मुख्य समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गण्डकी प्रदेशमा आफ्नो पार्टीका २ सदस्य निर्णायक रहेको बताए
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गण्डकी प्रदेशमा आफ्नो पार्टीका २ सदस्य निर्णायक रहेको बताए

: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गण्डकी प्रदेशमा आफ्नो पार्टीका २ सदस्य निर्णायक रहेको बताएका छन्।

राप्रपा स्याङ्जाको ७ औं जिल्ला अधिवेशनको सोमबार पुतलीबजारमा उदघाटन गर्दै अध्यक्ष लिङ्देनले अफर आउदैमा आफुखुशी सरकारमा नजान सुझाए। अन्य प्रदेशमा भएका सरकार परिवर्तनपछि उत्पन्न परिस्थितिबारे अध्यक्ष लिङ्देलले भने ‘गण्डकीमा २ सिट निर्णायक छ। पार्टीभित्र गहन छलफल र बहस हुन्छ, पार्टीले निर्णय गर्छ, आफुखुशी खसी बाख्रा झै बेचिने सुबिधा उहाँहरुलाई छैंन।’

जेनजी विद्रोहपछि ठूला उपलब्धि हासिल भएको दाबी गरिएतापनि व्यावहारिक रूपमा जनताले त्यसको अनुभूति गर्न नपाएको अध्यक्ष लिङदेलले टिप्पणी गरे। प्राकृतिक रुपमा विपत्ती भए झैं राजनीतिक अवस्था पनि त्यस्तै अवस्थामा रहेको जनाउदै मुलुक अहिले गम्भीर भूराजनीतिक चक्रमा फसेको लिङ्देनले दाबी गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद क्रान्तिशिखा धितालले 'महान जेनजी शहीदहरुको बलिदान के को लागि थियो' भन्दै प्रश्न गरेकी छन्। मगंलबार साँझ सामाजिक सञ्जालमामार्फत सांसद धितालले आफूहरुले जेनजी सहिद र घाइतेहरूको अपमान गरिरहेको जस्तो महसुश आफूलाई भएको उल्लेख गरेकी छन्। जेनजी सहिद दिवसका अवसरमा आयोजित कार्यक्रममा भव्य स्टेज बनाइएको र धर्मगुरुहरुलाई सहभागी गराइएको बिषयमा ...
: काठमाडौंको ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा १० जना बंगलादेशी नागरिक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-२६ ठमेल क्षेत्रमा रहेका होटल तथा गेस्ट हाउसमा विदेशी नागरिकहरू गैरकानुनी रूपमा बसोबास गरिरहेको सूचनाका आधारमा चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा केही बंगलादेशी नागरिक गैरकानुनी रूपमा बसोबास गरी ...
: मध्यपूर्वमा अमेरिका र इरानबीचको सैन्य द्वन्द्व थप उत्कर्षमा पुगेको छ। पछिल्लो दुई दिनमा अमेरिकी युद्धपोतमाथि लगातार दुई पटक आक्रमण भएपछि अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले कडा जवाफी कारबाही गर्दै इरानका पाँच वटा कच्चा तेल बोक्ने ट्याङ्करहरू ध्वस्त पारिदिएको जनाएको छ। सेन्टकमका अनुसार ओमानको खाडीमा रहेका चार वटा तेल ट्याङ्कर इरानको 'इस्लामिक रिभोलुसनरी गार्ड्स ...
: पृथ्वी राजमार्गअन्तर्गत धादिङको फुर्केखोला र मलेखु बजारबीच पर्ने परेवाभीर खण्डमा दुईतर्फी सवारीसाधन सञ्चालनमा आएका छन्। बाढीले क्षतिग्रस्त सडक मर्मत गरी सवारी सञ्चालनमा ल्याइएपछि धादिङतर्फको राजमार्ग आवागमनमा केही सहजता आएको छ। यद्यपि, राजमार्गका अन्य संवेदनशील खण्डमा समस्या कायमै रहेकाले समग्र आवागमन भने अझै चुनौतीपूर्ण छ। भदौ १० गते त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त परेवाभीर सडकमा ...
: चीनको लेन्दे खोला हुँदै भोटेकोशी नदिमा आएको भीषण बाढीका कारण विभिन्न जिल्लाका धेरै गाउँ र बजार तथा भौतिक संरचना बगाएर ध्वस्त पारेको छ। स्थानीय तहको गाउँपालिका र वडा कार्यालय भवन तथा कर्मचारी र जनप्रतिनिधि नै बेपत्ता भएका कारण २ साता बित्दासमेत एकीन तथ्यांक मै अलमल भएको छ। नेपाल चीन सिमानकाबाट रसुवातर्फ आएको बाढीले घट्टेखोला ...