: युएईले थप राहत तथा उद्धार सामग्री नेपाललाई प्रदान गरेको छ। युएई एयरफोर्सको चार्टर्ड जहाजबाट मंगलबार राहत तथा उद्धार सामग्री ल्याइएको हो।
नेपालका लागि युएईका राजदूत अब्दुल्लाह जरवान अलशाम्सीले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई करिब ४० टन राहत सामग्री हस्तान्तरण गरेका हुन्।
युएईले राहतसँगै उद्धारका सामग्रीहरू प्रदान गरेको जनाएको छ। युएईले यसअघि करिब ६० टन उद्धार सामग्रीहरू प्रदान गरेको थियो। त्यस्तै युएईले एक अर्ब रुपैयाँ पनि सहयोग गरेको थियो।