मुख्य समाचार
बाढीका पीडित र प्रभावितलाई लक्षित गर्दै अनलाइनमा आएका रङ्गभेदी तथा विदेशीद्वेषी टिप्पणी गर्ने पाँच जनालाई सिंगापुर प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ
बाढीका पीडित र प्रभावितलाई लक्षित गर्दै अनलाइनमा आएका रङ्गभेदी तथा विदेशीद्वेषी टिप्पणी गर्ने पाँच जनालाई सिंगापुर प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ

। नेपाल-तिब्बत सीमा क्षेत्रमा आएको बाढीका पीडित र प्रभावितलाई लक्षित गर्दै अनलाइनमा आएका रङ्गभेदी तथा विदेशीद्वेषी टिप्पणी गर्ने पाँच जनालाई सिंगापुर प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ।

सिंगापुरका गृहमन्त्री तथा राष्ट्रिय सुरक्षा समन्वय मन्त्री के. षण्मुगमले सामाजिक सञ्जालमा आएका यस्ता टिप्पणीहरूलाई ‘लज्जास्पद, घिनलाग्दो र पूर्णतया अस्वीकार्य’ भन्दै प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएपछि प्रहरीले कारबाही अघि बढाएको हो।

सिंगापुर प्रहरीले २९ देखि ६६ वर्ष उमेर समूहका पाँच जनालाई पहिचान गरी सोधपुछ गरिएको पुष्टि गरेको छ।

नेपालको बाढीपहिरोमा परी १ हजारभन्दा बढी मानिसको ज्यान गएको र केही सिंगापुरका नागरिकसमेत सम्पर्कविहीन रहेको संवेदनशील परिस्थितिमा अनलाइन प्रयोगकर्ताहरूले भारतीय मूलका सिंगापुरवासीलाई लक्षित गर्दै घृणास्पद टिप्पणी गरेका थिए।

मन्त्री षण्मुगमका अनुसार सामाजिक सञ्जालमा उनीहरूले ‘होइन, ती हाम्रा आफ्ना होइनन्’, ‘मैले यहाँ भारतीय अनुहार मात्र देखिरहेको छु। छोडिदेऊ, उद्धार बन्द गर’, लगायतका टिप्पणी गरेका थिए ।

एयर इन्डिया लगानी र टेमासेकका सीईओमाथि निशाना

बाढीसम्बन्धी टिप्पणीका साथै भारतीय वायुसेवा कम्पनी एयर इन्डियामा सिङ्गापुर एयरलाइन्सको थप लगानीको विषयलाई लिएर पनि अनलाइनमा भारतीय समुदायविरुद्ध घृणा फैलाइएको पाइएको छ।

अत्यधिक वार्षिक घाटापछि एयर इन्डियाले आफ्ना मुख्य लगानीकर्ता टाटा सन्स र सिङ्गापुर एयरलाइन्ससँग करिब १.५ अर्ब अमेरिकी डलर थप पूँजी माग गरेको समाचार सार्वजनिक भएपछि यस्तो विवाद सुरु भएको थियो।

त्यसपछि अनलाइनमा भारतीय समुदायलाई ‘सर्प, करी, पराठा र कालो जादु’ जस्ता अपमानजनक विम्ब प्रयोग गरेर टिप्पणी गरिएको थियो।

इन्टरनेट प्रयोगकर्ताहरूले सिङ्गापुर एयरलाइन्सको मुख्य स्वामित्व रहेको सरकारी लगानी कम्पनी टेमासेकका प्रमुख कार्यकारी अधिकृत दिल्हान पिल्ले सन्द्रासेगरालाई समेत उनको जातीय पृष्ठभूमिका आधारमा निशाना बनाएका थिए।

सीईओ भारतीय मूलको भएकाले उनले एयर इन्डियाको पक्षपात गरेको आरोप अनलाइनमा लगाइएको थियो।

यसप्रति कडा आपत्ति जनाउँदै मन्त्री षण्मुगमले भने, ‘उनीहरूको नजरमा सीईओको अपराध भनेकै उनी भारतीय मूलका हुनु हो, जबकि उनी हामीजत्तिकै सिंगापुरका नागरिक हुन्। यो अत्यन्तै घिनलाग्दो र मानहानिपूर्ण छ।’

सामाजिक सञ्जालबाट आपत्तिजनक सामग्री हटाउन निर्देशन

सिंगापुरको डिजिटल विकास तथा सूचना मन्त्रालयले समुदायको मापदण्ड उल्लङ्घन गर्ने यस्ता घृणास्पद टिप्पणीहरू तत्काल हटाउन सामाजिक सञ्जाल प्लेटफर्महरूलाई निर्देशन दिएको छ।

सिंगापुर प्रहरीले जातीय भावनामा चोट पुर्‍याउने वा विभिन्न जातजातिबीच शत्रुता र वैरभाव फैलाउने कार्यलाई गम्भीरतापूर्वक लिइएको र थप संलग्नहरूको खोजी तथा अनुसन्धान जारी रहेको जनाएको छ।

मन्त्री षण्मुगमले सिंगापुर बहुजातीय र बहुधार्मिक देश भएकाले जातीय विभाजनले देशको जग नै कमजोर बनाउने चेतावनी दिएका छन्।

‘यदि हामी जातीय वा धार्मिक आधारमा विभाजित भयौँ भने सिंगापुरलाई बलियो बनाउने एकता गुम्नेछ,’ उनले भने, ‘सुरुमा सानो समूहले यस्ता घिनलाग्दा कुरा बोल्छन्, पछि त्यो सामान्य बन्दै जान्छ र अन्ततः राजनीति तथा समाजमा स्थापित हुन्छ। हामीले यसलाई कुनै पनि हालतमा सहन गर्नुहुँदैन।’

(एससीएमपीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिनल्याण्ड सरकारले वातावरणीय चिन्ता व्यक्त गर्दै गुगलका दुई प्रस्तावित डेटा सेन्टरको निर्माण कार्य रोक्न निर्देशन दिएको छ । डेटा सेन्टर निर्माणको क्रममा ३०० हेक्टरभन्दा बढी जंगल फँडानी गरिएको भन्दै फिनल्यान्डका अधिकारीहरूले काम रोक्न निर्देशन दिएका हुन् । गुगलले डेटा सेन्टरका लागि फिनल्यान्डमा १३ अर्ब युरो लगानी गर्ने घोषणा गरेको थियो । गुगलका अनुसार यो युरोपमा कम्पनीले ...
यमनको सरकारले हुथी विद्रोहीविरुद्ध सञ्चालन गरिएको स्थलगत सैन्य अभियानले प्रगति हासिल गरिरहेको दाबी गरेको छ । सुरक्षा तयारी बढाउने विषयमा अधिकारीहरूबीच छलफल भइरहेका बेला सरकारले यस्तो जानकारी दिएको हो । सरकारी समाचार संस्था साबाका अनुसार प्रधानमन्त्री शाय अल–जिन्दानीले मंगलबार एडेनमा मन्त्रीहरूसँग भेट गरी सैन्य अभियानबारे छलफल गरेका थिए । उनले सुरक्षा तयारी बढाउन, महत्वपूर्ण संरचनाको सुरक्षा ...
। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले रोयटर्ससँगको अन्तर्वार्तामा अमेरिकासँगको युद्ध अन्त्य गर्न इरानी अधिकारीहरूले आफ्नो युरेनियम प्रवर्धन क्षमता उल्लेख्य रूपमा घटाउनुपर्ने बताएका छन्। भान्सले भने, ‘यदि तपाईं आणविक हतियार चाहनुहुन्न भने, ६० प्रतिशत प्रवर्धित इन्धन किन चाहिन्छ? र यदि तपाईं आणविक हतियार नबनाउने प्रतिबद्धता देखाउन चाहनुहुन्छ भने, उच्च प्रवर्धित इन्धन नबनाउनुहोस्। युद्ध अन्त्य गर्दा यो एक धेरै ...
। उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण गर्दा पाँच खानी मजदुरसहित १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । मारू जिल्लाको बिन्दिन गाउँबाहिर रहेको खानीमा सोमबार मोटरसाइकलमा आएका दर्जनौँ गिरोहका सदस्यले गोली चलाउँदा पाँच खानी मजदुरको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । त्यसपछि गाउँमा प्रवेश गरेका बन्दुकधारी र सुरक्षाकर्मीबीच भएको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साइबेरियाको एक प्रयोगशालामा सम्भावित ‘न्युमोनिक प्लेग’ को सङ्क्रमण देखिएपछि अमेरिकाले रुसलाई आवश्यक सहयोग गर्ने बताएका छन्। यद्यपि यस विषयमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भने प्रत्यक्ष कुराकानी नगरेको स्पष्ट पारेका छन् । सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘हामीले भर्खरै यसबारे जानकारी पाएका छौँ। हामी उनीहरूलाई सहयोग गर्नेछौं-हामीले सक्ने जति सहयोग ...