मुख्य समाचार
पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी
पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी

। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् ।

कांग्रेस भक्तपुरले बुधबार १३३ औं बीपी जयन्तीको अवसरमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले सर्वोच्चबाट निस्सा पाएसँगै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका हुन् ।

निर्वाचन आयोगले दबाबमा विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएपछि आफूहरू सर्वोच्च गएको भन्दै देउवाले भने, ‘हामीले सर्वोच्चमा दियौं । सर्वोच्चले चुनाव भइसक्यो, के गर्ने ? पहिले भएको भए हुन्थ्यो भन्यो । अति भयो नि भनेपछि पुनरावलोकनमा गयौं । पुनरावलोकनले निस्सा दियो हामीलाई । निस्सा दिएपछि हाम्रो आधाभन्दा बढी विजय भइसक्यो ।’

विशेष अधिवेशन बोलाएपछि आफूहरूले मुद्दा हाले पनि निर्वाचन आयोगका पदाधिकारीले ‘ज्यानको खतरा’ देखाउँदै पार्टी अद्यावधिक गरिएको पनि देउवाले दाबी गरे ।

‘हामीले मुद्दा हाल्यौं निर्वाचन आयोगमा । निर्वाचन आयोगको अध्यक्ष (प्रमुख) ले ज्यानको खतरा भएकाले भनेको छ । बोलेको छ है हेर्नुस् त्यहाँ,’ उनले भने, ‘ज्यानको खतरा भएर गर्नुपर्‍यो भनेको उसले बोलेको छ । मैले भनेको होइन, सबैले सुनेको कुरो हो यो । ज्यानको खतरा, त्यत्रो त्रास । सिधा डरायो, त्यो निर्वाचन आयोगको प्रमुख ।’

देउवाले आफूहरूलाई पार्टीको आधिकारिकताबाट बञ्चित गर्ने प्रयास भइरहेको पनि आरोप लगाए । ‘अब अहिले पनि के गरेर हुन्छ, कसलाई भनेर हुन्छ, कुनै पनि हालतमा पुनरावलोकनबाट नेपाली कांग्रेसको आधिकारिकता हामीले पाउनुपर्ने कुरा रोक्ने कोसिस भइरहेको छ,’ देउवाले भने, ‘तर, हामी कुनै हालतमा मान्दैनौं ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सर्वोच्चबाट आफूहरूलाई न्याय हुनेमा विश्वस्त रहेको पनि विचार गोष्ठीमा सुनाए ।

‘यिनीहरूले जतिसुकै धाएता पनि सर्वोच्च अदालतको मलाई विश्वास छ– जसरी निष्पक्ष रुपमा हामीलाई निस्सा दिएको छ त्यस्तै रुख चिन्ह, चारतारे झण्डा नेपाली कांग्रेसको हामीले पाउने छौं भन्ने विश्वास लिएको छु,’ उनले भने, ‘मलाई विश्वास छ, जति सुकै जे गरे पनि सर्वोच्चले न्याय दिने छ भन्ने विश्वास छ ।’

विचार गोष्ठीमा विशेष महाधिवेशनबारे देउवाले के भने ?

विशेष अधिवेशनको कुरा गर्नु जरुरी देखेको छ मैले । विधानमा विशेष अधिवेशन बोलाउने प्रावधान छ । विशेष अधिवेशन पार्टीले बोलाउने हो । सुवर्ण शमशेर पार्टी सभापति हुँदाखेरि विशेष अधिवेशन बोहालाइएको हो पहिले । ्

बीपी कोइराला पनि हुनुहुन्थ्यो । सबै एकता भएर, एक भएर बोलाइएको हो । त्यसमा पूरा सनाखत गराएर, को हो–को होइन भनेर प्रतिनिधि बोलाइएको थियो ।

पछि गगन थापाजीले विशेष अधिवेशन बोलाउनुपर्‍यो भन्नुभयो । मैले विशेष अधिवेशन बोलाउन पाउँछ, अधिकार छ पार्टीमा, त्यसका लागि को–को भाग लिने हो उसको सनाखत हुनुपर्‍यो । कुन जिल्लाको, कुन क्षेत्रको, कुन गाउँपालिकाको हो, त्यसको नाम सब चाहियो, सनाखत हुनपर्‍यो, बिना सनाखत गर्न पाइन्छ ? पहिले पनि बोलाइएको थियो । पार्टी सभापति सुवर्ण शमशेर हुँदा बोलाइएको हो । अहिले पार्टी सभापति म छु, मलाई थाहै छैन । तिमी बोलाउन पाउँछौं ? मलाई थाहै छैन बोलाइ दिने भन्दा हुन्छ दाइ, विचार गर्छु दाइ भनेर अचानक बोलाइदिए ।

पहिले सनाखत गराउन सनाखत । त्यो हो कि होइन ? त्यो मेम्बर छ कि छैन पार्टीको ? खल्तीबाट नाम राखेर धमाधम राखिदियो । त्यो विशेष अधिवेशन बालाए उनले ।

बोलाएपछि हामीले मुद्दा हाल्यौं निर्वाचन आयोगमा । निर्वाचन आयोगको अध्यक्ष (प्रमुख) ले ज्यानको खतरा भएकाले भनेको छ । बोलेको छ है हेर्नुस् त्यहाँ । ज्यानको खतरा भएर गर्नुपर्‍यो भनेको उसले बोलेको छ । मैले भनेको होइन, सबैले सुनेको कुरो हो यो । भन्दाखेरि ज्यानको खतरा, त्यत्रो त्रास । सिधा डरायो त्यो निर्वाचन आयोगको प्रमुख ।

त्यसपछि हामीले सर्वोच्चमा दियौं । सर्वोच्चले चुनाव भइसक्यो, के गर्ने ? पहिले भएको भए हुन्थ्यो भन्यो । अति भयो नि भनेपछि पुनरावलोकनमा गयौं । पुनरावलोकनले निस्सा दियो हामीलाई । निस्सा दिएपछि हाम्रो आधाभन्दा बढी विजय भइसक्यो ।

अब अहिले पनि के गरेर हुन्छ, कसलाई भनेर हुन्छ यसलाई कुनै पनि हालतमा पुनरावलोकनबाट नेपाली कांग्रेसको आधिकारिकता हामीले पाउनुपर्ने कुरा रोक्ने कोसिस भइरहेको छ । तर, हामी कुनै हालतमा मान्दैनौं ।

मलाई विशवास छ अदालतले पञ्चायतकालदेखि नै हामीलाई जेलबाट छुटाएको हो । त्यस्तै राजा ज्ञानेन्द्रले जेल हाल्दाखेरि पनि अदालतबाट मैले आशा मारिसकेको थिएँ । मैले मेरो श्रीमतीलाई बोलाएर भनेँ– हेर, सर्वोच्च पनि राजासँग डराउँछ होला । छोरालाई पढाउनू । मलाई १०–१२ वर्ष हाले हाल्छ भनेँ ।

तर, सर्वोच्च अदालतले राजा ज्ञानेन्द्रको खिलापमा उसैबेला मलाई बचाएको हो । तयसकारण सर्वोच्च अदालतप्रति मलाई विश्वास छ । सर्वोच्च अदालतले मलाई न्याय दिन्छ भन्ने विश्वास छ ।

सर्वोच्च अदालतमा यिनीहरूले जतिसुकै धाएता पनि सर्वोच्च अदालतको मलाई विश्वास छ– जसरी निष्पक्ष रुपमा हामीलाई निस्सा दिएको छ त्यस्तै रुख चिन्ह, चारतारे झण्डा नेपाली कांग्रेसको हामीले पाउने छौं भन्ने विश्वास लिएको छु । मलाई विश्वास छ, जति सुकै जे गरे पनि सर्वोच्चले न्याय दिने छ भन्ने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले रसुवा बाढीपछि विभिन्न क्षेत्रमा परेको प्रभावलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहयोग परिचालनका साथै अर्थतन्त्र पुनरुत्थानका प्याकेज अघि बढाएको छ । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले विपद्बाट भएको भौतिक तथा आर्थिक क्षति र सरकारका तर्फबाट चालिएका कदमहरूको विस्तृत विवरण प्रस्तुत गर्दै विभिन्न प्याकेजका साथ काम भइरहेको जानकारी गराएका ...
। रास्वपा सभापति रवि लामिछानेले रसुवा बाढीपछिको विपद्को अवस्थासँग लड्न अन्तर्राष्ट्रिय समुदायमाथि दबाब सिर्जना गर्नुपर्ने र सहयोग पनि लिनुपर्ने बताएका छन् । यस निम्ति नेपाल आन्तरिक रूपमा बलियो हुनुपर्ने र अन्तर्राष्ट्रिय समुदायसमक्ष के राख्ने भनेर एकतावद्ध हुनुपर्नेमा जोड दिएका छन् । ‘अब हामीले लड्नुपर्ने जलवायु न्यायको लडाइँ सजिलो छैन । यो लडाइँ नलडी र नजिती हामी आफूलाई ...
। प्रधानमन्त्री बालेन शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उद्देश्यले प्रधानमन्त्री शाहले छलफल थालेको उनको सचिवालयले जनाएको छ । ​सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले ...
। कर्णाली प्रदेश सरकारले मातहतका कार्यालयको कामलाई अब नियमित अनुगमनमा मात्र सीमित नराखी अंक र ग्रेडका आधारमा मूल्यांकन गर्ने भएको छ । कार्यालयको व्यवस्थापकीय क्षमता, सेवा प्रवाह, आर्थिक अनुशासन र कार्यसम्पादन कमजोर देखिए सम्बन्धित कार्यालय प्रमुखमाथि विभागीय कारबाहीसमेत अघि बढाउन सकिने व्यवस्था गरिएको छ । प्रदेश सरकारले ‘व्यवस्थापन परीक्षण निर्देशिका, २०८३’ जारी गर्दै मन्त्रालय, आयोग, प्रतिष्ठान, निर्देशनालय ...
। पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका-२ खयरघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गल्छीबाट सिम्लेतर्फ जाँदै गरेको बा५७प ४३२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेको हो । मृत्यु हुनेमा गल्छी गाउँपालिका-५ का दिनेश तामाङ र हरी तामाङ रहेको प्रहरीले जनाएको छ ।