मुख्य समाचार
जनप्रतिनिधि र कर्मचारी बाढीमा बेपत्ता भएपछि तथ्यांक संकलनमै अलमल
जनप्रतिनिधि र कर्मचारी बाढीमा बेपत्ता भएपछि तथ्यांक संकलनमै अलमल

: चीनको लेन्दे खोला हुँदै भोटेकोशी नदिमा आएको भीषण बाढीका कारण विभिन्न जिल्लाका धेरै गाउँ र बजार तथा भौतिक संरचना बगाएर ध्वस्त पारेको छ।

स्थानीय तहको गाउँपालिका र वडा कार्यालय भवन तथा कर्मचारी र जनप्रतिनिधि नै बेपत्ता भएका कारण २ साता बित्दासमेत एकीन तथ्यांक मै अलमल भएको छ। नेपाल चीन सिमानकाबाट रसुवातर्फ आएको बाढीले घट्टेखोला बस्ती, टिमुरे बजार, स्याफ्रुबेसी, मैलुङ, शान्तिबजार, पैरैबेसी, खाल्टे, नौबिसे, कैदलेटार, बेत्रावती बजार तथा नुवाकोटको तुप्चे, त्रिशूली बजार पूरै बगाएर मसानघाट जस्तै भएको छ। बाढीले गोसाइकुण्ड गाउँपालिका वडा नं २ र ५ को वडा कार्यालयमा बगाएन दुवै वडाका ७ जना जनप्रतिनिधि र गाउँपालिका उपाध्यक्ष प्रतिमा लामासमेत बेपत्ता छन्।

कर्मचारी र जनप्रतिनिधिहरु नै नहुँदा सुन्यता छाएको छ भने कति घर बाढीमा परे को बेपत्ता, को मृत्यू यसको तथ्यांक संकलनमा अलमल छ। ‘विनाशकारी बाढीमा धेरै साथीहरु बेपत्ता गुमेको सोक र चिन्ताबाट माथि उठेर तथ्यांक संलनमा जुटेका छौं,’गोसाइँकुण्ड गाउँपालिकाका सूचना अधिकारी अर्जुन डोटेलले भने, ‘हामी गाउँपालिका भरको व्यवस्थित तरिकाले घरधुरी तथा क्षतीको तथ्यांक लिन लागिरहेका छौं तर अझै समय लाग्छ ।’




स्वास्थ्य शाखा प्रमुख विमल घिमिरे भन्छन् ‘धेरै साथीहरु बेपत्ता छन् कर्मचारी मात्र २७ जना र जनप्रतिनिधि ७ जना स्थानीय सर्वसाधारण र जिल्ला बाहिरका नागरिक कति बेपत्ता तत्त्यांक संकलन नै जटिल छ।’ यात्रारत मानसरोवर र कैलास जाने यात्री र स्थानीय जलविद्युत आयोजनाका कामदार, प्राविधिक कति परे त्यसको अनुमान गर्न झनै कठिन छ। अहिलसम्म लास भेटेर पहिचान भएको २ जना मात्र छन्।

गाउँपालिकामा वडा नं २ टिमुरमा १ सय ६३ वडा नं ५ स्याफ्रुबेसीबाट १२३ घरधुरी बगाएको प्रारम्भीक तथ्यांक छ। वडा नं २ र ५ का अधिकांस बिस्थापितहरु –झण्डै ५ सय जना) काठमाडौको स्वयम्भु स्थित एलो र मुस्ताङ गोम्बामा छन्। गोसाइकुण्ड गाउँपालिकाको वडा नं १ मा १११, २ मा १९९, ३ मा १७, ५ मा १६६, र ६ मा ५२ जना बेपत्ता भएका छन्। कर्मचारी २१, र जनप्रतिनिधि ७ जना गरी ५७३ जना बेपत्ता छन्। एकीन तथ्यांक आउदा यो बढ्ने अनुमान छ। लासका खोजी तथा व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन भएका छन्।

क्षती भएका बस्तीहरु धेरै स्थापित बस्तीहरु खण्डहरमा परिणत भएको छ। घट्टेखोला, टिमुरे बजार, दाहालफेदी, स्याफ्रुबेसी बजार, मैलुङ, सल्लेटार, शान्तिबजार, पैरेबेसी, खाल्टे बस्ती, कैदलेटार, बेत्रावती बजार रसुवा नुवाकोट सिमानाको तुप्चे र सोलेबजार तथा त्रिशुली बजारका बस्ती तथा पुलहरु, स्वास्थ्यचौकी, विद्यालय, उत्तरगया गाउँपालिका भवन तथा गोसाइँकुण्ड गाउँपालिका वडा नं २ र ५ को भवन र गोसाइँकुण्ड गाउँपालिका भवन बाढीले बगाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद क्रान्तिशिखा धितालले 'महान जेनजी शहीदहरुको बलिदान के को लागि थियो' भन्दै प्रश्न गरेकी छन्। मगंलबार साँझ सामाजिक सञ्जालमामार्फत सांसद धितालले आफूहरुले जेनजी सहिद र घाइतेहरूको अपमान गरिरहेको जस्तो महसुश आफूलाई भएको उल्लेख गरेकी छन्। जेनजी सहिद दिवसका अवसरमा आयोजित कार्यक्रममा भव्य स्टेज बनाइएको र धर्मगुरुहरुलाई सहभागी गराइएको बिषयमा ...
: काठमाडौंको ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा १० जना बंगलादेशी नागरिक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-२६ ठमेल क्षेत्रमा रहेका होटल तथा गेस्ट हाउसमा विदेशी नागरिकहरू गैरकानुनी रूपमा बसोबास गरिरहेको सूचनाका आधारमा चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा केही बंगलादेशी नागरिक गैरकानुनी रूपमा बसोबास गरी ...
: मध्यपूर्वमा अमेरिका र इरानबीचको सैन्य द्वन्द्व थप उत्कर्षमा पुगेको छ। पछिल्लो दुई दिनमा अमेरिकी युद्धपोतमाथि लगातार दुई पटक आक्रमण भएपछि अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले कडा जवाफी कारबाही गर्दै इरानका पाँच वटा कच्चा तेल बोक्ने ट्याङ्करहरू ध्वस्त पारिदिएको जनाएको छ। सेन्टकमका अनुसार ओमानको खाडीमा रहेका चार वटा तेल ट्याङ्कर इरानको 'इस्लामिक रिभोलुसनरी गार्ड्स ...
: पृथ्वी राजमार्गअन्तर्गत धादिङको फुर्केखोला र मलेखु बजारबीच पर्ने परेवाभीर खण्डमा दुईतर्फी सवारीसाधन सञ्चालनमा आएका छन्। बाढीले क्षतिग्रस्त सडक मर्मत गरी सवारी सञ्चालनमा ल्याइएपछि धादिङतर्फको राजमार्ग आवागमनमा केही सहजता आएको छ। यद्यपि, राजमार्गका अन्य संवेदनशील खण्डमा समस्या कायमै रहेकाले समग्र आवागमन भने अझै चुनौतीपूर्ण छ। भदौ १० गते त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त परेवाभीर सडकमा ...
: पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनाको स्मरण गर्दै लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षाका लागि हिंसा, अराजकता र दण्डहीनताको अन्त्य गर्नुपर्ने बताएका छन्। भदौ २४ को विध्वंसको एक वर्ष पूरा भएको अवसरमा एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले घटनालाई राज्यका आधारस्तम्भ, लोकतन्त्रका धरोहर र ...