मुख्य समाचार
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विधान मस्यौदा समिति विस्तार
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विधान मस्यौदा समिति विस्तार

। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विधान मस्यौदा समिति विस्तार गरेका छन् ।

उनले महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित समितिमा चार सदस्य थप गरेका हुन् ।

विधान मस्यौदा समितिमा केन्द्रीय सदस्यहरू जीवन परियार, राजीव ढुंगाना, कुशुमदेवी थापा मगर र अञ्जु झालाई सदस्य मनोनयन गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

उनका अनुसार सभापति थापाले प्रताप पौडेललाई सदस्य सचिवमा मनोनीत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले रसुवा बाढीपछि विभिन्न क्षेत्रमा परेको प्रभावलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहयोग परिचालनका साथै अर्थतन्त्र पुनरुत्थानका प्याकेज अघि बढाएको छ । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले विपद्बाट भएको भौतिक तथा आर्थिक क्षति र सरकारका तर्फबाट चालिएका कदमहरूको विस्तृत विवरण प्रस्तुत गर्दै विभिन्न प्याकेजका साथ काम भइरहेको जानकारी गराएका ...
। रास्वपा सभापति रवि लामिछानेले रसुवा बाढीपछिको विपद्को अवस्थासँग लड्न अन्तर्राष्ट्रिय समुदायमाथि दबाब सिर्जना गर्नुपर्ने र सहयोग पनि लिनुपर्ने बताएका छन् । यस निम्ति नेपाल आन्तरिक रूपमा बलियो हुनुपर्ने र अन्तर्राष्ट्रिय समुदायसमक्ष के राख्ने भनेर एकतावद्ध हुनुपर्नेमा जोड दिएका छन् । ‘अब हामीले लड्नुपर्ने जलवायु न्यायको लडाइँ सजिलो छैन । यो लडाइँ नलडी र नजिती हामी आफूलाई ...
। प्रधानमन्त्री बालेन शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उद्देश्यले प्रधानमन्त्री शाहले छलफल थालेको उनको सचिवालयले जनाएको छ । ​सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले ...
। कर्णाली प्रदेश सरकारले मातहतका कार्यालयको कामलाई अब नियमित अनुगमनमा मात्र सीमित नराखी अंक र ग्रेडका आधारमा मूल्यांकन गर्ने भएको छ । कार्यालयको व्यवस्थापकीय क्षमता, सेवा प्रवाह, आर्थिक अनुशासन र कार्यसम्पादन कमजोर देखिए सम्बन्धित कार्यालय प्रमुखमाथि विभागीय कारबाहीसमेत अघि बढाउन सकिने व्यवस्था गरिएको छ । प्रदेश सरकारले ‘व्यवस्थापन परीक्षण निर्देशिका, २०८३’ जारी गर्दै मन्त्रालय, आयोग, प्रतिष्ठान, निर्देशनालय ...
। पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका-२ खयरघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गल्छीबाट सिम्लेतर्फ जाँदै गरेको बा५७प ४३२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेको हो । मृत्यु हुनेमा गल्छी गाउँपालिका-५ का दिनेश तामाङ र हरी तामाङ रहेको प्रहरीले जनाएको छ ।