मुख्य समाचार
सर्वोच्च अदालतले अहिलेसम्म नेपालका सार्वजनिक पदाधिकारीहरूले शिष्टाचारको रुपमा पाएको सबै उपहारहरूको एकमुष्ट विवरण तयारी गरी सार्वजनिक गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी
सर्वोच्च अदालतले अहिलेसम्म नेपालका सार्वजनिक पदाधिकारीहरूले शिष्टाचारको रुपमा पाएको सबै उपहारहरूको एकमुष्ट विवरण तयारी गरी सार्वजनिक गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी

। सर्वोच्च अदालतले अहिलेसम्म नेपालका सार्वजनिक पदाधिकारीहरूले शिष्टाचारको रुपमा पाएको सबै उपहारहरूको एकमुष्ट विवरण तयारी गरी सार्वजनिक गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।

सार्वजनिक पदाधिकारीहरूले विभिन्न भेट तथा विदेश यात्राका बेला प्राप्त गरेको उपहारहरू सरकारीकरण हुनुपर्ने माग राखी दायर भएको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सबै सार्वजनिक पदाधिकारीहरूले पाएको उपहारको एकमुष्ट विवरण तयार गर्न र वेवसाइट वा अरु माध्यमबाट सार्वजनिक गर्न आदेश दिएको हो ।

संसदीय स्वतन्त्रता भन्दै कानून बनाउन निर्देशनात्मक आदेश जारी गर्न अस्वीकार गरेको सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारीहरूले प्राप्त गरेको उपहारको विवरण निश्चित अवधिमा नियमित रुपमा सार्वजनिक गर्ने व्यवस्था मिलाउन निर्देशनात्मक आदेश दिएको हो ।

न्यायाधीशहरू डा. मनोज शर्मा र नृपध्वज निरौलाको इजलासले उपहारको विवरण सम्बन्धित निकायमा पेश नगर्ने पदाधिकारीहरूलाई कानूनी दायित्व निर्धारण गर्न पनि निर्देशनात्मक आदेश दिएको छ ।



सार्वजनिक पदाधिकारीले उपहार आफैले राख्न चाहेमा उपहारको वर्गीकरण गरेर न्यूनतम रकम तोक्न, उपहार आफैले राख्न चाहेमा करयोग्य आय हुने/नहुने निक्यौल गर्न र न्यूनतम रकमभन्दा बढीको उपहार राख्न चाहेमा सरकारसँग खरिद गर्नुपर्ने कानूनी व्यवस्थाको कार्यान्वयन गर्न पनि सर्वोच्च अदालतले आदेश दिएको हो ।

सर्वोच्च अदालतले कानून नबन्दासम्म रिक्तता परिपूर्ति हुने गरी तत्काल आवश्यक व्यवस्था गर्न समेत सरकारका नाममा निर्देशनात्मक आदेश दिएको हो ।

नेपालमा उपहार व्यवस्थापन सम्बन्धी कानून नभएपछि निर्देशिका र आचार संहिताहरूमा त्यससम्बन्धी व्यवस्था थिए ।

सरकारका विशिष्ट श्रेणीका पदाधिकारीले गर्ने विदेश भ्रमण, दिवा तथा रात्रीभोग एवं उपहार सम्बन्धी निर्देशिका, २०७२ मा भ्रमण प्रतिवेदनका साथमा उपहारको विवरण सहित उपहार पेह गर्नुपर्ने व्यवस्था थियो ।

कूटनीतिक आचारसंहिता, २०७७ मा पनि सार्वजनिक पदाधिकारीले लिएको उपहार कार्यालयको वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने र सम्बन्धित कार्यालयको जिन्सी खातामा आम्दानी बाँध्नुपर्ने व्यवस्था थियो ।

सर्वोच्च अदालतले नेपाल बाहेक अन्य मुलुकमा उपहारसम्बन्धी भएका कानूनी व्यवस्थाको अध्ययन गरेको थियो । अमेरिकामा कंग्रेस(संसद)को सहमतिविना सरकारका विशिष्ट पदाधिकारीहरूले प्राप्त गरेका उपहार उनीहरूले राख्न पाउँदैनन् ।

त्यसैगरी अमेरिकी कर्मचारी एवं पदाधिकारीले ५२५ अमेरिकी डलर भन्दा कम मूल्याका उपहार मात्रै लिन पाउछन् । कूटनीतिक मर्यादाका लागि उपहार लिनैपर्ने बाध्यता भएमा त्यो रकमभन्दा कमका उपहार लिन पाउँछन् । त्यो भन्दा बढी रकमका उपहार भने अमेरिकी सरकारकै सम्पत्ति सरह हुनेछ ।

बेलायतमा आफ्ना निर्णय र कामकारवाहीमा प्रभाव पार्नसक्ने व्यक्ति र संस्थाबाट मन्त्री र उनका परिवारका सदस्यहरूले कुनै उपहार, अतिथ्यता र सेवा प्राप्त गर्न नहुने व्यवस्था छ । मन्त्रीहरूले १४० पाउण्डसम्मको उपहार आफैले राख्न पाउछन् भने बढीको उपहार सम्बन्धित सरकारी विभागमा बुझाउनुपर्छ ।

भारत, पाकिस्तान लगायतका मुलुकहरूमा समेत उपहार सम्बन्धी कानूनी व्यवस्था रहेको भन्दै सर्वोच्च अदालतले नेपालमा पनि त्यसखालको प्रवन्ध हुनुपर्ने औल्याएको हो ।

एस एण्ड एस जुरिष्ठका अधिवक्ता सृजना अधिकारी, चार्टर्ड एकाउन्टेन्ट शैलेन्द्र उप्रेती, अधिवक्ता भावेश गौतम लगायतले उपहार पाउने व्यवस्थाको अनुगमन गर्न र त्यसको व्यवस्थापनका लागि कानून बनाउन निर्देशनात्मक आदेश हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

१३ पुस, २०८२ मा भएको फैसलाको पूर्णपाठ सर्वोच्च अदालतले यसैसाता सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सांसद भरतकुमार स्वारले जेनजी आन्दोलका क्रममा आन्दोलनकारीमाथि गोली चलाउने माथि कारबाही गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा उनले जेनजी आन्दोलका क्रममा आन्दोलनकारीमाथि गोली चलाउने माथि कारबाही गर्न सरकारसँग माग गरेका हुन् । ‘गोली खानेलाई किन तारिख–मुद्दा, गोली हान्नेलाई अहिलेसम्म किन कारबाही गरिएन भन्ने प्रसंग आयो । त्यसमा मेरो पनि समर्थन ...
। रास्वपा सभापति रवि लामिछानेले शोकको घडीमा नागरिकबाट राज्यमाथि पोखिएको आक्रोशलाई स्वभाविक रुपमा लिनका लागि राज्य संयन्त्र र पार्टी पंक्तिलाई आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् । आशा निराशामा बदलिँदा उत्पन्न हुने आक्रोश उनीहरूको नेसर्गिक अधिकार भएको उनको भनाइ छ । ‘सरकारका सम्पूर्ण संयन्त्र र पार्टी पंक्तिलाई यही रोस्ट्रमबाट ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवा बाढीपछिको विपद्को अवस्थासँग लड्न संसदीय समिति गठनको प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । ‘अहिलेको बाढीलाई राष्ट्रिय महत्वको जलवायुजन्य विपत्तिको घोषणा गरौं । यस विपत्तिको कारण, क्षति तथा यसको अन्तराष्ट्रियकरणका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरौं,’ उनले भने । भदौ १० गते विनाशकारी ...
। रास्वपा संसदीय दल सचेतक क्रान्तिशिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न माग गरेकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकमा सांसद धितालले बाढीपछि होल्डिङ सेन्टरमा बस्नुपर्दा महिला र बालबालिकाको अस्मिता, सुरक्षा, र गोपनीयता गम्भीर जोखिममा परेको भन्दै स्रोत तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न माग गरेकी हुन् ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ गते भएका घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरेका छन्। बीपी स्मृति दिवसको अवसरमा एक भिडियो सन्देश दिँदै सभापति थापाले भदौ २४ गते आफ्नो घरसमेत जलेको स्मरण गरे । थापाले उक्त दिनको आफ्नो व्यक्तिगत पीडाभन्दा घटनामा ज्यान गुमाएका र घाइते भएका युवाको ...