मुख्य समाचार
शेरबहादुर देउवाले देशव्यापी भ्रमणमा निस्कने घोषणा
शेरबहादुर देउवाले देशव्यापी भ्रमणमा निस्कने घोषणा

। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देशव्यापी भ्रमणमा निस्कने घोषणा गरेका छन् ।

कांग्रेस भक्तपुरले बुधबार १३३ औं बीपी जयन्तीको अवसरमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले देशव्यापी भ्रमणमा निस्कने घोषणा गरेका हुन् ।

‘जिल्ला, गाउँ, सबै ठाउँमा भ्रममा परेका जो साथी होलान् सबैलाई आफ्नो पक्षमा ल्याउँदै म पनि छिट्टै नै देशभरि घुम्छु,’ देउवाले भने ।

पूर्वसभापति देउवाले सर्वोच्च अदालतबाट आफूलाई न्याय मिल्नेमा विश्वस्त रहेको पनि बताए ।

‘म देशभरि घुमेर फेरि जनताको पक्षमा जाने विश्वास दिलाउँदै, जो लाग्नु भएको छ, उहाँहरूलाई हार्दिक धन्यवाद दिँदै फेरि पनि सर्वोच्च अदालतबाट हामीलाई न्याय मिल्ने छ भन्ने विश्वास व्यक्त गर्छु,’ उनले भने ।

विदेशबाट उपचार गरेर स्वदेश फर्किँदा पाएको माया आफूले मात्रै नभएर सबै कांग्रेसका सच्चा कार्यकर्ताले पाएको देउवाको भनाइ थियो ।

‘म काठमाडौं आउँदा जुन किसिमको नेपाली जनताको माया, सद्भावना र समर्थन मैले पाप्त गरेँ । त्यो मैले पाएको होइन, सबै साथीहरूले पाउनुभएको हो नि,’ उनले भने, ‘तपाईंहरूले पाउनुभएको हो । नेपाली कांग्रेसका सच्चा कार्यकर्ताले पाउनुभएको हो ।’

देउवाले जनताले दिएको मायालाई सबैले आफूले पाएको माया सम्भिएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

‘त्यसकारण हामी सबै लागेर जनताले दिएको मायालाई हामी सबैले आफूले पाएको माया भनिठानेर अगाडि बढ्नुपर्छ,’ उनले भने ।

देउवाले १० भदौमा रसुवाको भोटेकोशी बाढीमा आएको बाढीले पुर्‍याएको जनधनको क्षतिप्रति दु:ख पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका-२ खयरघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गल्छीबाट सिम्लेतर्फ जाँदै गरेको बा५७प ४३२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेको हो । मृत्यु हुनेमा गल्छी गाउँपालिका-५ का दिनेश तामाङ र हरी तामाङ रहेको प्रहरीले जनाएको छ ।
। नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन समारोह खुलामञ्चमा हुने भएको छ । आगामी असोज १६–१९ सम्म चय भएको केन्द्रीय महाधिवेशनको उद्घाटन समारोह खुलामञ्चमा हुने भएको हो । पार्टीले महाधिवेशनको उद्घाटन समारोह खुलामञ्चमा आयोजना गरिने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । कांग्रेसका एक पदाधिकारीले महाधिवेशनअन्तर्गत बन्दसत्र पनि खुलामञ्चमै हुने बताएका छन् । कार्यवाहक मुख्य सचिव ...
। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे अर्थ मन्त्रालयमा विकास साझेदारहरूसँग छलफल थालेका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उनले विकास साझेदारहरूका प्रतिनिधिसँग छलफल गरेका छन् । बैठकमा प्रमुख दातृ निकायका २० भन्दा बढी मिसन प्रमुख तथा कन्ट्री डाइरेक्टर सहभागी छन् । मन्त्रालयका अनुसार बैठकमा रसुवा बाढी विपद्पछिको खोज, उद्धार तथा प्रारम्भिक पुनरुत्थान, द्रुत विपद् आवश्यकता ...
। ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा ‘जेनजी स्मृति पार्क’ निर्माण गरिएको छ । जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा निर्माण गरिएको पार्कको आज औपचारिक रूपमा उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटनका लागि गृहमन्त्री सुधन गुरुङ जेनजी स्मृति पार्क पुगिसकेका छन् । तर निर्माण गरिएका सालिकहरू आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको अनुहारसँग मेल नखाएको भन्दै उनीहरूका परिवारजनले आपत्ति जनाएका छन् । पार्क ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विधान मस्यौदा समिति विस्तार गरेका छन् । उनले महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित समितिमा चार सदस्य थप गरेका हुन् । विधान मस्यौदा समितिमा केन्द्रीय सदस्यहरू जीवन परियार, राजीव ढुंगाना, कुशुमदेवी थापा मगर र अञ्जु झालाई सदस्य मनोनयन गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार सभापति थापाले प्रताप पौडेललाई ...