मुख्य समाचार
बाढीबाट प्रभावित नागरिकहरूलाई मनोसामाजिक परामर्श उपलब्ध गराउन नेपाली कांग्रेसले जनशक्ति तयार
बाढीबाट प्रभावित नागरिकहरूलाई मनोसामाजिक परामर्श उपलब्ध गराउन नेपाली कांग्रेसले जनशक्ति तयार

। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूलाई मनोसामाजिक परामर्श उपलब्ध गराउन नेपाली कांग्रेसले जनशक्ति तयार गरेको छ ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान बुधबार उनीहरूलाई प्रशिक्षण दिएको छ ।

प्रशिक्षणमा सहभागीहरूले विपद्बाट विस्थापित भएका परिवार रहेका आश्रय स्थलमा पुगेर मनोसामाजिक परामर्श गर्ने बताइएको छ ।

प्रशिक्षणमा विभिन्न क्षेत्रका ४६ जना सहभागी रहेका थिए । प्रशिक्षणका क्रममा सहभागीहरूले बाढी प्रभावितहरूले भोगेका विभिन्न किसिमका मानसिक तनाव र समस्याहरू बारे छलफल भएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।



प्रशिक्षणमा डा. प्रभाकर पोखरेल, डा. रविन बस्नेत, मनोविद्हरू कपिल शर्मा, गृष्मा पनेरू र प्रकाश लामिछानेले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको रिट निवेदन खारेज गरेको छ । सर्वोच्चको संवैधानिक इजलासको यो आदेशसँगै पूर्वप्रधानन्यायाधीश जबराले पेन्सनपट्टा लगायतका सुविधा पाउने बाटो खुलेको छ । यसअघि महाभियोगका कारण निलम्बित अवस्थामै अवकाश भएका उनले पेन्सनपट्टा लगायतका कुनै सुविधा पाएका थिएनन् । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, सारंगा सुवेदी र बिनोद शर्माको इजलासले ...
। भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदीसम्म फैलिँदा ठूलो धनजनको क्षति भएपछि पोखराका कवाडी व्यवसायीहरू राहत र पुनर्स्थापनाका लागि अघि बढेका छन् । पोखरामा कवाडी संकलनदेखि बिक्री वितरणसम्म गर्दै आएका व्यवसायीहरूले ऐक्यबद्धता जनाउँदै बाढीपीडितका लागि ८ लाख रुपैयाँ बराबरको अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरेका हुन् । व्यवसायी सुजन गुरुङको नेतृत्वमा पोखराका कवाडी व्यवसायीहरूले स्वत:स्फूर्त ...
। भदौ १० गतेको बाढीबाट प्रभावितलाई राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन गोल्छा च्यारिटी ट्रस्टले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ । मुलुकमा आइपरेको विषम परिस्थितिप्रति ऐक्यबद्धता जनाउँदै गोल्छा परिवारले आफ्नो परोपकारी संस्था ‘श्री रामलालजी ढापीदेवी गोल्छा च्यारिटी ट्रस्ट’मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भदौ २२ गते १ करोड ११ लाख रुपैयाँ सहयोग प्रदान ...
। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस भक्तपुरले बुधबार १३३ औं बीपी जयन्तीको अवसरमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले सर्वोच्चबाट निस्सा पाएसँगै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका हुन् । निर्वाचन आयोगले दबाबमा विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएपछि ...
। संयुक्त राष्ट्रसङ्घको ८१औं महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा सुरु भएको महासभा आगामी २९ ‘सेप्टेम्बर’सम्म जारी रहनेछ । ‘विश्वासको पुनर्स्थापना, रुपान्तरणको व्यवस्थापनः सबैका लागि काम गर्ने संयुक्त राष्टसङ्घ’ भन्ने नारासहित करिब २० दिन चल्ने महासभाको बैठकलाई अध्यक्ष खालिलुर रहमान र महासचिव एन्टोनिया गुटेरेसले सम्बोधन गरे। सो अवसरमा अध्यक्ष रहमानले विश्वशान्ति, सुरक्षा, ...