान बिक्री जारी राख्न त्यहीँ उत्पादन गर्नुपर्ने सर्त अघि सार्दै बिक्री रोक्ने चेतावनी दिएका छन्। अमेरिका–क्यानाडाबीच व्यापारिक तनाव बढिरहेका बेला उहाँले यस्तो धारणा सार्वजनिक गरेका हुन्। ट्रम्पले अमेरिकामा बोम्बार्डियरका विमान बिक्री रोक्ने बताउँदै अमेरिकी बजार चाहने कम्पनीले अमेरिकामै उत्पादन गर्नुपर्ने उल्लेख गरे। बोम्बार्डियरले भने अमेरिकाभरि दशौँ ...
। रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले युरोपेली युनियनले रुसी स्टेट डुमा चुनावको गोप्य रूपमा अनुगमन गर्न विशेष पर्यवेक्षकहरू तयार पारिरहेको बताएका छन्। अनलाइन प्रोजेक्ट ‘सामा मेन्सोभा’ लाई दिएको अन्तर्वार्तामा लाभरोभले युरोपेली युनियनले हाम्रा चुनावहरू कसरी सञ्चालन हुन्छन् भनेर गोप्य रूपमा अनुगमन गर्न केही विशेष पर्यवेक्षकहरूलाई तालिम दिन थालेको जानकारी प्राप्त गरिरहेको बताए। ‘हाम्रा चुनावहरू कसरी सञ्चालन हुन्छन् ...
। बुधबार अमेरिकी अर्थ मन्त्रालयअन्तर्गतको युएस मिन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अङ्कित नयाँ एक डलरको सिक्का सार्वजनिक गर्‍यो। बिक्री र प्रवाह पनि सुरु गर्‍यो। अमेरिका स्थापनाको २५०औं वार्षिकोत्सव अर्थात् ‘सेमिक्विनसेन्टेनियल’ मनाउने सन्दर्भ पारेर यो नयाँ सिक्का जारी गरिएको हो। आधुनिक अमेरिकी इतिहासमा जीवित व्यक्तिको तस्बिर धातुको मुद्रामा राखिएको यो विरलै घट्ने घटना हो। यसअघि सन् १८६६ ...
। सेप्टेम्बर १२ र १३ मा नयाँ दिल्लीमा हुने १८ औँ ब्रिक्स शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनपिङ सहभागी हुने वा नहुने विषयमा अझै स्थिति स्पष्ट भएको छैन। चीनले मंगलबार सी चिनपिङको सहभागिताको सम्भावनाबारे कुनै स्पष्ट जवाफ दिएको छैन। चीनको सरकारी मिडिया ग्लोबल टाइम्सका अनुसार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले चीनले ब्रिक्स सहयोगलाई निकै महत्त्व ...
: सन् २००९ मा डेनमार्कको कोपेनहेगनमा भएको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–१५) ले विश्व जलवायु राजनीतिमा ठूलो आशा जगाएको थियो। त्यतिबेला विकसित देशहरूले विकासशील तथा अल्पविकसित देशलाई सघाउने प्रतिबद्धता जनाएका थिए। सम्मेलनपछि सार्वजनिक भएको कोपेनहेगन सम्झौतामा विकसित देशहरूले सन् २०२० सम्ममा विकासशील तथा अल्पविकसित देशका लागि वार्षिक १०० अर्ब अमेरिकी डलर सहायता जुटाउने लक्ष्य राखेका थिए। ...