मुख्य समाचार
सांसद क्रान्तिशिखा धितालले 'महान जेनजी शहीदहरुको बलिदान के को लागि थियो' भन्दै प्रश्न गरे
सांसद क्रान्तिशिखा धितालले 'महान जेनजी शहीदहरुको बलिदान के को लागि थियो' भन्दै प्रश्न गरे

: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद क्रान्तिशिखा धितालले 'महान जेनजी शहीदहरुको बलिदान के को लागि थियो' भन्दै प्रश्न गरेकी छन्।

मगंलबार साँझ सामाजिक सञ्जालमामार्फत सांसद धितालले आफूहरुले जेनजी सहिद र घाइतेहरूको अपमान गरिरहेको जस्तो महसुश आफूलाई भएको उल्लेख गरेकी छन्। जेनजी सहिद दिवसका अवसरमा आयोजित कार्यक्रममा भव्य स्टेज बनाइएको र धर्मगुरुहरुलाई सहभागी गराइएको बिषयमा सांसद धितालले प्रश्न उठाएकी हुन्।

‘त्यो कार्यक्रमले ती परिवारको पीडा कसरी सम्बोधन गर्‍यो, जसले आफ्ना सन्तान गुमाएका छन ,जसका शरीरमा आज पनि आन्दोलनका घाउ छन् तिनले के बुझे मलाइ थाहा छैन। जसले जेनजी को आवाजलाई अगाडि बढाए, जसले सरकारका काममाथि निरन्तर प्रश्न उठाए, उनीहरूले आज यो कार्यक्रम यसरी हुनु हुँदैन भनेर हस्तक्षेप गर्न किन सकेनन् ?,’ धितालले लेखेकी छन्।

विगतमा आफूहरुले नै प्रेस स्वतन्त्र होस्, सत्ता निरंकुश नबनोस् र जसको जुन स्थान हो, त्यही स्थानमा बसोस् भनेर सडकमा आन्दोलन गरेको स्मरण गर्दै उनले अहिले आफूमाथि प्रश्न गर्नेहरुलाई किन धम्की र चेतावनीको भाषा बोल्दै छौं ? भन्दै सोधेकी छन्।

‘सुध्रिनु अरुले मात्रै पर्ने । हामीले चाहिँ सुध्रिनु नपर्ने ? यही दिन देख्नलाई थियो महान शहीदहरुको बलिदान ?,सांसद धितालको प्रश्न छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौंको ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा १० जना बंगलादेशी नागरिक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-२६ ठमेल क्षेत्रमा रहेका होटल तथा गेस्ट हाउसमा विदेशी नागरिकहरू गैरकानुनी रूपमा बसोबास गरिरहेको सूचनाका आधारमा चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा केही बंगलादेशी नागरिक गैरकानुनी रूपमा बसोबास गरी ...
: मध्यपूर्वमा अमेरिका र इरानबीचको सैन्य द्वन्द्व थप उत्कर्षमा पुगेको छ। पछिल्लो दुई दिनमा अमेरिकी युद्धपोतमाथि लगातार दुई पटक आक्रमण भएपछि अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले कडा जवाफी कारबाही गर्दै इरानका पाँच वटा कच्चा तेल बोक्ने ट्याङ्करहरू ध्वस्त पारिदिएको जनाएको छ। सेन्टकमका अनुसार ओमानको खाडीमा रहेका चार वटा तेल ट्याङ्कर इरानको 'इस्लामिक रिभोलुसनरी गार्ड्स ...
: पृथ्वी राजमार्गअन्तर्गत धादिङको फुर्केखोला र मलेखु बजारबीच पर्ने परेवाभीर खण्डमा दुईतर्फी सवारीसाधन सञ्चालनमा आएका छन्। बाढीले क्षतिग्रस्त सडक मर्मत गरी सवारी सञ्चालनमा ल्याइएपछि धादिङतर्फको राजमार्ग आवागमनमा केही सहजता आएको छ। यद्यपि, राजमार्गका अन्य संवेदनशील खण्डमा समस्या कायमै रहेकाले समग्र आवागमन भने अझै चुनौतीपूर्ण छ। भदौ १० गते त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त परेवाभीर सडकमा ...
: चीनको लेन्दे खोला हुँदै भोटेकोशी नदिमा आएको भीषण बाढीका कारण विभिन्न जिल्लाका धेरै गाउँ र बजार तथा भौतिक संरचना बगाएर ध्वस्त पारेको छ। स्थानीय तहको गाउँपालिका र वडा कार्यालय भवन तथा कर्मचारी र जनप्रतिनिधि नै बेपत्ता भएका कारण २ साता बित्दासमेत एकीन तथ्यांक मै अलमल भएको छ। नेपाल चीन सिमानकाबाट रसुवातर्फ आएको बाढीले घट्टेखोला ...
: पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनाको स्मरण गर्दै लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षाका लागि हिंसा, अराजकता र दण्डहीनताको अन्त्य गर्नुपर्ने बताएका छन्। भदौ २४ को विध्वंसको एक वर्ष पूरा भएको अवसरमा एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले घटनालाई राज्यका आधारस्तम्भ, लोकतन्त्रका धरोहर र ...