: नेपाल भलिबल लिगले भोटेकोशी बाढीपीडितका लागि ५ लाख ९० हजार १ सय ५० रुपैयाँ सहयोग गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भदौ १९ गतेदेखि सुरु भएको नेपाल भलिबल लिगको पहिलो दिन बिक्री भएको टिकटबाट संकलित रकम बाढीपीडितको सहयोगार्थ प्रदान गरिएको हो।
प्रतियोगिताको आयोजक केडिया ग्रुपले पहिलो दिनको टिकट बिक्रीबाट प्राप्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार मंगलबार ५ लाख ९० हजार १ सय ५० रुपैयाँ कोषमा जम्मा गरिएको हो।
केडिया ग्रुपका अध्यक्ष विमल केडियाले शुक्रबार अर्थमन्त्री डा.स्वर्णीम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।