मुख्य समाचार
बाढी प्रभावित क्षेत्रमा विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन
बाढी प्रभावित क्षेत्रमा विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

। शिक्षा विभागले रसुवाको भोटेकोशी बाढी प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न सम्बन्धित स्थानीय तह र विद्यालयलाई निर्देशन दिएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले जारी गरेको पत्रमा बाढीका कारण प्रभावित विद्यार्थीमा भय, त्रास, तनाव तथा अन्य मनोसामाजिक असर पर्नसक्ने भएकाले नियमित पठनपाठन सुरु गर्नुअघि उनीहरूको मनोसामाजिक अवस्था बुझ्न आवश्यक रहेको उल्लेख गरिएको छ ।

विभागले सम्बन्धित विद्यालय तथा स्थानीय तहलाई स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसँग समन्वय गरी विद्यार्थीहरूको मनोसामाजिक अवस्था पहिचान गर्न अनुरोध गरेको छ ।

आवश्यकता देखिएमा विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराई उनीहरू नियमित कक्षा सञ्चालनका लागि तयार भएको सुनिश्चित गर्नुपर्ने विभागको भनाइ छ । त्यसपछि मात्रै नियमित पठनपाठन सञ्चालन गर्न व्यवस्था मिलाउन विभागले अनुरोध गरेको छ ।

बाढीका कारण विद्यार्थीहरूको सिकाइमा पर्नसक्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्न सुरक्षित तथा बालमैत्री वातावरणमा विद्यालय सञ्चालन गर्न पनि विभागले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

विद्यालय, स्वास्थ्य संस्था तथा अन्य सरोकारवाला निकायबीच आवश्यक समन्वय गरी प्रभावित विद्यार्थीको शैक्षिक तथा मनोसामाजिक अवस्थालाई प्राथमिकतामा राखेर काम गर्न विभागले निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विधान मस्यौदा समिति विस्तार गरेका छन् । उनले महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित समितिमा चार सदस्य थप गरेका हुन् । विधान मस्यौदा समितिमा केन्द्रीय सदस्यहरू जीवन परियार, राजीव ढुंगाना, कुशुमदेवी थापा मगर र अञ्जु झालाई सदस्य मनोनयन गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार सभापति थापाले प्रताप पौडेललाई ...
। सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको रिट निवेदन खारेज गरेको छ । सर्वोच्चको संवैधानिक इजलासको यो आदेशसँगै पूर्वप्रधानन्यायाधीश जबराले पेन्सनपट्टा लगायतका सुविधा पाउने बाटो खुलेको छ । यसअघि महाभियोगका कारण निलम्बित अवस्थामै अवकाश भएका उनले पेन्सनपट्टा लगायतका कुनै सुविधा पाएका थिएनन् । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, सारंगा सुवेदी र बिनोद शर्माको इजलासले ...
। भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदीसम्म फैलिँदा ठूलो धनजनको क्षति भएपछि पोखराका कवाडी व्यवसायीहरू राहत र पुनर्स्थापनाका लागि अघि बढेका छन् । पोखरामा कवाडी संकलनदेखि बिक्री वितरणसम्म गर्दै आएका व्यवसायीहरूले ऐक्यबद्धता जनाउँदै बाढीपीडितका लागि ८ लाख रुपैयाँ बराबरको अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरेका हुन् । व्यवसायी सुजन गुरुङको नेतृत्वमा पोखराका कवाडी व्यवसायीहरूले स्वत:स्फूर्त ...
। भदौ १० गतेको बाढीबाट प्रभावितलाई राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन गोल्छा च्यारिटी ट्रस्टले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ । मुलुकमा आइपरेको विषम परिस्थितिप्रति ऐक्यबद्धता जनाउँदै गोल्छा परिवारले आफ्नो परोपकारी संस्था ‘श्री रामलालजी ढापीदेवी गोल्छा च्यारिटी ट्रस्ट’मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भदौ २२ गते १ करोड ११ लाख रुपैयाँ सहयोग प्रदान ...
। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस भक्तपुरले बुधबार १३३ औं बीपी जयन्तीको अवसरमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले सर्वोच्चबाट निस्सा पाएसँगै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका हुन् । निर्वाचन आयोगले दबाबमा विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएपछि ...