मुख्य समाचार
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे अर्थ मन्त्रालयमा विकास साझेदारहरूसँग छलफल
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे अर्थ मन्त्रालयमा विकास साझेदारहरूसँग छलफल

। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे अर्थ मन्त्रालयमा विकास साझेदारहरूसँग छलफल थालेका छन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उनले विकास साझेदारहरूका प्रतिनिधिसँग छलफल गरेका छन् । बैठकमा प्रमुख दातृ निकायका २० भन्दा बढी मिसन प्रमुख तथा कन्ट्री डाइरेक्टर सहभागी छन् ।

मन्त्रालयका अनुसार बैठकमा रसुवा बाढी विपद्पछिको खोज, उद्धार तथा प्रारम्भिक पुनरुत्थान, द्रुत विपद् आवश्यकता आकलन र क्षति मूल्यांकनका विषयमा सरोकारवालाहरूबीच विस्तृत समीक्षा हुनेछ ।

यसअघि अर्थमन्त्रीले राष्ट्रिय योजना आयोगले गठन गरेको कार्यदलले तयार गरिरहेको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन (आरडीएनए) र विश्व बैंकले तयार पारेको विश्वव्यापी विपद्–पश्चात् द्रुत क्षति अनुमान (ग्रेड) को छुट्टाछुट्टै प्रारम्भिक मूल्याङ्कनबारे मंगलबार छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसले भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेस प्रमुख सचेतक बासना थापाले आवश्यकता अनुसार थप जनशक्ति, आधुनिक प्रविधि र उद्धार उपकरणहरू परिचालन गरी खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनले सरकारको पहिलो दायित्व सत्ता जोगाउनु नभई नागरिकको ...
। ग्यास उद्योगीहरूले कृत्रिम अभाव सिर्जना गरी राज्यलाई नै अटेरी गरेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले देशमा सञ्चालित सबै ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने बताएकी छिन् । बुधबार संघीय संसदअन्तर्गतको उद्योग समितिको बैठकमा बोल्दै मन्त्री यादवले असहयोग भएको भन्दै आवश्यक परे हाल सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने अवस्था ...
। सिरहाको लहानबाट प्रहरीले १२३ बोतल लागुऔषधसहित एक जना स्कारपियो जिपका चालकलाई पक्राउ गरेको छ। लहान नगरपालिका–३ स्थित ठाडी रोडबाट बुधबार बिहान विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा सञ्चालन गरेको जाँचका क्रममा लागुऔषधसहित स्कारपियो चालक पक्राउ परेका हुन्। सुरक्षा बेस लहानबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको ११ जनाको गाडी मोबाइल टोली र ...
। सर्वोच्च अदालतले अहिलेसम्म नेपालका सार्वजनिक पदाधिकारीहरूले शिष्टाचारको रुपमा पाएको सबै उपहारहरूको एकमुष्ट विवरण तयारी गरी सार्वजनिक गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । सार्वजनिक पदाधिकारीहरूले विभिन्न भेट तथा विदेश यात्राका बेला प्राप्त गरेको उपहारहरू सरकारीकरण हुनुपर्ने माग राखी दायर भएको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सबै सार्वजनिक पदाधिकारीहरूले पाएको उपहारको एकमुष्ट विवरण ...
। अर्थ समितिले रसुवा बाढीले अर्थतन्त्रमा पारेको प्रभाव विश्लेषण एवम् जलवायु वित्तसँग सम्बन्धित सुझाव सरकारलाई दिने प्रयोजनका लागि अध्ययन/अनुसन्धान गर्न उपसमिति गठन गरेको छ । आज बसेको समिति बैठकले सम्बन्धित मन्त्रालय र विभिन्न निकायसँग समेत समन्वय गरेर सो निर्देशन/सुझाव तयार पार्ने जिम्मेवारी उपसमितिलाई दिइएको छ । उपसमितिको संयोजक सुशील खड्का तोकिएका छन् । उपसमितिमा नरेन्द्र कुमार केरुङ, ...