मुख्य समाचार
चीनी निर्यातमा प्रतिबन्ध लगाएपछिको अवस्था, बजारमा भएको मूल्यवृद्धि र उपभोक्ता हितका विषयमा गम्भीर ध्यानआकर्षण
चीनी निर्यातमा प्रतिबन्ध लगाएपछिको अवस्था, बजारमा भएको मूल्यवृद्धि र उपभोक्ता हितका विषयमा गम्भीर ध्यानआकर्षण

। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले चीनी निर्यातमा प्रतिबन्ध लगाएपछिको अवस्था, बजारमा भएको मूल्यवृद्धि र उपभोक्ता हितका विषयमा गम्भीर ध्यानआकर्षण भएको बताएका छन् ।

उनले समितिको बैठकमा यस्तो बताएका हुन् ।

भारतले निर्यात रोकेपछि सुरुमा पर्याप्त मौज्दात रहेको र मूल्य नबढ्ने प्रतिबद्धता आए पनि केही महिनाभित्रै चीनीको मूल्य अत्यधिक बढेको भन्दै समितिमा प्रश्न उठेको उनले बताए ।

संसदीय समितिमा चीनीको मूल्य प्रतिकिलो १३० सम्म कसरी पुग्यो भन्ने प्रश्न पनि उठ्यो ।

पहिले ८५ मा भ्याट जोडेर ९६ सम्म पर्ने भनिएको चीनीको मूल्य अहिले बजारमा १०५ देखि १३० सम्म पुगेको भन्दै सभिापति अन्सारीले मौज्दात हुँदाहुँदै मूल्य बढ्नुको कारण खोज्नुपर्नेमा जोड दिए ।

बैठकमा अन्य मुलुकबाट समयमै चीनी आयात नगर्दा अहिलेको अभाव र मूल्यवृद्धिको अवस्था सिर्जना भएको सभापतिको विश्लेषण छ ।

साथै, उपभोक्ता हित, कार्टेलिङ र कालो बजारी नियन्त्रणका लागि आवश्यक विधेयक तथा कानुन यथाशीघ्र संसद्मा पेश गर्न मन्त्रालयलाई आग्रह गरेका छन् ।

बजार अनुगमनलाई व्यावहारिक र तर्कपूर्ण बनाउनुपर्ने, महँगो सफ्टवेयर खरिदमा हुने अपारदर्शिता रोक्नुपर्ने तथा पूर्वाधार क्षतिले गर्दा बढेको ढुवानी लागत र इन्धन आपूर्ति जस्ता व्यावहारिक समस्याहरूलाई समेत ध्यानमा राखेर अघि बढ्नुपर्ने सभापतिले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कृषि, वन तथा पर्यावरण मन्त्रालयले ‘पशु वधशाला र मासु जाँच (दोस्रो संशोधन) नियमावली २०५७’ को मस्यौदा सार्वजनिक गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै विधायन ऐन २०८१ को दफा ६ को उपदफा (२) को प्रयोजनार्थ उक्त मस्यौदामाथि सर्वसाधारण र सरोकारवालाबाट राय, सुझाव तथा पृष्ठपोषण माग गरेको हो । सार्वजनिक गरिएको संक्षिप्त विवरण अनुसार यस मस्यौदाको मुख्य ...
। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले एकल महिला उद्यमीलाई दुई लाखसम्मको प्रविधि सहयोग गर्ने भएको छ । यस्तै, महिला उद्यमी समूहलाई तीन लाखसम्मको प्रविधिमा सहयोग गर्ने भनेको छ । महिला उद्यमशीलता विकास, वित्तीय पहुँच, टेवा पुँजी र प्रविधि सहयोगसहित महिला उद्यमी तथा उद्यमी समूहलाई उद्यमशीलता प्रवर्द्धन कार्यक्रम अन्तर्गत यो सहयोग गर्ने ...
। भदौ १० मा आएको रसुवा बाढीका कारण चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर घट्ने विश्व बैंकको अनुमान छ । बैंकले बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले आर्थिक वृद्धि ३.७ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको हो । विश्व बैंकको पछिल्लो विकाससम्बन्धी अद्यावधिक प्रतिवेदनअनुसार, पुनर्निर्माण तथा पुनर्स्थापनाका गतिविधि सुरु हुँदा आर्थिक क्रियाकलापमा टेवा पुग्ने अनुमान गरिएको छ ...
। नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा ५४०.४७ मेगावाट क्षमताका २७ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्ने मिति (आरसीओडी) थप गरेको छ । विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेका तर निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न नसकेका आयोजनाको वास्तविक अवस्था मूल्यांकन गरी प्राधिकरणले आरसीओडी थप गरेको हो । प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीए अनुसार प्रवर्द्धकले पूरा गर्नुपर्ने ...
। सरकारले वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । उक्त प्रयोजनका लागि अर्थ मन्त्रालयले छनोट सम्बन्धी कार्यविधि बनाएको छ । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत वैकल्पिक विकास वित्त कोष कार्यान्वयन घोषणा गरेको थियो । सोही अनुसार वैकल्पिक विकास वित्त परिचालन ऐन २०८३ समेत स्वीकृत गरी कार्यान्वयनमा ल्याएको ...