मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा
प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा

। प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रु ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ जम्मा भएको हो।

अहिले नौ वटा वाणिज्य बैङ्कमा आठ अर्ब ५९ करोड १९ लाख चार हजार २२३ मौज्दात छ। राहत कोषमा जम्मा भएको रकमबाट यसअघि एक अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

यसैगरी, हिमालयन बैङ्क लिमिटेड र लक्ष्मी सनराइज बैङ्क लिमिटेडमा रहेको डलर खातामा दुई करोड ११ लाख आठ हजार ४७१ जम्मा भएको पनि कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री बालेन शाहले जेनजीहरूलाई सम्बोधन गर्दै सुशासन कायम हुने बताएका छन् । गत वर्ष २३ भदौ (सेप्टेम्बर ८) मा भएको जेनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ । यही दिनलाई सरकारले ‘जेनजी शहीद दिवस’ घोषणा गरेको थियो । भने आज देशभरि सार्वजनिक बिदा दिएको छ । यसैबीच प्रधानमन्त्री शाहले मंगलबार साँझ जेनजीहरूलाई सम्बोधन गर्दै लेखेका छन्, ...
। यस वर्षको इन्द्रजात्रादेखि हनुमानढोका दरबार क्षेत्रका प्रत्येक मन्दिरमा रात्रिकालीन बत्ती बाली भिलिमिली बनाइँदैछ। रात्रीकालीन बत्ती बाल्ने क्रम जैसीदेवलबाट सुरु गरिएको काठमाडौँ महानगरपालिका, हनुमानढोका दरबार संरक्षण कार्यक्रमले जनाएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ३२ वटा मन्दिरमा बत्ती जडान गरिसकिएको कार्यक्रमका लेखा अधिकृत सुन्दरकाजी थुयाजूले जानकारी दिए। नमूनाका रूपमा जैसीदेवलमा पाँच महिना अघिदेखि रात्रिकालीन ...
। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले गर्नुपर्ने बताएका छन् । जसपा नेपालको जिल्ला समितिद्वारा मंगलबार आयोजित अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादवले बाढीपीडित तथा विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापना र संरक्षणको जिम्मेवारी सरकारले लिनुपर्नेमा जोड दिए । ठूला देशले गरेका गल्तीको असर नेपाल जस्ता साना देशले बेहोर्नुपरेको उल्लेख ...
। नेपाली कांग्रेसले १५औं महाधिवेशनका लागि हल उपलब्ध गराउन राष्ट्रिय सभा गृहलाई पत्र लेखेको छ। पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले राष्ट्रिय सभा गृहलाई पत्र लेखेर हल उपलब्ध गराउन भनेका हुन्। ‘नेपाली कांग्रेसले आफ्नो १५औं महाधिवेशन आगामी असोज १६-१९ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हुँदा उक्त महाधिवेशनको तयारी व्यवस्थापन तथा कार्यक्रम सञ्चालनार्थ असोज १५ गतेदेखि २० ...
। विस्फोटक पदार्थ पटकासहित एक जना पक्राउ परेका छन्। काठमाडौंको भुरुङखेलस्थित एक घरमा भण्डारण गरी लुकाइछिपाइ विक्रिवितरण गरेको अवस्थामा काभ्रेका सुजन कपालीलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले सोमबार साँझ ५ बजे उनको डेरामा खानतलासी गरेको थियो। उनको कोठाबाट ५२ प्रकारका पटका बरामद गरेको छ। यी हुन् उनको कोठाबाट बरामद भएका पटकाहरू गोल्डेन स्ट्रबेरी पटका १२ वटा सुपर हिरो पटका ...