मुख्य समाचार
हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्रीको हवाई ढुवानीमा विशेष सहुलियत दिने निर्णय
हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्रीको हवाई ढुवानीमा विशेष सहुलियत दिने निर्णय

। नेपाल वायुसेवा निगमले हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्रीको हवाई ढुवानीमा विशेष सहुलियत दिने निर्णय गरेको छ ।

निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्तर्राष्ट्रिय स्टेसनबाट बाढीपीडितका लागि पठाइने राहत सामग्रीमा लाग्ने सम्पूर्ण ढुवानी शुल्क एक महिनाका लागि पूर्ण रूपमा छुट गर्ने जनाएको छ।

निगमका अनुसार सम्बन्धित दूतावाससँग समन्वय गरी दूतावासको आधिकारिक पत्रका आधारमा बाढीपीडितका लागि पठाइने खाद्यान्न, औषधि, लत्ताकपडा तथा अन्य आवश्यक राहत सामग्री ढुवानी गर्दा शुल्क छुट दिइनेछ।

विपद्को समयमा मानवीय सहयोगलाई सहज र प्रभावकारी बनाउन गरिएको यस निर्णयले विभिन्न मुलुक तथा संघसंस्थाबाट नेपाल पठाइने राहत सामग्री प्रभावित समुदायसम्म छिटो पुर्‍याउन सहयोग पुग्ने निगमले विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विधान मस्यौदा समिति विस्तार गरेका छन् । उनले महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित समितिमा चार सदस्य थप गरेका हुन् । विधान मस्यौदा समितिमा केन्द्रीय सदस्यहरू जीवन परियार, राजीव ढुंगाना, कुशुमदेवी थापा मगर र अञ्जु झालाई सदस्य मनोनयन गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार सभापति थापाले प्रताप पौडेललाई ...
। सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको रिट निवेदन खारेज गरेको छ । सर्वोच्चको संवैधानिक इजलासको यो आदेशसँगै पूर्वप्रधानन्यायाधीश जबराले पेन्सनपट्टा लगायतका सुविधा पाउने बाटो खुलेको छ । यसअघि महाभियोगका कारण निलम्बित अवस्थामै अवकाश भएका उनले पेन्सनपट्टा लगायतका कुनै सुविधा पाएका थिएनन् । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, सारंगा सुवेदी र बिनोद शर्माको इजलासले ...
। भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदीसम्म फैलिँदा ठूलो धनजनको क्षति भएपछि पोखराका कवाडी व्यवसायीहरू राहत र पुनर्स्थापनाका लागि अघि बढेका छन् । पोखरामा कवाडी संकलनदेखि बिक्री वितरणसम्म गर्दै आएका व्यवसायीहरूले ऐक्यबद्धता जनाउँदै बाढीपीडितका लागि ८ लाख रुपैयाँ बराबरको अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरेका हुन् । व्यवसायी सुजन गुरुङको नेतृत्वमा पोखराका कवाडी व्यवसायीहरूले स्वत:स्फूर्त ...
। भदौ १० गतेको बाढीबाट प्रभावितलाई राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन गोल्छा च्यारिटी ट्रस्टले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ । मुलुकमा आइपरेको विषम परिस्थितिप्रति ऐक्यबद्धता जनाउँदै गोल्छा परिवारले आफ्नो परोपकारी संस्था ‘श्री रामलालजी ढापीदेवी गोल्छा च्यारिटी ट्रस्ट’मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भदौ २२ गते १ करोड ११ लाख रुपैयाँ सहयोग प्रदान ...
। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस भक्तपुरले बुधबार १३३ औं बीपी जयन्तीको अवसरमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले सर्वोच्चबाट निस्सा पाएसँगै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका हुन् । निर्वाचन आयोगले दबाबमा विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएपछि ...